बिचरो मनेलाई बैशाखको शुरुमै सबैखाले
चटाराहरुले सताउञ्जेल सताइरहेका छन्
खडेरीले धारा यहिबेलै तिरतर गरिरहेकोछ
बच्चाको भर्ना यहिसातामा गर्नुपर्ने भएकोछ
भर्नाको बिलपनि एकफुट लामो आएकोछ
किताब कापी यतिखेरै किन्नु पर्ने भएकोछ ।
वाईफाईवाला म्याद सकिन लाग्यो भन्दैछ
बच्चाको ड्रेसजुत्ता कपडा यतिबेलै किन्नुपर्ने
ईष्टमित्रको बिवाहमा यतिबेलै नगइ नहुने रे
जो जसको बिवाह भएपनि उत्तिकै महत्त्व छ
बिवाहमा सुट पाईण्टको चटारो थपिएको छ ।
वाइफाई नेट नहुँदा कम्ता बोर हुन्छ मनेलाई
न रसिला न्यूज हेर्न पाउँछ न सिरियल हेर्ननै
न बिहे बर्षगाँठको बधाई दिन पाउँछ उसले
न जन्मदिनको शुभकामना दिननै पाँउदछ
न नेता-नेता बिच गाली गरेको सुन्नै पाउँदछ ।
न साथिभाईलाई स्टाटस पोष्ट गर्न पाएकोछ ?
न खोजकर्ता कहलाइएका ती युट्युवरहरुका
भाइरल बन्ने शन्देसहरु मनेले सुन्न पाएको छ
न टिकटकवालाका गित र कमेडी सुन्न पाएकोछ
न आफ्नी गृहलक्ष्मीका भिडियो हेर्न पाएको छ ।
नेट बिनाको जिन्दगी मनेलाई निरस लागेको छ
साह्रै निस्सासिने र बिना अर्थको जीवन ठानेको छ ।
साँच्चै मनेलाई यतिबेलै सबै चटारोले थिचिरहेको छ ।
(प्रशान्त) २०८१ बैशाख ३ गते नेपालगन्ज ।
प्रतिक्रिया