सँस्कृति र साँस्कृतिक रुपान्तरण-आजको आवश्यकता

वामपन्थी सँगठनका सदस्यहरुले आफ्नो राजनितिक विचारधारा अनुसार जिवनशैली ,जिवनपध्दति, आचरण आनीवानी व्यवहारमा रुपान्तरण भएन भन्ने विपरित सँस्कृतिले हामीहरु लाई प्रतिक्रियावादी राजनितिमा रुपान्तरण गर्नेछ

bimbonline लाल वहादुर जाग्री
२०८० चैत्र २५ १३:५५ बजे

सँस्कृति के हो ?

सँस्कृति  शव्द सँस्कृत भाषाको शव्द हो। यस लाई अग्रेजीमा Culture भनिन्छ। Culture  शव्द ल्याटिन भाषाको cultura शव्द वाट व्युत्पन्न भएको हो।यसको अर्थ परिष्कृत गर्नु भन्ने हुन्छ। परिष्कृत भनेको कुनै वस्तु लाई राम्ररी खार्ने उन्नत वनाउने वा त्यसमा भएको कमि कमजोरी हटाएर राम्रो र सुन्दर वनाउने भन्ने हुन्छ।मेक्सी गोर्कीका अनुसार श्रम ध्दारा निर्मित ध्दितिय प्रकृति नै साँचो र सहि अर्थमा सँस्कृति हो। इ.वी. टायलरका अनुसार सँस्कृति त्यो जटिलता हो जसमा ज्ञान विश्वास,कला,नैतिकता, कानुन, प्रथा तथा यस्ता सम्पुर्ण क्षमता र गुणहरु सम्मिलित हुन्छन जसलाई मानिसले समाजको सदस्यको हैसियतले आर्जन र पालना गर्छ। सँस्कृति भनेको मानिसका सृजनात्मक गति योग्यताहरु तथा समाज विकासको जीवन र क्रियाकलापको सँगठित रुपको अभिव्यक्ति हो (*)।

सँस्कृति सिकेको व्यवहार हो। सँस्कृति व्यक्तिको जन्मजातको प्रवृर्ति होइन एव जैवीक उत्तरदान सँग सम्वन्धित छैन वा जन्मजात गुण होइन।यो सामाजिक शिक्षा र अनुभवमा आधारित हुन्छ।कुनै वच्चाको  जन्मभए पछि उ जन्मिएको समाजले उसको ७ वर्षको उमेर सम्म उनको दिमागमा  आफ्ना मुल्य मान्यता, ठिक वेठिक, सहि गलत, असल खराव के हो ? के होइन भनि ५० प्रतिशत सिकाइ सकेको हुन्छ । २० वर्षको उमेर सम्म अरु ३० प्रतिशत कर्मकाण्ड भरि दिएको हुन्छ।जुन समाज परिवेश, भुगोल, धर्म,  वर्ग, व्यवशाय ऐतिहासिक अवस्था अनुसार जन्मिएको समाजले ८० प्रतिशत २० वर्षको उमेर सम्म उसको सोचाई हेराई वुझाइ गराई व्यक्तिले चाहेर वा नचाहेर, जानेर वा नजानेर सिकाइ सकेको हुन्छ अर्थात उनको दृष्टिकोण निर्माण गरिदिएको हुन्छ।

सँस्कृतिका दुइ स्वरुपका छन ?

भौतिक सँस्कृति (भौतिक वस्तु)- भवन,भाडाकुडा, सडक, गुम्वा मन्दिर ,मँजित ,यातायातको साधन,वैज्ञानिक सृजना प्रविधि जो भौतिकरुपमा देख्न, हेर्न छुन सकिन्छ त्यस्तो सँस्कृति लाई भौतिक सँस्कृति भनिन्छ। अभौतिक( आत्मिक) सँस्कृति- वैचारिक, राजनितिक, दर्शन, अर्थशास्त्र सम्वन्धि दृष्टिकोण, ज्ञान विज्ञान शिक्षा नितिशास्त्र,साहित्य कलामा भएको गुणात्मक परिवर्तन लाई अभौतिक सँस्कृति भनिन्छ।जुन देख्न छुन छाम्न  सकिदैन तर अनुभुति गर्न सकिन्छ।

सँस्कृतिका गुण

सँस्कृति एक पुस्ता वाट  अर्को पुस्तामा हस्तान्तरण हुन्छ। प्रत्येक समुहले आफ्नो सँस्कृति आदर्श मान्छ किनभने सामुहिक आनिवानी व्यवहारले सँस्कृति निर्माण गर्छ।यसमा एक वा एक भन्दा वढि व्यक्ति वा सम्पुर्ण समुहको अधिकार हुन्छ। वहुसख्यक मानिसले यसलाई ग्रहरण गरेको हुन्नुपर्छ।समाजको परिस्थितिहरु सधै एकनासको हुदैन।मानवजातिको प्रगतिका लागी आइपर्ने विभिन्न  आवश्यकता पुर्तिका लागी सँस्कृति परिवर्तनशिल हुनुपर्छ ।जसका कारण नयाँ पिढि लाई हस्तातरण गर्न सकियोस।सँस्कृतिले व्यक्ति समाज समुदायको आवश्यकता पुर्तिगर्ने हुनुपर्छ।प्रत्येक समाज -समुदायको सामाजिक र भौतिक परिस्थिति अलग-अलग हुने भएको हुदा तिनको सँस्कृति पनि फरक फरक हुन्छ।

नेपालमा रहेको सामान्ती उत्पादन प्रणाली, राजनितिक तथा आर्थिक सामाजिक सँरचना  पुँर्जिवादमा परिणत नभए २०४६ र २०६२\०६३ सालको  परिवर्तनले सामाजिक राजनितिक र आर्थिक उत्पादन सम्वन्ध लाई दलाल पुँजीवादमा परिणत गरिदियो। सामान्तवादले आफ्नो वैचारीक- राजनितिक स्वार्थको सँरक्षण र रक्षा गर्न आफ्नो सँस्कृतिको निमार्ण गर्दछ। जस्तै सामान्ती सँस्कृती धर्म सँग गहिरोरुपमा जोडिएको हुन्छ, स्वर्ग- नर्ग, पुनःजन्म, पाप- पुर्ण्य भाग्य वर्ण व्यवस्था  स्वामिभक्तिको भावना सृजना गर्दछ। समाज लाई तह-तहमा वर्गिकरण गर्दछ। सवभन्दा माथि राजा, तल क्रमशः भाइ भारदार,प्रधामन्त्री, मन्त्रि , जमिन्दार मुख्य जिम्मेवाल सवैभन्दा तल्लो पिढमा किसान- मजदुर रहेको मान्छ।आफु भन्दा तलका लाई शोषण गर्नु माथिल्लोको अधिकार ठान्दछन।लिङ्गभेद ,नारी लाई पुरुषको दासी ठान्ने, भोग्य वस्तुकारुपमा हेर्ने सोहि अनुरुप व्यवहार गर्ने,विज्ञान र तथ्यका आधारमा नभए अन्धविश्वास, रुढिवादीका आधारमा विश्वास गर्ने,व्यक्तिप्रधान,व्यक्तिस्तुती तथा जि-हजुरी चाकरी चाप्लुसी गर्ने तर श्रम लाई घृर्णा गर्ने सँस्कृति सामन्ती सँस्कृतिका विषेशता हुन।जसको हाम्रो समाजमा लामो र गहिरो छाप र प्रभाव रहे वसेको पाईन्छ।

दलाल पुँजीवादी राजनितिक प्रणाली साम्राज्यवादी वैचारिकताको ठिमाह सन्तान हो। नेपालमा नेपाली लाई चाहिने वस्तु सवै नेपालमा उत्पादन हुदैन  धेरैवस्तु अन्यदेश वाट आयात गर्नुपर्ने अवस्थामा दलाल पुँजीवादी अर्थतत्रको निर्माण भएको अवस्थामा सँस्कृति पनि सोहि अनुरुपको सृजना भएको छ।यस सँस्कृतिले चरम व्यक्तिवादी उपभोक्तावाद चिन्तन र व्यवहार फैलाउछ , सामाजिक जिवन वा देश जनताको समस्या वाट विमुख गराउने व्यक्ति\निजि कुरा लाई मात्र मुख्य ठान्ने, परिवार, समाज र देशको हित भन्दा व्यक्तिको हित लाई माथि राख्ने, उपभोग्यवस्तुको वढि भन्दा वढी उपभोगमा जोड दिने, सामान वढि किन्न लगाई धेरै नाफा कमाउने, सामानको खरिद र उपभोग कस्ले कति गर्यो भन्ने आधारमा सामाजिक प्रतिष्ठा वनाउने,जसरी पनि ( नैतिक अनैतिक तथा अपराधकर्म )वाट पनि रुपिया कमाउने र उपभोग गर्ने, अश्लीलता तथा कामोत्तेजक साहित्य सृजना गरेर युवालाई कामपिपासु वनाउने,अपराधजगतमा फसाउने,नसालु पदार्थको दुव्यसनी,वेश्यावृति र वेश्यागमनमा वृध्दि गराउने,युवा वा नयाँ पुस्ता लाई  विचार दृष्टिकोण दर्शन विहिन विषाक्त पार्ने  उनिहरुको सृजनात्मक भावनालाई कुण्ठित गर्ने, वौध्दिक तथा नैतिकरुपमा पङ्गु वनाउने उत्तरआधुनिकतावाद सँस्कृतिका विशेषताहरु हुन।अहिले नेपालमा घनिभुतरुपमा नयाँ पुस्तामा यो सँस्कृति व्यापकरुपमा मौलाएको फुले फलेको छ। जसको परिणाम नेपाली समाजले भोग्दै आएको छ। आफ्नो देशको घरखेतमा कुनै श्रम उत्पादन आर्य आर्जन गर्न लाज, हिनता, लज्जावोद गर्ने नयाँ पुस्ताले वाजे वुवाले उत्पादन गरेका खेत वाझा राख्ने  तर विदेश (अमेरिका युरोप जापान अष्टेलिया) मा चर्फि  तथा भाडाकुडाँ सफा गर्दा,अरवका खाडीका मरभुमीमा भेडा भाख्रा चराउदा, डान्सवारमा नाच्दा  पनि गौरभ महसुश गर्ने ।नेपाल फर्किदा फुर्तिफार्ती लाउने त्यहाँको गुणगान गाउने देशको मोटो सँस्कृति लाई धिकार्ने अरु लाई पनि घरमा रहेका वृध्द वुवा आमा शिशु केटाकेटी विरामी सुत्केरी श्रीमति लाई छोडेर विदेश जानका लागी प्रेरित गर्ने प्रवृति यसै सँस्कृतिको परिणाम हो।विदेशमा  कतिपयले थोरै रुपिया आर्जन गरे पनि देशमा झै स्वाभिमान, इज्जत गौरभ माया स्नेह सामाजिक वातावरण प्राप्त हुन सक्दैन। यो सँस्कृतिले नेपालीलाई विदेशका लागी चाहिने कामदार ( एक प्रकारका दास) उत्पादन गर्ने कारखाना वनाएको छ।

प्रगतिशिल सँस्कृति के हो?

प्रगतिशिल सँस्कृति विना वामपन्थीहरुले देश , जनताको चेतना  परिवर्तन गर्न सक्दैन।प्रगतिशिल सँस्कृति माक्सवादी विश्व  दृष्टिकोणमा आधारित हुन्छ।लेनिनले भनेका छन- माक्सवादी विश्व दृष्टिकोणले मात्र क्रान्तिकारी सर्वहारावर्गको स्वार्थ दृष्टिकोण एवम सँस्कृतिको उचित अभिव्यक्ति गर्न सक्त छ(**)। सवै व्यक्तिले वौध्दिक वा शारिरीक श्रममा भागलिनु पर्छ। श्रमको सम्मान कदर गर्ने ,स्वयम पनि श्रममा हेलिनु पर्छ।कुनै पनि स्वरुपको शोषण दलाली वा श्रम विनाको आर्य आर्जन लाइ धृर्णा र तिस्कार गर्नु, व्यक्ति भन्दा परिवार ,परिवार भन्दा समाज- समुदाय ,समाज-समुदाय भन्दा देशको हित वा व्यक्तिगत हित भन्दा सामुहिक हित लाई उच्च प्राथमिकता दिनु, सत्य इमान्दारीता तथा स्वाभिमान स्वाभाव निर्माण गर्नु ।श्रमिक किसानको पक्षधरताको सँस्कृति एव स्वच्छ आचरणले जिवन जिउनु, सोहि अनुरुपका व्यक्ति र समाज निमार्ण गर्ने  प्रकारका सृजना साहित्यको सृजना गर्नु, सामान्ती र उपभोक्तावादी सँस्कृतिको विरुध्द वैचारिक र साँस्कृतिक सँघर्ष चलाएर यस्ता विषाक्त सँसकृति लाई विस्तापित गरि प्रतिशिल सँस्कृति अवलम्वन गर्नुपर्छ।अरु वैचारीक आस्था राख्ने व्यक्तिहरु भन्दा सत्य तथ्यमा आधारित आचरण वानी व्यहोरा रितिरिवाज चालचलन  व्यवहातः  अनुसरण गरी अरु भन्दा फरक र प्रगतिशिल  देखिनुपर्छ।जसले  समाजलाई अग्रगामी परिवर्तनतर्फ लिएर जान सकोस। जसका कारण आफ्नो वैचारीक कुरा लाई  व्यवहारले समाजमा स्थापित गर्न मदत पुग्ने छन।

साँस्कृतिक रुपान्तरण  के हो ?

चीनमा सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन भएको समयमा साँस्कृतिक रुपान्तरणको महत्वका सन्दर्भमा माओले भनेका छ- वुर्जुवा वर्गको तख्ता पल्टिसकेको छ तथापि यसले अझै पनि शोषक वर्गको पुरानो विचार ,सँस्कृति,रीतिरिवाज र आनीवानी लाई प्रयोग गरेर आम जनता लाई भ्रष्ट वनाइ उनिहरुको मन मस्तिकमा कव्जा जमाइ पुनः सत्तामा फर्किने कोशिस गर्दैछन। सर्वहारावर्गले वैचारीक क्षेत्रमा वुजुवा वर्गका हरेक चुनैतीलाई डटेर सामना गर्नुपर्छ अनि सिङ्गो समाजको मानसिक दृष्टिकोण लाई वदलेर सर्वहारा वर्गको आफ्नै नयाँ विचार सँस्कृति रीतिरिवाज र वानिव्यवहार लागु गर्नु पर्छ(***)।नत्र सर्वहाराको सत्ता टिक्न सक्दैन भने झै  साँस्कृतिक रुपान्तरणको महत्व कति हुन्छ भन्ने कुरा जनाउछ। नेपाली समाजले विगत र वर्तमानमा अवलम्वन गरिएका अवैज्ञानिक श्रमिक किसान देशमा गरिखाने वर्गको अहित गर्ने, व्यक्ति लाई चरम स्वार्थ अपराधि , दास वनाउने, अहिलेको सामान्तवादी सँस्कृतिका केहि अँश र उपभोक्तावादी  सँस्कृतिले  नेपाली समाज लाई मुलतः नयाँपुस्ता लाई आक्रन्त पारेको अवस्थामा समाज देश परिवर्तन गर्न हिडेका हामी वामपन्थीहरुमा पनि यिनै सँस्कृतिले घर जमाएर वसेको छ। माक्सवादी दृष्टिकोण , विचार, सिदान्त, राजनिति लाई समाजमा लागु गर्ने हो भने सवभन्दा पहिले आफु रुपान्तरण भइ स्वयमले प्रगतिशिल सँस्कृति अवलम्वन  गर्नुपर्छ। स्वयममा लागु गर्दा ढोङि तरिकाले नभए  वैचारिकरुपमा नै परिवर्तन भएर प्रगतिशिल सँस्कृतिमा विश्वास र आस्था राखेर लागु गर्नुपर्छ।वामपन्थी राजनितिक सत्ताको सँरक्षण लालसेनाले वन्दुकको वलमा वलपुर्वक गरे झै  प्रगतिशिल सँस्कृतिको वैचारिक साँस्कृतिक हतियारले  स्वइच्छिकरुपमा जनताको मन मस्तिकमा प्रभावपारी चेतनास्तर उठाइ  टिकाउन मदत गर्नसक्छ।सँस्कृति विनाको राजनिति विष विनाको सर्प सरह हो।जसको कुनै अर्थ रहदैन। राजनिति वामपन्थी भन्ने सँस्कृति सामन्ती  एव उपभोक्तावादी अवलम्वन गरेमा सँस्कृति र व्यवहारमा एकत्व नभइ विपरित्व हुन्छ। यसले राजवादी, दलाल सँसदवादी र वामपन्थीकाहरु विच जनताले फरक छुट्याउन सक्दैन। उनीहरुले वामपन्थी इतरका राजनितिक पार्टी लाई विश्वास गर्नुपर्ने अवस्थामा पुग्दछन।

वामपन्थीहरुले सँगठन भित्रका सदस्यको मुल्याङ्कन गर्दा को सँग  कति धनपैसा छ ? कसले चुनाव जित्न रुपिया खर्च गर्न सक्छ वा सक्दैन ? भन्ने आधारमा मुल्याङ्कन गर्ने  होइन? पार्टी सदस्यको सँगठनमा भुमिका योगदान , उनको साँस्कृतिक चेतना र व्यवहारको स्तर के कस्तो छ ?  साँस्कृतिक चेतनाको स्तरका आधारमा सँगठनको तल्लो वा उपल्लो कुन समितिको जिम्मा दिने भनि त्यसका आधारमा मुल्याङ्कन गर्नुपर्ने हुन्छ।वैचारिक र साँस्कृतिक स्तर नभएका व्यक्ति सँगठनको नेतृत्वमा पुगेमा कुनै पनि वामपन्थी सँगठन वामपन्थी सँगठन नै रहदैन। उसले उल्टि दिशामा परिवर्तन गरि वुर्जुवा सँगठनमा रुपान्तरण गरिदिन्छन।त्यसपछि  सँगठन भित्र प्रतिशिल सँस्कृति श्रमलाइ सम्मान गर्ने, स्वाभिमानी, देशभक्त, इमान्दार, स्वच्छ छवि भएका नैतिकवान व्यक्तिको कुनै स्थान हुदैन ।त्यहाँ चाकरदार,चाटुककार दासमनोवृति भएका व्यक्तिहरु मात्र हुन्छन। उनीहरु व्यक्तिगत  फाइदाका (पद पैसा, प्रतिष्ठा)का लागी जे पनि गर्ने\गराउने जमातमा सँगठन परिणत हुन्छ।जसका कारण  वामपन्थी मुल्य मान्यता आदर्श वदनामित हुदै जान्छन  ।यसको परिणति जनताले कम्युनिष्ट नाम प्रति गौरव विश्वास आशा भन्दा घृर्णा, तिस्कार  अविश्वास र अपमान गर्दै जान्छन।जस्को मारमा नेपालको सिङ्गो ७५ वर्षको कम्युनिष्ट आन्दोलन पर्दै आएको छ।

नेपालको वामपन्थी आन्दोलनमा साँस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरिने होइन भन्ने भावि पुस्ताको लागि वामपन्थी आन्दोलन जिवन र जगत परिवर्तन गर्ने विषय नभइ केवल इतिहासको विषय हुनेछ। यसो हुन नदिनका लागी अहिले नै माक्सवादी विश्व दृष्टिकोणमा आधारित साँस्कृतिक रुपान्तरणको वैचारिक अभियान सञ्चालन गर्नुपर्छ। प्रगतिशिल साहित्य सृजना कला गित सँगित  नाटक , रचनाहरु लाई सरकारमा भएका वामपन्थीहरुले राज्यको साधन स्रोत प्रयोग गरेर सरकारी निकायहरु मार्फत  प्रयोग र परिचालित गर्नुपर्छ भन्ने सरकार सँसदमा नभएका वामपन्थीहरुले  आफ्नो सँगठन र जनताको माझमा व्यापक रुपमा किताव, पत्रपत्रीका प्रकाशन प्रसारण, लेख रचना, गोष्टी अन्तक्रिया वा मिडिया वा सामाजिक सञ्जालको माध्यम वाट प्रतिगतिशिल श्रृजना रचना साँहित्य र सँस्कृतिको व्यापक प्रचार- प्रसारण गर्नुपर्छ। विश्वविधालय, क्याम्पस, विधालयका युवा युवतिहरुलाई प्रशिक्षित गरेर स्वयम सेवकका रुपमा देशभरी साँस्कृतिक रुपान्तरणको अभियानमा परिचालित गर्न सकेमा केहि हदसम्म भए पनि अहिलेको विशाक्त उपभोक्तावादी सँस्कृतिमा कमि आउन सक्छ।

वामपन्थी सँगठनहरुले पनि आफ्ना सदस्यहरु लाई  अध्ययन प्रशिक्षण श्रम सँस्कृति निर्माण गर्नमा परिचालित गरेर सर्वहारा शोषित पिडित जनता सँग एकाकार भएर सामान्ती तथा उपभोक्तावादी सँस्कृति वाट वोलि वचनले होइन व्यवहारले रुपान्तरण हुन पर्नेहुन्छ। वामपन्थी सँगठनका सदस्यहरुले आफ्नो राजनितिक विचारधारा अनुसार  जिवनशैली ,जिवनपध्दति, आचरण आनीवानी व्यवहारमा रुपान्तरण भएन भन्ने विपरित सँस्कृतिले हामीहरु लाई प्रतिक्रियावादी राजनितिमा रुपान्तरण गर्नेछ। जनताले कम्युनिष्ट र अरुमा कुनै फरक देख्ने छैन  सवैको उस्तै सँस्कृति देखिए पछि जनताले विचार र व्यवहारको एकत्व  भएको सहि वामपन्थी सँगठन रोज्नुको विकल्प हुनेछैन।

(लेखक- अधिवक्ता एव नेकपा(मशाल)का केन्द्रिय सदस्य हुनुहुन्छ)

सन्दर्भ सामाग्री-* भण्डारी भानुको साँस्कृतिक क्रान्तिका आधार कितावको पृष्ट-१७.।** लेनिनका सँकलित सचना भाग-८ पृष्ट ३१।*** महान सर्वहारा साँस्कृतिक क्रान्तिका दस्तावेज कितावको पृष्ट-२४



२०८० चैत्र २५ १३:५५ बजे

प्रतिक्रिया