जेनजी विद्रोहमा मृत्यु भएका ७६ मध्ये २२ जना प्रदर्शनकारी : नेपाली सेना

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक १ १८:३८ बजे

काठमाडौं । नेपाली सेनाले जेनजी विद्रोहका क्रममा मृत्यु भएका ७६ मध्ये प्रदर्शनकारीको संख्या २२ मात्रै रहेको जनाएको छ । नेपाली सेनाले शुक्रबार पत्रकार सम्मेलन गरी यो रिपोर्ट प्रस्तुत गरेको हो । सेनाले बाँकी मृतकमा १० जना कैदी, ३ जना प्रहरी र अन्य ४१ जना रहेको जनाएको छ ।

सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन ४ सय ८४ स्थानमा भएको बताए । उनले त्यसक्रममा ६ सय ८८ वटा सरकारी कार्यालय, २ सय ५९ वटा निजी निवास, १ सय २८ वटा व्यापारिक प्रतिष्ठान, १ सय ९८ वटा राजनीतिक दलका कार्यालय, ३ सय ७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको बताए । 

सेनाले आन्दोलनकै क्रममा ९७८ थान हतियार हराएकोमा ५ सय ८६ वटा फिर्ता गराइएको पनि आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । 


२०८२ कात्तिक १ १८:३८ बजे

प्रतिक्रिया