पार्टी एकता महाधिवेशनको तयारीमा छौँ- विष्णुराम दमाइ केन्द्रिय सदस्य एव कञ्चनपुर जिल्ला सँयोजक

सिदान्त विनाको राजनिति अन्धो हुन्छ भन्ने व्यवहार विनाको राजनिति पनि लङगडो हुन्छ। सिदान्त लाइ इमान्दारितापुर्क व्यवहारमा लागु गरेर देखाउनु पर्छ । सिदान्त र व्यवहारको तालमेल तथा एकरुपता लाई नै सिदान्त र व्यवहारको एकत्व भनिन्छ।

bimbonline बिम्ब अनलाइन
२०८१ असार १८ ०७:४६ बजे
विष्णुराम दमाइ केन्द्रिय सदस्य एव कञ्चनपुर जिल्ला सँयोजक

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सदस्य एव कञ्चनपुर जिल्ला सँयोजक विष्णुराम दमाइ शितल जसले माओवादी जनयुध्दको समयमा सेना र प्रहरीको यातना हिरासत भोग्दै आएका थिए। उहाँ सँगको बिम्व अनलाइनका प्रतिनिधिले गरेको कुराकानीका सम्पादित अँशहरु

तपाइको राजनितिक पृष्ठभुमि वारे वताइदिनु हुन्छ की ?

म विधार्थी हुदा कम्युनिष्ट पार्टीले जातभात व्यवस्थाको अन्त्य गर्दछ, कम्युनिष्ट पार्टी भन्नेको दलित किसान मजदुरको मुक्ति गर्ने पार्टी हो भन्ने कुरामा सुनि  यसैमा विश्वाश राखि करिव २०४९ सालतिर पाटन वहुमुखि क्याम्पस वैतडीमा कानुनको विधार्थी हुदाको समयमा अनेरास्ववियुमा सँगठित भएको थिए। २०४९ सालमा अनेरास्वयु वैतडी जिल्ला कमिटी उपाध्यक्षमा निर्वाचित भएको हुँ। २०५३ साल तिर उत्पीडित जातिय उत्थान मञ्चको केन्द्रिय सदस्य भएको थिए। नेकपा (एमाले)ले कम्युनिष्ट निति कार्यक्रम आचरण छोडी दक्षिणपन्थी दिशामा पतन भएपछि एमाले परित्याग गरी २०५६ सालमा तत्कालीन नेकपा((माओवादी)मा सँगठित भएर क्रान्तिकारी राजिनितिलाई निरन्तता दिएको हुँ। २०६९ साल नेकपा-माओवादी जिल्ला कमिटी सदस्य,थारुवान राज्य कमिटी सदस्य, कञ्चनपुर जिल्ला सेक्रटी भइ अहिले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला सँयोजकको जिम्मेवारीमा छु।

क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेकपा(मशाल) विचको पार्टी एकताले के सन्देश दिएको छ?

यि दुवै क्रान्तिकारी पार्टी विचको एकताले सर्वहारावर्ग , किसान- मजदुर र क्रान्तिकारी जनतामा क्रान्तिप्रतिको आशा उत्साह पैदा गराएको छ। यो एकता नेपाली किसान मजदुर विचको एकता हो। यसका साथै  देशभरीमा रहेका क्रान्तिकारी व्यक्ति, समुह, व्यतित्व एकभएर अगाडी वढेमा नयाँ जनवादी क्रान्ति चरण पुरा गरी समाजवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने विश्वास मैले गरेको छु। यो एकताले विभिन्न समयमा नेतृत्वले धोका दिएका कारण छिन्न भिन्न भएको क्रान्तिकारी  आन्दोलन लाई अगाडी वढाउछ भन्ने आशा र विश्वासको सन्देश प्रवाह गरेको छ।

कम्युनिष्ट कार्यकर्तामा सिदान्त र व्यवहारको एकत्व हुनुपर्छ भन्दछन यो भनेको के हो ?

सिदान्त विनाको राजनिति अन्धो हुन्छ  भन्ने  व्यवहार विनाको  राजनिति पनि लङगडो हुन्छ। त्यसकारण सिदान्त अनुरुपको व्यवहार हुनुपर्छ। सिदान्त लाइ इमान्दारितापुर्क व्यवहारमा लागु गरेर  देखाउनु पर्छ ।  सिदान्त र व्यवहारको तालमेल तथा एकरुपता लाई नै सिदान्त र व्यवहारको एकत्व भनिन्छ। नेपालमा कुरा कम्युनिष्टका, व्यवहार सामान्ति ,दलाल र छाडा जनविरोधि भएको हुदा कथनि र करनीमा कुनै सम्वन्ध छैन। सिदान्त र व्यवहारमा एकत्व नभएकोले नेपालको राजनिति घृर्णा र अनास्थाको केन्द्र वनेको छ।

पार्टी एकतालाई कसरी रुपान्तरण गरेर लिएर जानु हुन्छ ? 

 नयाँ जनवादी क्रान्तिको चरणपुरा गरी समाजवादी क्रान्ति लाई केन्द्रमा राखेर पार्टी भित्र रहेका मतभेदहरु लाई पार्टीले निश्चित विधि प्रक्रिया निर्धारण गरेर जिल्ला तह सम्म फोरम सञ्चालन गर्ने छौ। कुनै पनि विषयमा छलफल गर्दा पुर्व पार्टीको मानसिकता वाट हामी सवै मुक्त भएर तथ्यले पुष्टि गरेको सत्य विचार लाई स्वाकार गरी एकता सँघर्ष रुपान्तरणको विधि अनुरुप पार्टी एकता लाई रुपान्तरण गरेर जाने छौ।   

पार्टीका आगामी कार्यक्रम के –के छन ?

 भर्खर पार्टीको केन्द्रिय कमिटीको वैठक सम्पन्न भयो छ। २०८१ कार्तिक २ गते काठमाण्डौमा एकता महाधिवेशन हुने छ। श्रावण देखि भाद्र सम्म जिल्ला अधिवेशन ,असोजमा फोरम सञ्चालन गरिने छन।  यसै सिलसिलामा महाधिवेशन प्रतिनिधि, परिवेक्षक छनौट गरी महाधिवबेशन सम्पन्न गरिने आगामी कार्यक्रम रहेका छन। 

 अरु केहि भन्नु वाकि छकि ?

नेपालमा २००६ मा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।तर कम्युनिष्ट पार्टीमा भएको टुट फूट विभाजनको अवस्थाले कमजोर भएको थियो। यहि सन्दर्भमा क्रान्तिकारी माओवादी, नेकपा(मशाल) नेकपा(वहुमत) विचको पार्टी एकताले नेपालको क्रान्तिकारी आन्दोलन लाइ थप उचाइमा पुर्याउने छ। दक्षिणपन्थि, अवसरवाद  र  नामधारी कम्युनिष्टको भ्रम वाट आम जनता लाई मुक्त गर्नुपर्छ। क्रान्तिकारी आन्दोलन लाई मजवुत वनाएर लिएर जाने छौ। मेरा कुरा प्रस्तुत गरिदिएकोमा  विम्व अनलाइन लाई धन्यवाद।


२०८१ असार १८ ०७:४६ बजे

प्रतिक्रिया