भ्रष्टाचार विरुध्द जनपरिचालन अभियानको आवश्यकता र महत्व

bimbonline लाल वहादुर जाग्री
२०८२ भदौ १ ११:३५ बजे
लाल वहादुर जाग्री

क्रान्तिकारी कम्युनिष्ट पार्टीले भ्रष्टाचार विरुध्द १ वर्षे जनपरिचालन अभियान सञ्चालन गर्न गइरहेको रहेछ। नेपालका राजनितिक इतिहासमा विभिन्न पार्टीहरु ले भ्रष्टाचारका विरुध्द कार्यक्रम सञ्चालन गरे पनि १ वर्ष लामो जनता  सहितलाई  भ्रष्टाचार विरुध्दको अभियानमा परिचालन गर्ने खोजेको यो पहिलो अभियान हो। यसको आवश्यक्ता किन परेको छ यस्ता अभियानको महत्व कति हुन्छ भन्ने वारे केहि चर्चा गर्न गइरहेको छु।

भ्रष्टाचार शव्दको अर्थ एव परिभाषा के हो ? नेपाली बृहत् शब्दकोशमा ‘भ्रष्ट’ लाई कहीँबाट फ्यात्त खसेको, च्युत भएको, गिरेको आचरण र अनुशासनबाट तल झरेको, दुश्चरित्र अपवित्र, दूषित वा बिग्रेको, विनाश भएको आदिका रूपमा अथ्र्याइएको छ । ‘भ्रष्टाचरण’ ले नीति÷नियमले मनाही गरेको व्यवहार, कानुनले निषेध गरेको आचरण, दुराचरण बुझाउँछ भने ‘भ्रष्टाचार’ लाई पतित आचरण, दूषित मर्यादा तथा नियम वा कानुनविरुद्ध नैतिक पतन हुने काम गरी घुस खाइ पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने  काम, भ्रष्ट मनसाय वा घुसखोरीको कामका रूपमा व्याख्या गरिएको छ । 

भ्रष्टाचारको परिणाम देशले के भोगिरहेको छ? सँसदीय व्यवस्थाका पार्टीहरु काग्रेस एमाले राप्रपाले २०४६ र माओवादी केन्द्र, मदेशवादी दल आदीले २०६३ साल देखि आलोपालो सत्ता र सरकार चलाउदै आएका छन।तर  जनताको जिवनस्तर दिन दिनै कष्ट दुःख पिडादायि हुदै  आएका छ।२०४६ सालको राजनितिक परिवर्तन पछि जनताको जिवनस्तरमा सुधार होला भन्ने आशा र विश्वास काग्रेस एमाले राप्रपा राजाका कारण क्रमश छिण हुदै गयो।काग्रेस एमालेमा नवधनाढ्य सभ्रान्त वर्गको जन्मभएको थियो। २०६२\०६३को परिवर्तन पछि पनि जनताको जिवनस्तरका मात्रात्मक रुपमा भएपनि परिवर्तन हुन्छ की ? भन्ने अपेक्षा धुलिन हुदै गयो। काग्रेस एमाले माओवादी केन्द्रका मुठ्ठीभर व्यक्तिहरुको जिवनशैली अनअपेक्षितरुपमा परिवर्तन भइ माओवादी केन्द्रमा नवधनायढ्य वर्गको जन्म भएकोछ।जनयुध्दको घोषणा शहिदका सपना घाइते अपाङ्गका पिडा वर्गमुक्तिको आशा सपनालाई प्रचण्डले दलाल सँसदिय व्यवस्थामा  ल्याएर वुझाइदिए।

अहिले देशलाई सार्वजनिक ऋण २६ खर्व ७६ अर्व ऋण छ। जस मध्ये आन्तरिक ऋण ३३० अर्व र वाह्यऋण २१७ अर्व रहेको अवस्थामा प्रत्येक नागरिकको थाप्लोमा ९१ हजार ऋण परेकोछ। ऋणको व्याज दिन पनि ऋण निकाल्नुपर्ने अवस्था छ।यो ऋण कुनै उधोग कलकारखाना  उत्पादन वा रोजगारी सृजना गर्ने काममा खर्च नभइ  साधारण खर्च (साँसद मत्री मेयर अध्यक्ष वर्डाअध्यक्ष र कर्मचारीको) तलव भत्तामा खर्च भइरहेको छ।देशको आन्तरिक आम्दानीले आफ्ना कर्मचारीलाई समेत तलव भत्ता दिन पुगेको छैन। आ.व.२०८१\२०८२ को वार्षिक व्यापार घाटा १५ खर्व २७अर्व ९ करोड रहेकोछ। नेपाल अधिकाश वस्तुमा परनिर्भतामा वाचेकोछ। नेपालीहरुले उत्पादन गरेको वस्तु स्वयम नेपालमा नै विक्रि हुदैन वा नेपाली वजार विदेशको कव्जामा छ।वर्षेनी ८ लाख ३३ हजार युवाहरु श्रमस्वाकृति लिएर कामको खोजीमा विदेश जाने गरेका छन । अध्यायन वा अन्य प्रयोजनका लागी विदेश जानेको सँख्या पनि लाखौ रहेकाछन। युवा सँग नेपाली धन मन श्रम सिप ज्ञान  क्षमता पनि विदेश पलायन भएको छ।  आन्तरिक वसाइ सराइका कारण गाउँ रित्ता हुदै गइ शहरमा जनसख्याको चाप वृध्दि भएको छ।लाखौ परिवारले सधैका लागी देश नै छोडेर विदेशमा वसाइ सराइ गर्दै गएकाछन । गाउँघरमा युवा वालवालीका न्युनरुपमा रहेको हुदा गाउँका अधिकाँश विधालयहरु विधार्थी नपाएर वन्द भएकाछन । कतिपय विधालयमा शिक्षक भन्दा विधार्थी कम छन। विभिन्न व्यापार व्यवशाय गर्नेका लागी वैङ्क वा वित्तिय सँस्था वा व्यक्ति वाट लिएको ऋण व्यापार व्यवशाय धरासय भएका कारण  तिर्न सकेको छैन्न। वैङकमा मात्र ६० लाख व्यक्तिको घर जग्गा धित्तोवन्धक राखेर ऋण लिनेदिने काम गरेकाछन। यि व्यक्तिहरु ऋण तिर्न नसक्ने अवस्थामा छन।वर्षेनी ३१३४ जनाले आत्महत्या गरिरहेका छन अर्थात दैनिक औसत १६जना मर्न वाध्यछन। आत्माहत्या गर्नेमा अधिकाँश वैङ्क वित्तिय सँस्थाका ऋणको सावाँ र व्याज तिर्न नसकेका कारण आत्माहत्या गरेका छन। नेपालको निम्न मध्यम वा मध्यक वर्ग सँकटपुर्ण अवस्थामा गुज्रिरहेकोछ। निकट भविष्यमा यिनिहरु सर्वहारा  वर्गमा वरिणत हुने छन भन्ने वैङक वा वितिय सँस्थाका मालिकहरु सभ्रान्त वर्गमा परिणत हुने छन।अहिलेको नेपाली अर्थसमाजमा अभुतपुर्व सँकटपुर्ण अवस्थामा गइरहेको  छ । यसको मुख्यकारण राजनितिक भ्रष्टचार वा भ्रष्ट राजनिति नै हो। भ्रष्ट राजनितिक प्रणालीको निरन्तता हुने सम्भावना अव छैन तर यसमा टालाटुली गरेर काम चलाउन वनाउने की आमुल परिवर्तन गर्ने भन्ने प्रश्न मुख्य वहसको विषय रहेको छ ।२०४६ साल र २०६२\२०६३ सालको टालटुले समाधान कुनै काम लागेन यि परिवर्तनले काग्रेस एमाले माओवादी केन्द्रको एकतप्का लाई नवधनाढ्य वर्गमा परिणत  गरेपनि मजदुर किसान मध्यम निम्न मध्यम वर्गको जिवन झनझन कष्टकर पिडादायी हुदै आएको छ।

सँसदवादी दलले सत्ता र शक्तिको आडमा गरेका केहि ठुला भ्रष्टाचारकाण्डहरु- नेपालमा वहुदल २०४६ सालमा आएदेखि काग्रेस एमाले राप्रपाले अधिकाँश समय सरकार चलाए भने २०६३ पछि काग्रेस एमाले माओवादी केन्द्र र अन्य सँसदिय पार्टीहरुले आलोपालो गरी सरकार र शासन सञ्चालन गर्दै आएका छन।मुखमा भ्रष्टाचार गर्दैनौ गर्न पनि दिदैनौ भन्ने नारा व्यवहारमा दिनदिनै गरेका   भ्रष्टाचारकाण्डहरु जसमा काँग्रेस एमाले माओवादी केन्द्र र माधब नेपालको समाजवादी  मदेशवादी दल र रास्वापाका नेताहरुको योजना र सँलग्नतामा  भएका छन। यस्ता भ्रष्टाचारकाण्डमा भरसक मुद्दा नै नचल्ने मुद्दा चल्लिहाले  पनि मुख्य व्यक्तिलाई नचलाइ मतियार वा फर्जिव्यक्ति लाई चलाउने मुद्दामा सफाइ दिलाउन नसकिने भए न्युन  मात्रामा सजाय गर्ने क्रम देखिएको छ। भ्रष्टाचारकाण्डहरु पतञ्जली जग्गा प्रकरण- कानुनले तोकेको हदवन्दीभन्दा वढी जग्गा राख्न वा खरिद विक्री गर्ने मिल्दैन तर माधव नेपाल प्रधानमत्री भएको समयमा पतञ्जली टृष्टलाई ३५३ रोपनी १५   आना जग्गा आयुर्वेदिक उधोग खोल्ने भनेर पतञ्जली टृष्टले मत्रीपरिषदको निर्णय अनुसार हदवन्दी छुटमा जग्गा प्राप्त गर्यो। सोहि जग्गामा उधोग नखोली फेरी अर्को अनुमति लिएर जग्गा प्लटिङग गरेर जग्गा दलालहरुले सो जग्गा विक्रि गरे। जग्गामा हदवन्दी छुट,गैरकानुनी रुपमा जग्गा खरिदविक्रि गरेको भनि माधव नेपाल समेतलाई १८ करोड भन्दा वढी विगो सहित विशेष अदालतमा मुद्दा दर्ता भयो तर अदालतले माधव नेपाल लाई ३५ लाख घरौटीमा छोड्यो।साइकल काण्ड- मदेश प्रदेश सरकारले वेटी पढाउ वेटी वचाउ कार्यक्रम अन्तरगत साइकल खरिद गर्यो। गुणस्तरहिन साइकल खरिद गर्दा १० करोड ३३ लाख भ्रष्टाचार भएको भनियो तर मुख्य मत्री लालवावु यादव लाई मुद्दा नै लगाइएन।वुढीगण्डकी जलविधुत आयोजनाकाण्ड- यस आयोजनामा काग्रेसका सभापति शेरवहादुर देउवा एमालेका अध्यक्ष के.पि. ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ९ अर्व रुपिया घुस लिएको भनि  पुर्व प्रधानमत्री वावुराम भट्टराइले  सार्वजनिकरुपमा दावी गर्दा पनि कसै माथी पनि छानविन अनुसन्धान भएन।अख्तियारका वहालवाला आयुक्त राजनारायण पाठक ७८ लाखको घुसकाण्ड-काठमाण्डौमा रहेको एक इन्जिरिङ कलेजको जग्गा लम्वोदर कुमार न्यौपानेले आफ्नो नाममा दर्ता गराउनका लागी अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठक लाई ७८ लाख घुस दिएका थिए।यो काण्ड वाहिरिए पछि आयुक्त भागेर भारतमा रहेको आफ्नो घरमा गएवसे घुस लिनेदिने लाई कुनै कार्वाहि भएन।व्रेक सु भेप सुन तस्करी काण्ड-२०८०।४।२ गते ८ वटा काटुनमा राखिएका १ सय ६० व्रेकप्याड त्रिभुवन अन्तराष्टिय विमानस्थलमा  वरामत हुदा सोमा लुकाएर ल्याएको ६० किलो ७१६ किलोग्राम सुन वरामत भयो। सुन दाबा छिरिङ ल्याएका थिए।सुन तस्कर दावाँ सँग माओवादी नेता कृष्ण महरा वर्षमान पुन नन्द किसोर पुनको निकट सम्वन्ध रहेको अनुसन्धानले प्राप्त गर्यो।यसको ३ अर्व ५० करोड ३१ लाख विगो कायम गरे पनि कुनै नेताका विरुध्द मुद्दा दायर भएन।२०७९।१०।१० गते ७३ वट्टामा ७ सय ३० थान भेपमा  चिनिया व्यापारी लि हानसाङको सुनमिसाएका  भेप वरामत भए पछि भन्सान कार्यालयमा राखियो तर सुन भएका भेप नै हेरफेर गरियो। चिनिया व्यापारी सँग कृष्ण वहादुर महराको २२ पटक उनका छोरा राहुल महराको २३४ पटक मोवाइमा कुरा भएको अनुसन्धन वाट देखिए पछि राहुल महरा समेत लाई मुध्दा लागे पनि कृष्ण वहादुर महरा लाई  मुद्दा समेत लगाइएन्न।पेन्टिङ प्रेसकाण्ड- सुरक्षित छपाइ मेसिन खरिद प्रकरणमा ७० करोड सञ्चारमत्री गोकुल वास्कोलाले मागेको भन्ने अडियो वाहिर आयो तर कसैलाई कार्वाहि भएन।कोकोकोला कर छलीकाण्ड - वहुराष्टिय कम्पनि कोकोकलाको सिङगापुर स्थित  कम्पनीको शेयर दुवै स्थित अर्को कम्पनीलाई विक्रि गर्दा नेपाल सरकारलाई वुझाउनुपर्ने कर छली गरेका थिए।यसले ३ अर्व ७१ करोड ८१ लाख ५० हजार राजस्व\कर छली गरेका थिए।यसमा उच्च राजनितिक नेता र कर्मचारीको सँलग्नता रहेको थियो।वाइडवडी एयरवस जहाजकाण्ड-२०८० सालमा वाइडवडि जहाज खरिदका लागी प्रधामत्री शेरवहादुर देउवाको मत्रीपरिष्दले स्वाकृति दिए पछि पर्यटन मत्री जिवन शाही समेतले जहाज खरिदमा  १ अर्व ४७ करोड ११ लाख भ्रष्टाचार गरेको भनि विशेष अदालतमा मुद्दा गरे पनि शेरवहादुरका नाममा मुद्दा नै चलाइएन। यसै गरी रवि लामिछानेको सहकारी ठगीकाण्ड ललिता निवास जग्गा ,भुटानी शरणार्थी, झापाको टि-वन्धु जग्गा ,लोकमान सिह कार्कीलाई अख्तियार प्रमुख,सुडान घोटाला प्रकरण,लाउडा जहाजकाण्ड एलसिकाण्ड धमिजा काण्ड नेपाल टृष्टकोजग्गा व्यक्तिलाई विक्री गरेको जग्गाकाण्ड मेलम्चि खानेपानी भ्रष्टाचारकाण्ड सिसिटिभि भुटेजकाण्ड जस्ता सयौ भ्रष्टाचारकाण्ड अहिलेका  सँसदवादी दलका नेताहरूले  गर्दैआएका छन।

भ्रष्टाचार नियत्रण गर्न वनेका नियम र निकायको भुमिका वेकम्मा पारिए-  नेपालमा किन यतिधेरै भ्रष्टाचार हुन्छ? भ्रष्टाचार सम्वन्धि कानुन नभए हो की ? अपराधको अनुसन्धान र कानुन कार्यान्वयन गर्ने निकाय नभएर हो ? भन्ने तर्फ विचार गर्दा यस सम्वन्ध नेपालमा सवै भन्दा वढी कानुन छन। जस्तै भ्रष्टाचार नियन्त्रण ऐन  निजामती सेवा ऐन  न्यायपरिषद् ऐन  सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन  सूचनाको हकसम्बन्धी ऐन  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन  विशेष अदालत ऐन  सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन,  राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, नेपालको संविधान सुशासन कार्ययोजना  संवैधानिक परिषद्सम्बन्धी ऐन  अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली  मुलुकी फौजदारी कार्यविधि संहिता मुलुकी देवानी संहिता  कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन  सार्वजनिक खरिद ऐन   अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन  निर्वाचन (कसुर तथा सजाय) ऐन,  निर्वाचन आयोग ऐन,  प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,  पारस्पारिक कानुनी सहायता ऐन,  भन्सार ऐन,  बैङ्किङ कसुर तथा सजाय ऐन, राजनीतिक दलसम्बन्धी ऐन,  लोक सेवा आयोग ऐन, सङ्गठित अपराध नियन्त्रण ऐन, गरी झण्डै २ दर्जन भन्दा वढि कानुन छन।

भ्रष्टाचार अपराधलाई अनुसन्धान नियत्रण र  सजाय गर्नका लागी चीनमा २ वटा निकाय मात्र छन,।चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोग र सर्वोच्च जनअनुसन्धान तथा कारबाही ब्युरो छन।सन् 2014  सम्ममा लगभग ६  लाख व्यक्तिमाथि भ्रष्टाचारको अभियोगमा अनुसन्धान गरेका थिए। यी दुई निकायको अनुसन्धानमा अहिलेसम्म चिनियाँ कम्युनिष्ट पार्टीका तीनजना पोलिटब्युरो सदस्यमाथि भ्रष्टाचारको मुद्दा चलाइएको छ। अदालतबाट दोषी ठहरिएका ती पोलिटब्युरो सदस्यहरूमा सन् 1997 मा छन सिथोङ, 2006 मा छन लियाङयु र 2012 मा बो सिलाई रहेका छन्। भ्रष्टाचारको मुद्दा लाग्नेमा 1 लाख 82 हजार चिनियाँ कम्युनिष्ट पार्टीका अफिसरहरू छन् भने 32 जना उपमन्त्री वा सोभन्दा माथिल्लो तहका छन्।सेनाका 2 सयभन्दा बढी उच्च अधिकारीहरूमाथि पनि भ्रष्टाचारको अभियोग लागे थियो।  केन्द्रीय सैन्य आयोगका पूर्वउपाध्यक्ष सु छाइहाउमाथि सेनाका गोप्य सूचना बेचेको अभियोगमा भ्रष्टाचारको मुद्दा लागेको थियो।दोषि ठहर भएका सवै लाई मृत्यदण्डको सजाय दिइएको थियो।

 भ्रष्टाचार आरोपमा अनुसन्धान अभियोजन र सजाय गर्ने निकाय नेपालमा दर्जन भन्दा वढी छन तर तिनको प्रभावकारीता विश्वासनियता करिव समाप्त भएर वेकम्मा भएका छन।जस्तै   अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत,  विशेष अदालत, सङ्घीय संसद् र संसदीय समिति,राज्य व्यवस्था तथा सुशासन समिति,  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,महालेखा परीक्षकको कार्यालय, महान्यायाधिवक्ताको कार्यालय,राष्ट्रिय सतर्कता केन्द्र राजस्व अनुसन्धान विभाग,राष्ट्रिय अनुसन्धान विभाग,सम्पत्ति शुद्धीकरण  अनुसन्धान विभाग,नेपाल राष्ट्र वैङ्क  नेपाल उद्योग वाणिज्य महासङ्घ, च्याम्बर अफ कमर्स,ट्रान्सपरेन्सी इन्टरनेसनल रहेका छन तर नेपाल विश्वको भ्रष्टाचार हुने देशको १०७औ स्थान अर्थात अतिभ्रष्ट देशको पक्तिमा रहेको छ।

राजनिति र राज्यव्यवस्था नै भ्रष्टाचारीहरुले सञ्चालन गरेपछि उनीहरुको ध्यान  कसरी भ्रष्टाचार गर्ने गरेको अपराध कसरी लुकाउने छिपाउने अपराधको अनुसन्धान नै नगर्ने गरीहालेमा प्रमाण नष्ट गरी मुद्दा नचलाउने  मुध्दा चलिहालेमा  सफाइ कसरी पाउने सफाइको सम्भावना नभए कम भन्दा कम सजाय कसरी गराउने भन्नका लागी सवै निकायमा पार्टीका  भ्रष्ट अनैतिक अयोग्य असक्षम पात्रहरु लाइ नियुक्त गर्ने गरेका छन। जस्तै  अख्तियार प्रमुखमा प्रेम कुमार राई भुटानी शरणार्थी काण्ड लगायत कयौ भ्रष्टाचारकाण्डमा  सँलग्न  व्यक्ति हुन। चोरकै हातमा चावी भन्ने झै भएको छ। यिनीहरुका अपराध कर्ममा सँलग्न नहुने नचाहने न्यायधिस वकिल प्रहरी तथा कर्मचारी भित्र भएका  असल पात्र वा प्रवृतिलाई जिम्मेवारी विहिन वनाएर  निरुत्साहित गर्दै लुटको स्वर्ग सञ्चालन गरेका छन।यस्तो अवस्थामा पार्टीले मात्र नभइ  भ्रष्टाचारको विरोध गर्ने  देश र जनतालाई माया गर्ने सवैले यो अभियानमा सहभागीता सहयोग गर्नु अति आवश्यक छ।यसको परिणाम भ्रष्टाचारी शासन व्यवस्था परिवर्तन गर्न सहयोग पुग्ने छ र देशको अवस्थामा सुधार आउने छ।

भ्रष्टाचार कुनै पार्टी क्षेत्र वर्ग र देश विशेषको मात्र सरोकारको  विषय नभइ यो राज्य समाज देश र मानवता विरुध्दको अपराध हो।यसका विरुध्द अभियान सञ्चालन गर्नु सवै  देश भित्र वा वाहिर जहाँ रहे भए   सवै सदाचारी व्यक्ति समुह समुदाय सँस्था एव पार्टी एव सचेत नागरिकको कर्तव्य  र दायित्व हो।यहि दायित्व अन्तर्गत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले १ वर्षे भ्रष्टाचार विरुध्दको जनपरिचालन अभियान सञ्चालन गर्न गइरहेको देखिन्छ।यसका लागी पार्टी पक्तिलाई वैचारीक  राजनितिक  र व्यवहारक रुपमा भ्रष्टाचार विरुध्द दह्रो रुपमा  प्रशिक्षित  दिक्षित गर्नु पर्दछ।प्रत्येक पार्टी सदस्यले सवै तह स्थान ठाउँमा भएका अनेकन भ्रष्टाचार अनियमिता अपचलनका वारे वुझ्ने र जनतालाई पनि वुझाउने आफु निःकँलकित रुपमा समाजमा प्रस्तुत हुने जसवाट जनताको आशा र विश्वास जित्न सकियो।

जनताको आशा र विश्वास जित्न नसकेमा जनतालाई यस अभियानमा परिचालित गर्न गराउन सकिदैन। यसका लागी प्रचारात्मक निरोधात्मक र निशेधात्मक विभिन्न कार्यक्रमहरु भ्रष्टाचार विरोधि व्यक्ति समुह सँस्था समुदाय निकाय वा दलहरु समेतलाई सँ-सँगै सहकार्य गरेर जादा अझ यसको प्रभावकारीता हुनसक्छ। अभियानले कति भ्रष्टाचारीहरु लाई कानुनी वा जनस्तरमा कार्वाहि गर्यो,जनता कति परिचालित भए कति रकम असुलउपर भयो,भ्रष्टाचार हुन कति रोकियो वा जनस्तरमा भ्रष्टाचारी व्यवस्थाका विरुध्दको जनचेतना, जनलहर सृजना कति गर्न सकियो भन्ने कुराले यसको महत्व पुष्टि गर्ने छ। सवै मिली भ्रष्ट दल व्यक्ति समुहले चलाएको भ्रष्टिकरण भएको दलाल सँसदिय व्यवस्थामा आमुलपरिवर्तन गर्नु नै आजको आवश्यकता रहेको छ।


(लेखक- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिविएम तथा अधिवक्ता हुनुहुन्छ)

२०८२ भदौ १ ११:३५ बजे

प्रतिक्रिया