नेपालका कम्युनिष्ट पार्टीमा फुट र विसर्जनको इतिहासको सिलसिलालाई तोडेर एकता र सहकार्यको दिशामा लैजाने आँट र साहस गरौ- सन्तवहादुर नेपाली महासचिव नेकपा(मशाल)

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख ११ १५:३२ बजे

नेपाल कम्युनिष्ट पार्टी (मशाल)का महासचिव सन्तवहादुर नेपालीले आज एक वक्तव्य जारी गरेर आफ्नो पार्टीको  प्रथम राष्ट्रिय भेला वैशाख ७ र ८ गते रूपन्देहीको एउटा गाउँमा सम्पन्न भए जनाएका छन।

भेला कुमुदको सभापतित्व, प्रवक्ता रामबहादुर बुढाको स्वागत, सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण तथा कलाकारहरूद्वारा अन्तर्राष्ट्रिय गीत प्रस्तुतपछि भेलाको उद्घाटन पार्टीका महासचिव सन्त बहादुर नेपालीले पार्टीको झण्डा फहराएर गर्नुभयो भने सञ्चालन  सुबोधले गर्नुभएको वताइएको छ। 

राष्ट्रिय भेलालाई शुभकामना दिनेहरूमा पिविएम बिगुल, ट्रेड युनियनको तर्फबाट  प्रमोद, किसान मोर्चाको तर्फबाट कुमार, युवा मोर्चाको तर्फबाट सगरमाथा, महिला मोर्चाको तर्फबाट समर्थन, शिक्षक मोर्चाको तर्फबाट विवस, विद्यार्थी मोर्चाको तर्फबाट चित्र, जनजाति सम्मेलनबाट किरण, सांस्कृतिक मोर्चाको तर्फबाट रक्तिम, प्रवास मोर्चाको तर्फबाट शक्ति, अन्तर्राष्ट्रिय नेपाली मोर्चाबाट  नवप्रभात र बुद्धिजिवि मोर्चाबाट प्रशान्तले शुभकामना दिनुभएको वक्तव्यमा उल्लेख गरेका छन । 

भेलाले तात्कालिक राजनीतिक प्रतिवेदन र पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ । तत्कालीन राजनीतिक प्रस्तावमा अहिलेको राजनीतिक अवस्थाबारे भनिएको छ ः “अहिलेको गठबन्धन बन्नु र पुरानो गठबन्धन भत्किनुमा पनि दलाल पुँजीवादी संसदीय व्यवस्थाको आन्तरिक सङ्कटको परिणाम हो । प्रधानमन्त्री प्रचण्डले त्यो सङ्कटबाट सकुशल अवतरण गर्न निकालेको निकास हो । नयाँ गठबन्धन निर्माण भएपनि पुँजीवादी संसदीय सङ्कट जहाँको त्यही नै छ ।” अगाडि भनिएको छ “गठबन्धन फेरिँदैमा दलाल सरकारको चरित्र फेरिँदैन यसले पनि विगतको जनघाती, राष्ट्रघाती तथा जनविरोधी चरित्रलाई निरन्तरता हो । 

७५ वर्षको कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै संशोधनवाद नै नेपालको कम्युनिस्ट आन्दोलनको बाधक भएको  वक्तव्यमा उल्लेख गरेकोछन । वक्तव्यमा अगाडी भनिएको छ राष्ट्रिय भेलाले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ । १० वर्षे माओवादी जनयुद्ध लाई  पार्टीले उग्र “वामपन्थी” गल्ती गरेको ठहर गरेको थियो। शान्ति प्रकृयामा आएपछि प्रचण्ड पक्षले संशोधनवादी नीति लिए पनि तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) मूलतः माक्र्सवादी लेनिनवादी पार्टीको रूपमा वामपन्थी क्रान्तिकारी शक्ति भएकाले  पार्टीले दुवै पार्टीसित पार्टी एकिकरणको लागि विचार आदान प्रदान गरेका थियौँ । ०७९साल कार्तिक २० गतेको पहिलो बैठकपछि कैयौ चरणमा वार्ताहरू भएका थिए । तर मशाल सित कतिपय विषयमा सहमति नभएपछि मशाल बाहेक २ पार्टीको विचमा एकता भएको थियो । एकतापछि बनेको पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सँग राजनैतिक कार्य दिशामा समान दृष्टिकोण रहेपछि कतिपय मत भेदका विषयमा खुल्ला छलफल गर्दै आवश्यकता अनुसार महाधिवेशनपछि पनि खुल्ला छलफललाइ निरन्तरता दिने गरी पार्टी एकताका लागि दुवैपक्ष तयार भएको अवस्थामा  मशालले पार्टी एकताको प्रक्रिया  राष्ट्रिय भेलाबाट अनुमोदन भएको  वक्तव्यमा उल्लेख गरिएको छन।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) विच मात्र होइन, अन्य वामपन्थी क्रान्तिकारी शक्तिहरूका विचमा पनि एकीकरण र धुर्वीकरणको प्रकृयालाइ अगाडि बढाउँदै आगामी दिनमा विशाल क्रान्तिकारी पार्टी निर्माणमा सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता औल्याइएको छ । वक्तव्यमा भनिएको छ “फुट र विसर्जनको इतिहासको सिलसिलालाई तोडेर एकता र सहकार्यको दिशामा लैजान आँट र साहस प्रस्तुत गर्न आवश्यक रहेको” बताइएको छ । 



२०८१ वैशाख ११ १५:३२ बजे

प्रतिक्रिया