फरकमत प्रति प्रचण्ड अनुदार माओवादी केन्द्र पुनः फुटको सँघारमा

प्रचण्डसँग सहमत नभएका डा.बाबुराम भट्टराई, मोहन बैद्य, नेत्रविक्रम चन्द विप्लब, मातृका यादव लगाएतले पार्टीनै फुटाएको वृतान्त छ्

bimbonline बिम्ब अनलाइन
२०८० फागुन १९ १३:२७ बजे

काठमाडौं । आठौँ महाधिवेशन पश्चात नेकपा माओवादी केन्द्रमा नेतृत्वको खरो आलोचकको रुपमा नेता जनार्दन शर्मा देखा परेका छन् । पार्टीमा असन्तुष्ट जनार्दनले विद्रोह गर्छन् या नेतृत्वको चेपुवामा पर्छन भन्नेमा आमचासो छ ।प्रचण्डको आलोचकको सूचिमा जनार्दनसँगै अन्य नेताहरुपनि रहेका छन् । उनिहरु पहिलेजस्तै डा. बाबुराम भट्टराई, मोहन वैद्य, विप्लवको पथमा जान्छन् या पार्टीभित्रै विद्रोहीका रुपमा रहन्छन्, यो सर्वाधिक चासोकोे विषय बनेको छ ।

२०७८ पुसमा सम्पन्न नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन पश्चात पार्टीभित्र आन्तरिक कलह बढ्दै गएको छ । महासचिव बन्न चाहेका जनार्दन शर्मा र बर्षमान पुनलाई बाइपास गरेर देव गुरुङलाई जिम्मेवारी दिएपछि शर्मा र पुन नेतृत्वसँग सन्तुष्ट छैनन् ।यो विषयमा पुन त्यति खुल्न नसकेपनि शर्माले बेलाबखत आफ्नो असन्तुष्टी पोख्दै आएका छन् । २०७९ भदौमा एक सार्वजनिक कार्यक्रममा जनार्दनले प्रचण्डकै अगाडी जिम्मेवारी बाँडफाँटलाई लिएर प्रचण्डको आलोचना गरे ।

२०८० फागुनमा पार्टीको विधान अधिवेशनमा पेश भएको विधान मस्यौदामाथि पूरक प्रस्ताव राखे । २०८० फागुन १७ गते स्थायी समिति बैठकले गरेको कार्यविभाजनप्रति असन्तुष्ट हुँदै फरक मत राखे ।जिम्मेवारी बाँडफाँटका बारेमा लिखित रुपमै असहमती जनाउने अर्का नेता हुन्, माओवादी स्थायी कमिटि सदस्य खगराज भट्ट । सुदूरपश्चिम प्रदेशको पार्टी नेतृत्वमा आफुलाई बाइपास गरेर केन्द्रीय सदस्य बिना मगरलाई जिम्मेवारी दिएकोमा उनले चर्को आलोचना गरेका छन् । केन्द्रको यो निर्णयले माओवादी पार्टीभित्र ठुलै हलचल र फुटआउने संकेत भट्टको छ ।

अध्यक्षको एकमना चल्ने माओवादीमा कुनैबेला फरक मत राख्नुको अर्थ पार्टीबाट बहिर्गमन थियो । नेतृत्वको आलोचना गर्ने नेताहरु या त आफैँ छुट्टिएर जान्थे, या त कारबाहीमा परेर निष्काशित हुन्थे ।प्रचण्डसँग सहमत नभएका डा. बाबुराम भट्टराई, मोहन बैद्य, नेत्रविक्रम चन्द विप्लब, मातृका यादव लगाएतले पार्टीनै फुटाएको वृतान्त छ् । पछिल्लो समय निरन्तर असहमति जाहेर गर्दै आएका जनार्दनले पनि अब पार्टीनै फुटाउँदैछन् भन्नेसम्मको चर्चा माओवादी वृत्तमा हुने गरेको छ ।

यद्यपी पार्टी नेतृत्वविरुद्ध खरो टिप्पणी गर्दै आएका नेता राम कार्की बाहिर आएजस्तो असन्तुष्टी पार्टीमा नरहेको दावी गर्छन् ।माओवादीभित्रको अवस्था नियाल्ने हो भने अहिले पनि आफ्नो आलोचना गर्नेहरुप्रति प्रचण्ड अनुदार देखिने गरेका छन् । हरिबोल गजुरेल, राम कार्की हुँदै जनार्दन शर्मासम्म कहिँ न कहिँ चेपुवामा परेकै छन् । तर, माओवादी बिस्तारै लोकतान्त्रिक बन्दै गएको छ, अध्यक्ष प्रचण्ड पार्टीभित्रैपनि पहिलेजस्तो शक्तीशाली भने देखिन्नन् । त्यसैले पार्टीभित्रका विद्रोही स्वरहरु विस्तारै बिस्फोट हुने खतरा बढेर गएको छ।


२०८० फागुन १९ १३:२७ बजे

प्रतिक्रिया