पार्टी एकता सम्बन्धि सैद्धान्तिक आलोचना गरौं

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख १४ १०:३४ बजे
दिपक पौडेल

नेकपा मसाल र वैद्यले नेतृत्व गरेको तत्कालीन पार्टी बीच   पार्टी  एकता गर्न भनी दुवै पक्षले  वार्ता समिति बनाएका थिए । पार्टी एकताको निम्ति वार्ता समिति बनाउनुको उद्देश्य विचारमा धेरै  समानता छ  , नमिलेका विषयको व्यवस्थापन गरी  पार्टी एकता गर्नु  नै हो । तत्कालीन नेतृत्व र  वार्ता समितिले पार्टी एकता सम्बन्धि घनिभुत छलफल गरेको देखिएन । नेतृत्वले  त्यसप्रकारको ईच्छा शक्ति किन देखाएन ? त्यो उनैलाई थाहा होला । नेतृत्व कसले गर्ने भन्ने बिषयका कारण हो भने , त्यो अत्यन्त तल्लो स्तरको राजनीति हो ।  पहिलेको निर्वाचनका सन्दर्भमा एमाले संग राष्ट्रिय जनमोर्चाको  सहकार्य चलेको थियो र तत्कालीन अवस्थामा मसाल नेतृत्वले एमालेसंग गम्भीर  सैद्धान्तिक मतभेद रहेको भएतापनि पार्टी एकताको निम्ति वार्ता गर्न सकिने वक्तव्य सार्वजनिक गरेको थियो । यसको अर्थ एमालेले संग पार्टी एकताको सम्भावना छ , भन्ने नै हुन्छ ।  नेकपा मसालले आफैले प्रतिक्रियावादी शक्ति भनेको नेपाली कांग्रेस संग सत्ता गठबन्धन गरेपनि पार्टी एकताको कुरा अहिलेसम्म गरेको छैन , त्यसलाई सकारात्मक मान्न पर्दछ। 

 नेकपा मसालले तत्कालीन अवस्थामा  वैद्य पक्ष ( अहिलेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ) संग पार्टी एकता प्रक्रिया शुरुवात गरेका थियो , अहिले नेकपा मशालले त्यो प्रक्रियालाई सम्पन्न गर्ने तयारी गरिरहेको छ ।  आग्रह पुर्वाग्रह , कुण्ठा , डाहले ग्रसित मस्तिष्क बोकेका अस्तिपञ्जरहरुले के के पोष्ट गरे त्यो महत्त्वको विषय होइन । पार्टी एकतालाई वास्तविक एकताको रुप दिन सकिन्छ वा  सकिन्न ? पार्टी एकता मार्फत बनेको पार्टी सैद्धान्तिक तथा  सांगठनिक रुपले कति परिपक्व हुन्छ  ? निति र कार्यक्रम कस्ता बन्दछन् ? अन्तरविरोधलाई व्यवस्थापन र समाधान गर्न सकिन्छ वा सकिन्न ? महत्त्वपूर्ण विषय यिनीहरू हुन् ।  हामीलाई विश्वास छ , पार्टी एकता वास्तविक पार्टी एकता हुनेछ । पार्टी एकता प्रक्रिया सम्पन्न गर्न , अन्तरविरोधलाई हल गर्न र क्रान्तिकारी निति र कार्यक्रम निर्धारण गर्न  सैद्धान्तिक आलोचना तथा  टिप्पणीले हामीलाई सहयोग हुनेछ । पार्टी एकता सम्बन्धि बनेका समान धारणा , अन्तरविरोध , कार्यदिशा लगायतका विषय अध्यायन गरि सैद्धान्तिक आलोचनाको अपेक्षा  गर्नु सही हुनेछ  । 

 नेकपा मशालको विशेष महाधिवेशनले क्रान्तिकारी शक्ति , समूह , व्यक्ति सबैलाई संगठित गरि सशक्त क्रान्तिकारी शक्ति निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार राष्ट्रिय क्रान्तिकारी मोर्चा निर्माण गर्ने , केही समुहसंग पार्टी एकता वा  ध्रुवीकरणको निम्ति छलफल गर्ने गरेको छ र सोही अनुसार  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल संग पार्टी एकता गर्ने निर्णयमा पुगेको हो । यो एक्कासि भएको होइन , लामो छलफल पश्चात् गरिएको निर्णय हो । अन्य पक्षसँग पनि छलफल गरेर छरिएर रहेका क्रान्तिकारीहरुलाई ध्रुवीकरणमा ल्याउने प्रयत्न जारी राख्न पर्दछ । अहिले हुनगएको पार्टी एकताले देशमा क्रान्ति सम्पन्न गरिहाल्छ ? त्यो होइन  , आधार निर्माण प्रक्रियालाई थप बल पुग्ने छ ।  सच्चा कम्युनिस्ट आन्दोलनको ध्रुवीकरणमा सकारात्मक सन्देश दिनेछ ।


२०८१ वैशाख १४ १०:३४ बजे

प्रतिक्रिया