नेपाल एकिकरणको समयमा वाइसे चौविसे राज्य मध्ये डोटी र अछाम राज्यले केन्द्रको अधिनता लाई अस्विकार गरेका थिए।नेपाल एकीकरण भएकै बेला वि.सं. १८४७ मा नै अछाम राज्य विशाल नेपालमा गाभिए पनि १८४८ को चैते दशैको राती देवचन्द्र शाह (द्धितीय)ले विद्रोह गरी पुनः बान्नीगढी कब्जागरी अछाम राज्यको अस्तित्व राखेका थिए। त्यसपछि गएर मध्येकालमा पनि अछामले अनेक युद्ध खेपेको इतिहास छ।राजा दीपशाहीको पालामा कप्तान रणवीर खत्रीको नेतृत्वमा गएको नेपाली फौजले डोटीमाथि आक्रमण गरी विसं १८४७ सालमा विशाल नेपाल राष्ट्र अन्तर्गत समावेश गरेको थियो। राणाकालमा प्रशासनिक केन्द्रको रूपमा तोकिएको डोटी गौंडाको नियन्त्रणमा अछाम, बाजुरा, बझाङ, जुम्ला र बैतडी थिए।बम्म सिहका जेठा छोरा शक्ति सिंहले वि.स.१५०३ सालमा बझाङ राज्य स्थापना गरेका थिए। बझाङ १८४७ सालमा नेपालमा समाहित भएको थियो।२०१७ सालमा राज्य अदालत र राज्य–रजौटा खारेजीपछि भने बझांगी राजा रामजंगबहादुर सिंह र उनका छोरा ओमजंगबहादुर सिंह प्रतिकारमा उत्रिए। उक्त विद्रोह सेनाको सहयोगमा नियन्त्रणमा लिइयो। भीमदत्तको विद्रोह पछि सुदूरपश्चिममा सेना परिचालन गरिएको माओवादीको विद्रोह वाहेक बझाङ विद्रोह दोस्रो घटना थियो।
उन्नाइ हजार नौ सय उन्नानसय विन्दु अठ्ठाइस वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको र २७ लाख ११ हजार २ सय ७० जनसँख्या वसोवास गरीरहेको भु-भाग लाई पहिले सुदूरपश्चिम विकास क्षेत्रका नामले चिनिने गरेको थियो भन्ने अहिले सुदूरपश्चिम प्रदेशका नामले देखाइन्छ।गणतन्त्र आउदा सम्म पनि काठमाण्डौका शासकहरुको शासक मानसिकता र यस प्रदेशसभा सदस्यहरुको दासता ,हिनता र पराधिनताको मानसिकतामा परिवर्तन हुन सकेन्न।यस क्षेत्रका विकास, पुर्वाधार शिक्षा, स्वास्थ्य लगायतका काममा कुनै खासै परिवर्तन हुन सकेन -सकेन राजाका समयमा न्वारन गरी राख्रेको नाम सुदूरपश्चिम सम्म परिवर्तन गर्न सकेन्न।
सुदूरपश्चिम प्रदेशको नाम यस प्रदेशका सदस्यहरुले राख्ने क्षमता र ल्यागेत राखेन्न। धनगढीमा भएको प्रदेश राजधानीका लागी आफ्नै प्रदेश सुदूर- पश्चिम हुनगएको छ। धनगढी देखि पश्चिममा केवल कञ्चनपुर मात्र छ तर सुदूर(धेरै टाढा) छैन। अरु सवै जिल्ला धनगढी भन्दा उत्तर तर्फ रहेको अवस्थामा यस प्रदेशको नाम नै काठमाण्डौ वस्नेहरुले राखी दिएको प्रष्ट हुन्छ। काठमाण्डौ वाट हेर्दा मात्र यो प्रदेश सुदूर र पश्चिममा पर्दछ । यस प्रदेशको नाम अनुमोदन गर्ने यस प्रदेश सभा सदस्यहरु माननिय भन्ने शव्दले वोलाउन सम्म मिल्ने व्यक्ति प्रदेश सभामा रहेन छन। सवै पार्टी केन्द्र(काठमाण्डौ)का प्यादा रहेछन। सुदूरपश्चिम नामको विकल्प अन्य कुनै नाम सहितको प्रस्ताव प्रदेश सभामा पेश गरि मतदानमा सम्म कसैले लिएको कुरा सार्वजनिक हुन सकेन ।यसक्षेत्रका वासिन्दाका लागी यो दुःखत कुरा हो। धनगढी देखि कति सुदूरमा छ सुदूरपश्चिम प्रदेश ? आफै उभिएको ठाउँ लाई सुदूर र पश्चिम देख्ने यस प्रदेशका सभा सदस्यको दृष्टिदोष पनि अचम्मको छ। आफु - आफुभन्दा नजिकमा छु वा सुदूरमा छु त्यो पनि छुट्याउन नसक्ने क्षमता भएका व्यक्ति सभा सदस्य छन।
यसक्षेत्रमा नौवटा जिल्ला, ८८ वटा स्थानिय तह,७२१ वार्डहरु रहेका छन।आधारभुतरुपमा तिन हिमाली जिल्ला मध्ये बझाङको पूर्वमा वाजुरा र हुम्ला , पश्चिममा वैतडी र दार्चुला उत्तरमा हुम्ला र चीनको स्वाशासित क्षेत्र तिब्बत, दक्षिणमा वैतडी -डोटी अवस्थित छन्। जिल्लाको क्षेत्रफल ३,४२२ वर्ग किलोमिटर, जनसख्या १,८९,०९७ रहेकोछन।जयपृथ्वी,वुङगल नगरपालीका हुनभने तलकोट,खप्तडछान्ना,थलारा,वित्थडचिर,सूर्मा,छविसपाथिभेरा, दुर्गाथली,मष्टा,केदारस्यु,साइपाल गाउँपालीका हुन। नगर र गाउँपालीकामा जिल्ला भरी ८० वार्डहरु रहेका छन। वाजुरा जिल्लाको सिमानामा पूर्वमा मुगु र कालिकोट, पश्चिममा बझाङ, उत्तरमा हुम्ला, दक्षिणमा अछाम र कालिकोट पर्दछन्।क्षेत्रफल २,१८८ वर्ग कि.मि. ,जनसख्या १,३८,५२३ रहेको छ। जिल्ला भरीका नगर,गाउँपालीमा ६९ वार्डहरु रहेकाछन। दार्चुला जिल्लाको सिमाना पूर्वमा वझाङ्ग , पश्चिममा भारतको उत्तराखण्ड राज्यको पिथौडागढ, उतरमा चिनको स्वशाषित प्रदेश तिब्बत र दक्षिणमा वैतडी सँग जोडिएको छ।क्षेत्रफल २,३२२ कि.मि. जनसख्या,१,३५,०५६ रहेका छन। महाकाली ,शैल्यशिखर नगरपालीका र अपि हिमाल,दुहुँ,नौगाड,मार्मा,मालिकार्जुन,लेकम र व्याँस गाउँपालीका छन। जिल्लाका नगर र गाउँपालीमा ६१ वर्डा रहेका छन।यि तिन जिल्ला मुलभुतःरुपमा हिमाल जिल्ला भित्र पर्दछन।
पहाडका चार जिल्ला मध्ये वैतडी जिल्लाको पूर्वमा बझाङ र डोटी , पश्चिममा भारतको उत्तराखण्ड राज्य, उत्तर दार्चुला , दक्षिण डडेल्धुरा पर्दछन।क्षेत्रफल १,५१९ वर्ग किलोमिटर जनसँख्या २,४४४०० रहेकोछ। दशरथचन्द्र,पाटन,मेलौली पुचौडी नगरपालीका र डिलासैनी दोगडाकेदार,पञ्चेश्वर,शिवनाथ, सिगास,सुर्नया गाउँपालीका रहेकाछन । सवै नगर\गाउँपालीकामा ८६ वटा वार्डहरु रहेकाछन। डडेल्धुराको पुर्वमा डोटी पश्चिममा भारतको उत्तराखण्डप्रदेश, उत्तरमा वैतडी ,दक्षिणमा कैलाली-कञ्चनपुर रहेका छन।यसको क्षेत्रफल १,५३८ वर्ग किमि ,जनसँख्या १,३९,४२० रहेको छ। यस जिल्लामा अमरगढी, पशुराम नगरपालीका र आलीताल,भागेश्वर,नवदुर्गा, अजयमेरू, गन्यापधुरा गाउँपालीका रहेकाछन। सवैपालीहरु लाई ५२ वार्डमा विभाजित गरेकाछन।डोटीको पुर्वमा अछाम-सुर्खेत, पश्चिममा डडेल्धुरा-वैतडी,उत्तरमा वझाङ्ग दक्षिणमा कैलाली-कञ्चनपुर रहेका छन।यसको क्षेत्रफल २,०२५ वर्गकिमि जनसँख्या २,०५,६८३ रहेकाछन। दिपायलसिलगढी,शिखर नगर र जोरायल,वडीकेदार,वोगटानफुड्सिल, के.आइ.सि. ,सायल, आदर्श र पुर्विचौकी गाउँपालीका हुन।जिल्ला भरी ६५ वर्डाहरु रहेका छन।अछाम पुर्वमा दैलेख,पश्चिममा डोटी,उत्तरमा कालीकोट-वाजुरा दक्षिणमा सुर्खेत सँग जोडिएको छ।कुल क्षेत्रफल १,६१० वर्गकिमि जनसँख्या २,२९८१६रहेको छन।मँगलसेन,कमलवजार,साँफेवगर,पञ्चदेवलविनायक नगरपालीकाहुन भने रामारोशन,मेल्लेख,वात्रीगढीजयगढ,तुर्माखाँद,ढकारी,चौरपाटी गाउँपालीका हुन। जिल्लाभरी ९० वटा वार्डहरु रहेका छन।यि चार जिल्ला पहाडी जिल्लाहरु हुन।
तराइका कञ्चनपुर-कैलाली जिल्लाहरु मध्ये कञ्चनपुरको पुर्वमा कैलाली,पश्चिम तथा दक्षिणमा भारत ,उत्तरमा डडेल्धुरा सँग जोडिएको छ। यसको क्षेत्रफल १,६१० वर्गकिमि जनसँख्या ५,१७,६४५ रहेको छ। भिमदत्त,पुनर्वास,वेतकोट,महाकाली,शुक्लाफाँटा, वेलौरी, कृष्णपुर नगरपालीका र वेलडाँडी लालझाडी गाउँपालीका रहेका छन।जिल्ला भरीमा ९२ वटा वार्डहरु रहेकाछन।कैलालीको पुर्वमा कर्णाली नदी वर्दिया-सुर्खेत,पश्चिममा कञ्चनपुर-डडेल्धुरा,उत्तरमा डोटी-डडेल्धुरा,सुर्खेत दक्षिणमा मोहनानदी र भारतको उत्तरप्रदेश रहेको छ। यसको क्षेत्रफल ३,२३५ वर्गकिमि जनसँख्या ९,११,१५५ रहेको छन।धनगढी उपमहानगर, लम्किचुहा,टिकापुर,घोडाघोडी,भजनी ,गोदावरी,गौरीगङ्गा नगर र जानकी,वर्दगोवरिया, मोहन्याल ,कैलारी ,जोशिपुर र चुरेगाउँपालिका रहेका छन।जिल्लाभरिका सवै पालीकामा १२६ वडाहरु रहेका छन।
राष्ट्रिय जनगणना, २०७८ अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू अछाम, बझाङ्ग, डोटी, बैतडी र डडेल्धुरामा पछिल्लो दश वर्षको अवधिमा जनसङ्ख्या बृद्धिदरमा ह्रास आएको छ ।जनसङ्ख्या बृद्धिदर सबैभन्दा बढी ऋणात्मक रहेको अछाममा यो दर एक दशमलव नौ प्रतिशत रहेको छ । अछाममा २०६८ सालको जनगणना अनुसार दुई लाख ५७ हजार ४७७ जनसङ्ख्या रहेकोमा दश वर्षको अवधिमा अर्थात् २०७८ सालसम्म २७ हजार छ सय ६१ ले कमी आएर दुई लाख २९ हजार आठ सय १६ मा झरेको छ ।त्यस्तै, बझाङ्गमा जनसङ्ख्याको वार्षिक बृद्धिदर सून्य दशमलव ३० ले ऋणात्मक रहेको छ । त्यस्तै,, डोटीमा सून्य दशमलव २८, बैतडीमा सून्य दशमलव २५ र डडेल्धुरामा सून्य दशमलव १८ प्रतिशत जनसङ्ख्या बृद्धिदर ऋणात्मक रहेको छ ।कैलाली –कञ्चनपुरमा जनसख्याको वृध्दिदर उल्लेख मात्रामा वढिरहेका छन।
यस प्रदेशमा हिमाल मुहान भइ वगी आएका नदीहरु महाकाली, कर्णाली, सेती ,वुढीगँगा चौलानी हुन भने कतिपय खोलाहरु महाभारत र चुरेको जलाधारक्षेत्र वाट वगी आएको छन। चुरे पहाड भन्दा तल कैलाली कञ्चनपुर छन भन्ने महाभारत पर्वत भन्दा तल चुरे भन्दा माथी डडेल्धुराको जोगवुडा डोटीको विपि नगर रहेका छन।अरु सवै भु-भाग महाभारत पर्वत भन्दा उत्तर तर्फ हिमाल सम्म रहेका छन।
यस क्षेत्रमा जातिगत आधारमा क्षेत्री ४१.७,थारु १४.८,ब्रामहण १२.७, विश्वकर्मा १०.८, ठकुरी ४.९, परियार ३.८,रानाथारू ३.९,मिजार २.८ मगर २ सन्यासी ०.९ प्रतिशत छन। धर्मका आधारमा हिन्दु २७.४,वौद्ध ०.८,इस्लाम ०.३, किरात ०.०१,क्रिश्चियन १.४ रहेकाछन।भाषाका हिसावले डोटेली १९.१,वैतडेली १५.४, थारू१४.९,अछामी १४.१, वझाङ्गगी ७.८, नेपाली ६.९, दार्चुलेली ५.८ वाजुरेली ४.४ रानाथारू ३ प्रतिशतले वोल्ने गरेका छन।जनगणनाको समयमा ४२.९ प्रतिशत जनसख्या कामको खोजीमा घर वाहिर रहेको थियो भन्ने १७.८ प्रतिशत जनसख्या विदेशमा रहेको थिए।
सुदूरपश्चिममा डडेल्धुराका भिमदत्त पन्तले किसान विद्रोह कञ्चनपुरको व्रमहदेव वाट शुरू गरि त्यसवेलाको कञ्चपुरको सदरमुकाम रहेको वेलौरीमा आक्रमण गरे विद्रोहि फौज डडेल्धुराको आलिताल नजिक ग्वालेकमा पुगेको समयमा भारतिय सेना ध्दारा भिमद्तको हत्या गरी विद्रोहलाई दमन गरे पनि यस क्षेत्रको अन्याय उत्पिडन आज सम्म पनि फरक स्वरुपमा कायमै रहेको छ।यस क्षेत्रका राजा रजौटा मुख्या- जिम्मेवाल तराइका थारु जमिदारहरुका भाइ छोराहरु नेपाली काँग्रेसमा र पढेलेखेका गाउँ भन्दा वाहिर गएको पञ्चायतालीन पुस्ता मुलतः शिक्षकहरु यस क्षेत्रको वामपन्थि आन्दोलनमा लागेको पाइन्छ।अहिलको अवस्थाको समाजमा शोषण अन्यायको स्वरुप परिवर्तन भएको स्थितिमा अन्तविरोधको स्वरुप पनि फरक देखिन्छ।अन्तविरोधको सहि पहिचान गरी पिडित जनतालाई गोलवध्द गर्दै यस क्षेत्रमा जनताको मुक्ति आन्दोलन लाई ठिक तरिकाले अगाडी वढाउनुको विकल्प छैन।
(लेखक- अधिवक्ता एव मशालका केन्द्रिय सदस्य हुनुहुन्छ)
सन्दर्भ सामाग्री- विकिलिपिडिया , जनगणना २०७८
प्रतिक्रिया