पार्टी एकताको प्रक्रिया र आधार

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख २७ ०८:०५ बजे

२०७९ कार्तिक २२ गते तत्कालीन पार्टीहरु नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) सहित पार्टी एकता संयोजन समिति गठन भएको थियो । त्यसक्रमका वार्ता र छलफलहरुमा एकता सम्बन्धी सहमति र असहमतिका विषयहरुलाई बुँदागतरुपमा छुट्याउने काम समेत भएको थियो । तर, २०७९ चैत्र २१ को एकता संयोजन समिति बैठकमा तीन पार्टीहरु बीच छलफल हुँदा नेकपा (मशाल)को तर्फबाट कतिपय मतभेदहरु समाधान हुन नसकेपछि वार्ता स्थगित भएको थियो । त्यसपछि दुई पार्टीहरु  नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच एकता सम्पन्न भयो । तथापि, नेकपा (मशाल)बीच एकता वार्ताको प्रक्रिया निरन्तर कायम रह्यो । त्यसकै आधारभूत पृष्ठभूमिमा र निरन्तरतामा रहेर पुनः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बीच एकताका लागि थप पहल गरियो । परिणामस्वरुप २०८० पौष १९ गते दुई पार्टीका वार्ता समितिहरु पुनर्गठन भए । तत्पश्चात् चरणबद्ध वार्ताहरु सम्पन्न भए । दुबै पार्टीको तर्फबाट गरिएका सार्थक प्रयास पश्चात् एकताका लागि ठोस प्रकारले विचारधारात्मक, राजनीतिक तथा संगठनात्मक आधार तयार पार्ने काम भयो । 

पार्टी एकताका विचारधारात्मक, राजनीतिक तथा सांगठनिक आधार मूलतः यसप्रकार रहेका छन् ः 

१. माक्र्सवाद–लेनिनवाद–माओवाद\विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्ने ।

२. नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्ने ।

३. नयाँ जनवादलाई आम र वैज्ञानिक समाजवादलाई आधारभूत कार्यक्रमका रूपमा अंगीकार गर्ने ।

४. क्रान्तिमा बलप्रयोगको भूमिकालाई स्वीकार गर्ने र त्यससम्बन्धी मान्यतालाई विकसित तुल्याउने ।

५. सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्तलाई अवलम्बन गर्ने र महान सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्दै जाने ।

६. सर्वहारा अन्तराष्ट्रियतावादलाई स्वीकार गर्ने । 

७. जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार संगठन परिचालन गर्ने ।

८. पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल राख्ने ।

पार्टी एकता प्रक्रिया र आधार तयार पार्ने क्रममा हामीले केही महत्वपूर्ण विधि निर्धारण गरेका छौं । पहिलो विधि भौतिकवादी द्वन्द्ववादको विधि हो, त्यो एकता–संघर्ष र रुपान्तरणमा आधारित छ । दोस्रो विधि सहमतीय विधि हो । पार्टी एकता प्रक्रियामा यस विधिको विशेष महत्व छ । तेस्रो विधि भनेको जनवादी केन्द्रीयताको विधि हो । यी तीन विधि मध्ये सहमतीय विधिमा नै हामीले जोड दिँदै आएका छौं ।


२०८१ वैशाख २७ ०८:०५ बजे

प्रतिक्रिया