कसैले सोच्छन् जिन्दगी आश हो
कोही सोच्छन् जिन्दगी त्रास हो
जसले जस्तोसुकै जेसुकै सोचुन्
मृगतृष्णै मृगतृष्णाको प्यास हो ।
कोही सोच्छन् जिन्दगी श्वास हो
सोच्छन् धेरै गाँसबास कपास हो
मलाई लाग्छ बाँचुञ्जेल रमाउने
एक आपस बिचको बिश्वास हो ।
स्वार्थ पुरा नहोउञ्जेल बकवास हो
स्वार्थ पुरा हुँदा जिन्दगी शुभास हो
जिन्दगी हिसाब हो, नमिल्दा दिक्क
हिसाब मिल्दा जिन्दगी झकाश हो ।
नरेन्द्र देवकोटा (प्रशान्त) २०८०\११\३० कोहलपुर ।
प्रतिक्रिया