क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा सिपि गजुरेल चयन

देशको स्वाधिनता सार्वभौमिकता र अखण्डताको रक्षाका लागी साम्राज्यवाद विरोधि मोर्चा देशव्यापी निर्माण गर्ने पार्टी निर्णय

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक २ २१:०२ बजे

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले महासचिवबाट मोहन वैद्य किरणले स्वास्थ्यका कारण दिनुभएको राजिनामा स्वीकृत गर्दै रिक्त पदमा पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवलाई   महासचिवमा चयन गरेको छ 

बैठकको सुरुमै महासचिव मोहन वैद्य किरणले आफ्नो स्वास्थ्य अवस्थाका कारणले दिनुभएको राजिनामा वाचन गरेर सुनाइएको थियो । उहाँले केन्द्रीय समितिलाई सम्बोधन गर्नुपर्ने माग भएपछि भर्चुअल रुपमा सम्बोधन गर्नुभएको थियो । महासचिव पदबाट आफूले दिएको राजिनामा स्वीकृत गरिदिन उहाँले केन्द्रीय समितिलाई अनुरोध गर्नुभएको थियो । त्यसपछि केन्द्रीय समितिले उहाँको राजिनामा स्वीकृत गर्दै रिक्त महासचिवको पदमा कार्यवाहक महासचिव सीपी गजुरेललाई चयन गरेको हो ।

बैठकले जेन जी विद्रोहपछि बदलिदो परिस्थितिको ठोस विश्लेषण गर्दै  देशको सार्वभौमसत्ता अखण्डता स्वाधिनता गम्मिर सँकटमा परेको ठहर गर्दै देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिहरुका बिच साम्राज्यवाद विरोधि मोर्चा देशव्यापि   निर्माण गरी स्वाधिनताका पक्षमा देशव्यापी सँघर्ष  उठाउन पहल गर्ने निर्णय गरेको एक केन्द्रिय सदस्यले वताएका छन।


 


२०८२ कात्तिक २ २१:०२ बजे

प्रतिक्रिया