एकता भाड्ने असफल प्रयास , मसाल चुनाव देखि चुनाव सम्म सिमित

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख ११ १९:२४ बजे
दिपक पौडेल

कम्युनिस्ट आन्दोलनको रक्षा र विकासका लागि कहिले पार्टी फुट्छ र कहिले जुट्छ । यसलाई सापेक्षतामा बुझ्न पर्दछ । सच्चा  क्रान्तिकारी शक्ति , समुह , मञ्च तथा व्यक्तिको ध्रुवीकरण\एकिकरण अहिलेको आवश्यकता हो । नेकपा मशाल र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बिच पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको छ। प्रतिक्रियावाद  र कम्युनिस्ट आन्दोलनमा विकसित भइरहेको संशोधनवादले क्रान्तिकारीहरुको एकता नहोस् भन्ने चाहन्छ इच्छाहुनु,  स्वभाविक नै  छ । संशोधनवादीहरुले माथि उल्लेखित पार्टीको एकता भाड्ने  प्रयास स्वरूप विभिन्न आधारहीन र असत्य प्रचार प्रपोकाण्डा गरिरहेकाछन् ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्तालाई माओवाद छोड्यौ ? संघीयता छोड्यौं ? भन्ने र मशालका कार्यकर्तालाई माओवाद मान्यौ ? संघीयता स्विकार गर्यौं ? भन्ने  जस्ता कुराहरु गरेर पार्टी भित्र खेल्न खोजिरहेको देखिन्छ ।

हामीलाई विश्वास छ उनीहरूको त्यो प्रयत्न कुनैपनि हालतमा सफल हुनेछैन ।  दुई पार्टीको  हिड्ने बाटो र पुग्ने ठाउँ एउटै छ । छुट्टाछुट्टै पार्टी भएको हुनाले कतिपय  विषयमा एउटै बुझाइ छैन । छलफलको माध्यमबाट एकरुपता कायम गर्दै जानेहो ।  एउटै पार्टीमा पनि फरक फरक बुझाइ हुनसक्छ । विभिन्न समय र सन्दर्भमा फरक विचारहरु आउन सक्छन्  , त्यसलाई व्यवस्थापन गर्दै जानेहो । पार्टीमा एउटा विचार मात्रै हुनुपर्छ भर्ने धारणा गलत धारणा हो । क्रान्तिकारी आन्दोलन अगाडि बढाउने कुरामा केन्द्रित भएर आउने फरक विचारहरु पार्टीका सम्पत्ति हुन् । पार्टी एकता नहोस् भन्ने गलत चाहनालाई  क्रान्तिकारी शक्तिले निस्तेज पार्नु पर्दछ  । कम्युनिस्ट आन्दोलनमा पार्टी फुटको श्रृङखला लामो छ र त्यसमा हामी अभ्यस्त छौं । पार्टी एकताको अभ्यास र अनुभव कम भएको हुनाले कस्तो कस्तो लागेको पनि हुनसक्छ । हामीले पार्टी एकतामा कौशलता प्रदर्शन गर्नुपर्दछ।सशक्त क्रान्तिकारी शक्ति निर्माण गर्नुपर्दछ । 

हामीले नेकपा मसालको आठौं महाधिवेशनमा राखेका फरक मत थियो- गणतन्त्रको रक्षा र संस्थागत विकास  प्रधान पक्ष  होइन , यो व्यवस्था विरुद्धको संघर्ष प्रधान पक्ष  हो  । यसमा दुई पार्टीको समान धारणा छ ।  संविधानमा  समाजवाद उन्मुख  वाक्य  उल्लेख गरिएको भएतापनि यो दलाल व्यवस्थामा सामेल भएर समाजवादी कार्यक्रम लागू गर्न सकिन्न भन्नेमा दुई पार्टीको एउटै बुझाइ छ ।  सामन्ती दलाल नोकरशाही पुँजीपती वर्गसंग नेपाली जनताको प्रधान अन्तरविरोध छ ,  त्यसको नेतृत्व नेपाली कांग्रेस जस्ता पार्टीले गरिरहेका छन् । नेपाली कांग्रेस जस्ता पार्टी संगको सहकार्य , सत्ता गठबन्धन गलत छ भन्नेमा दुई पार्टी एक छन् ।  संघीयताको विरोध गर्ने र संघीयता कार्यान्वयन गर्ने कुरा मिलेको छैन , यसरी संघीयता विरोधी आन्दोलन कमजोर हुन्छ भन्ने बुझाइमा नेकपा मशालले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल संग कुनै  संझौता गरेको छैन ।

कम्युनिस्ट पार्टीले लगातार चुनावमा भागलिदा वर्ग संघर्षलाई छोड्दै जाने , चुनाव जित्नको लागि प्रतिक्रियावादी संग समेत सहकार्य गर्नुपर्ने परिस्थिति निर्माण भएर  मसालले आफुलाई  चुनाव देखि चुनाव सम्म सिमिति  गरेर  वर्ग संघर्षमा कुनै जोड दिने गरेको छैन।    यसरी मसालको आठौं महाधिवेशनमा हामीले उठाएका कुराहरु , हामीले  विशेष महाधिवेशनमा पारित गरेका विषयहरूको मुल मर्ममा सम्पुर्ण रुपले न्याय दिएर नै पार्टी एकताको प्रक्रिया अगाडि बढाइएको छ । अन्य कतिपय कुरामा छलफल चलिरहेको छ र एकता पछि पनि चलिरहने छ । छलफलको माध्यमबाट एकरुपता कायम हुनेछ। पुनः नयाँ विचारहरु आउनेछन् छलफलको माध्यमबाट नै हल गर्दै जाने हो । विषयलाई यसरी बुझ्न पर्दछ।

क्रान्तिका कुरा फलाग्ने मसाल जस्ता दक्षिणपन्थीहरुले क्रान्तिकारीहरु विचको पार्टी एकता भाड्ने दुस्प्रयास असफल भएको छ।कुनै पनि पार्टी सदस्य कार्यकर्ता दक्षिणपन्थिहरुका क्रान्ति , परिवर्तन र वर्ग सँघर्ष विरोधि विषालु हावा वाट प्रभावित हुने छैन्न।


२०८१ वैशाख ११ १९:२४ बजे

प्रतिक्रिया