अधिवक्ता जगत जोशी,
मन्दिरमा ईशको बास, भक्तको भावमा पनि ।
नाता यस्तै हुनुपर्छ, पीडित र न्यायको पनि।।
पुजारी पादरी होस् या, मुल्लाह लामा गुरु सरी ।
होउन् समभाव समदर्शी, न्यायमूर्तिहरु पनी।।
ज्ञान चक्षु उघारेमा, अन्धो कानून देख्दछ।
सच्चा ब्रह्म विचारेर, समन्याय गर्नु पर्दछ।।
गरेर फैसला मात्रै, इन्साफ हुन्न किन्चित।
पिडितको न्याय प्राप्तिमा, हुनुपर्छ सुनिश्चित ।।
आस्था पैंसा र नातामा, झुक्नु हुन्न तराजुले ।
निया निसाफको गोर्खा, बनाए थे बराजुले।।
न्यायको घाँटी रेटिन्छ, इमान बेचियो भने।
विधिले थिति बाँधिन्छ, बेथिती फैलियो भने ।।
पिडितको घाउमा न्यानो, मलम हो न्यायपालिका ।
कानुनी राजको लामो, चलन हो न्यायपालिका ।।
कहिले कुपात्रको दाउ, परेर रुम्लिए पनि ।
निस्पक्ष न्यायको कालो, कलम हो न्यायपालिका ।।
प्रतिक्रिया