नेपाली समाजमा अहिले अत्यधिक चर्चा परिचर्चाको विषय देशमा भ्रष्टाचार कमिसनतन्त्र दलाली र परनिर्भरत देशको अर्थतन्तत्रले स्वाधिनता समाप्त हुदैछ। नेपालमा केहि गर्ने वातावरण र अवस्था छैन। त्यसकारण दक्ष अदक्ष युवा जनशक्ति विदेश पलायन हुदै आएको छन। यसको विकल्प के हुनसक्छ ? अहिलेका रुलिङ पार्टीहरु नेकपा(एमले) ,नेपाली काग्रेस, नेकपा(माओवादी केन्द्र) र अन्य सँसदीवादी पार्टीहरु र यिनका नेता प्रति नयाँपुस्तामा व्यापक घृणा अनास्था, अविश्वास विभिन्न माध्यम वाट अभिव्यक्त हुदै आएका छन। देशको अवस्था र स्थितिमा सुधार गर्न कतिपयले नेताहरु(व्यक्ती),दल र व्यवस्थाको विकल्प खोज्नु पर्छ भन्ने गरेका छन। राजनितिमा व्यक्ति दल व्यवस्था भन्नेको पानीको धाराको टुटी, पाइप र मुहान भन्ने जस्तै हो । सफा शुध्द पानी पिउनका लागी धाराको टुटी मात्र परिवर्तन गर्नेकी ? पाइम नै परिवर्तन गर्ने वा पानी मुहान नै अशुध्द भएको हुदा पानीको मुहान नै परिवर्तन गरे पछि सफा र शुध्द पानी पाइप हुदै धाराको टुटीमा आउला भन्ने झै व्यक्ति, दल र व्यवस्थाको नै परिवर्तन भए मात्र देशको वर्तमान खराव अवस्थामा सुधार ल्याउन सकिन्छ भन्ने मान्यता राख्दै आएका छन। यस लेखमा देशको अवस्थामा आमुल सुधार (गुणात्मक) परिवर्तन गर्ने वा सुधार (मात्रात्मक) परिवर्तन गर्ने ? सुधार केमा गर्ने ? व्यक्ति दल वा व्यवस्थाको विकल्प खोज्दा वैकल्पिक प्रगतिशिल विचार दर्शन राजनिति वाट निर्देशत भएको व्यक्ति दल र व्यवस्थाले मात्र सहि व्यवहार स्थापित हुन्छ र त्यसको परिणाम समग्रह देशको अवस्थामा आमुल परिवर्तन हुन सक्छ भन्ने विषयमा केन्द्रित रहने छ।व्यक्ति भन्दा व्यवस्था र दल परिवर्तन प्रधान पक्ष हो।यहि भित्र व्यक्ति समाज रहने हुन्छ।
कुनै पनि व्यक्तिको घरपरिवार , सामाजिक रितिरिवाज चालचलन धर्म मुल्य मान्यता सँस्कार सँस्कृति र राजनितिक दर्शन सिदान्त विचार मुल्य मान्यताको प्रभावले उनको सोच धारणा निर्माण हुन्छ त्यसको प्रभाव व्यवहारमा अभिव्यक्त हुन्छ।मजदुर किसान परिवारमा हुर्कि वढ्यो वा सामान्ति जमिन्दार व्यापारी परिवारमा हुर्कि वढ्यो भन्ने कुराले व्यक्तिको निजि जिवन शैली सोचाइ व्यवहार लाई अधिकाश अवस्थामा निर्धारण गर्ने गरेको हुन्छ।कतिपयको भनाइ रहेको छ अहिले रुलिङ पार्टीमा रहेका नेताहरु वृध्द,लालची, स्वार्थी,लोभी,दम्वी, अहँकारी , अविश्वासी र राष्टधाति भए सोहि पार्टीका युवाहरुले नेतृत्व गरेमा जनताको जिवनस्तर परिवर्तन हुने थियो की ? कुनै पनि पार्टीमा प्रौढ, युवा किसोर सवै उमेरका व्यक्तिहरुले आ-आफ्नो तहमा भुमिका निर्वाह गरेका हुन्छन।स्वास्थ्यले सक्रिय साथ दिदा सम्म राजनिति वाट देश जनताको सेवा गर्ने अवसर जो सुकैले पाउन पर्ने हुन्छ। किसोर ,युवा वा प्रौढ जुन उमेरका व्यक्तिले पार्टीको नेतृत्व गरे पनि प्रौढले कुन राजनितिक दर्शन सिदान्त विचार वोकेर पार्टीको नेतृत्व गरेका छन सोहि राजनितिको फ्लो गरेर किसोर होस वा युवाले पनि पार्टी सञ्चालन गर्नु पर्ने हुन्छ।उहि सिदान्त विचार राजनिति आचरण वोकेर उहि व्यवस्थामा जुनसुकै उमेर समुहका व्यक्तिले नेतृत्व गरे पनि परिणाम आउने एउटै हो। २०६२\२०६३ को परिवर्तन पछि दलाल सँसदिय लोकतत्रिक व्यवस्थामा देशका प्रधानमत्री पदमा व्यक्तिहरु गिरिजा प्रशाद कोइराला पुष्पकमल दाहाल, माधव कुमार नेपाल, वावुराम भट्टराइ ,के.पि शर्मा ओली झलनाथ खनाल,सुशिल कोइराला र राष्टपतिमा रामवरण यादव, विधा देवी भण्डारी , रामचन्द्र पौडेल रहि व्यक्ति-व्यक्ति धेरै परिवर्तन भए तर देश र जनताको अवस्था दिनप्रतिदिन झनझन नाजुक हुदै आएको छ।यसले के कुराको पुष्टि गर्दछ भन्ने व्यक्ति परिवर्तन हुदैमा वा पानीको धाराको टुटी , पाइप फेरिदैमा पानी शुध्द भइ हाल्दैन भन्ने झै एउदै दर्शन सिदान्त विचार आचरण र व्यवस्था वोक्ने पार्टी भित्रका व्यक्ति परिवर्तन हुदैमा कुनै फरक पर्दैन त्यसकारण व्यक्ति मात्र फेरिनुले राजनितिमा खासै फरक नपर्ने कुरा यसले प्रष्ट गरेको हुदा व्यक्ति होइन व्यवस्था नै परिवर्तन गर्नुपर्ने हुन्छ ।करिव २० वर्षको दलाल सँसदिय व्यवस्था अन्तगतका प्रधानमत्री, राष्टपति पदमा व्यक्तिहरु धेरै परिवर्तन भए तर जनता देशको अवस्थामा कुनै परिवर्तन भएन धुम्दै फेर्दै रुम्जाटार भने झै जनताको जिवन स्तर खस्किदै गएको छ।यसले पनि पानीको धाराको टुटी पाइप होइन मुहान नै सफा गर्नुपर्छ भन्ने कुरा प्रष्ट गरेको छ।
निश्चित सिदान्तको अनुसरण गर्ने उस्तै विचार भएका निश्चित वर्गको प्रतिनिधितव गर्ने व्यक्तिहरु मिलेर औपचारिकरुपले सँगठित राजनितिक सँस्था नै दल हो। नेपालका सन्दर्भमा विभिन्न दलले समाजमा रहेका विभिन्न वर्गको प्रतिनिधित्व गर्ने गरेको छ। मुलभुतरुपमा रुलिङग पार्टीका वारेमा यहाँ चर्चा गरिने छ।राप्रपा पुनत्थानवादी सामान्त एव पुर्वपञ्चहरुको पार्टी हो।काग्रेस जमिन्दार, विदेशका दलाल र धनाड्य व्यापारीहरुको प्रतिनिधित्व गर्ने पार्टी हो भन्ने नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) नवधनाड्य पुजिपति एव दलालहरुको प्रतिनिधित्व गर्ने पार्टीहरु हुन।रास्वपा अमेरिका र युरोपियन युनियन वाट पालित पोषत यहि व्यवस्था भित्र व्यक्ति मात्र परिवर्तन गर्नपर्छ भन्ने मान्यता राख्ने दर्शन विचार सिदान्तविहिन समुह हो।हामीले मेला र आमसभामा सहभागी भएको भिडमा फरक देख्नुपर्ने हुन्छ। मेलामा जम्मा भएको भिडको उदेश्य मेला हेर्ने रमाइलो गर्ने हुन्छ भन्ने कुनै पार्टीको सभामा सहभागी भिडको उदेश्य सोपार्टीको विचार कार्यदिशा वुझ्ने सहभागी जनाउने र सो पार्टी सँ-सँगै आमुलपरिवर्तनमा हेलिन हुन्छ। रास्वपा भन्ने पार्टीमा मेलामा सहभागी भएका व्यक्ति जस्तै राजनिति विचार विहिन व्यक्तिहरु भए सरह हुन । मदेशवादी पार्टी मदेशका जमिन्दाहरुको हित गर्ने मुलतः भारतिय शासक वाट पालित पोषित पार्टीहरु हुन।यि पार्टीहरुले आ-आफ्नो वर्ग समुदायका लागी मात्र हितहुने गरी काम गरिरहेका छन। नेपालका किसान मजदुर गरिखाने वर्ग समुदायको प्रतिनधित्व गर्ने आमुलपरिवर्तनकारी लक्ष्य वोक्ने पार्टी नेकपा(मशाल) हो।राजनितिक दलले आफ्नो पार्टीको लक्ष्य उदेश्य कार्यान्वय गर्न देशमा आफ्नो शासन गर्ने प्रणाली(व्यवस्था) कायम गर्ने गरेका हुन्छन। अहिलेको दलाल सँसदिय व्यवस्था भनेको यथास्थितिवादी सँसदवादी मुलतः काग्रेसको निति र विचार लागु गर्ने शासकिय प्रणाली हो।
सँसदिय व्यवस्था भित्रका यि पार्टीहरु लाई देश जनताको वरवादी दुःख पिडा प्रति कुनै चिन्ता चासो छैन। केवल सरकारमा को जाने ?मालदार मन्त्रालय कसले पाउने, राज्यका पदहरुमा नियुक्ति वढुवा सरुवा मा के कसरी कसवाट घुस कमिसन असुल गर्ने ? आफ्नो विचार विहिन झोले कार्यकर्ता लाई राज्यको स्रोत दोहन गर्ने ठाउँमा कसरी पुर्याउने ? राज्य स्रोतको सानो अँश भए पनि कार्यकर्ता लाई कसरी दिने ? अर्को चुनावमा जित्न आजै देखि कसरी रुपियाको जोहो गर्ने भन्ने मात्र चिन्ता र चासो रहेको अवस्थामा यि दलहरुको विकल्प खोज्न आमजनताको चेतनास्तर परिवर्तन गर्नु जरुरी छ। कतिपय व्यक्तिहरु विचार राजनिति सिदान्त भन्दा मेरो वुवा वाजेले काग्रेस एमाले माओवादी लाई भोट हाल्दै आएका हुन म नाती पनि यिनै पार्टी लाई मत दिन्छु भन्ने चेतना र केहि व्यक्तिहरुको सरकारमा यिनै पार्टी छन यि पार्टीमा लागेमा मेरो केहि व्यक्तिगत काम लिन सकिएला भन्ने उदेश्यले लागेका देखिन्छ। यि यस्तै जनताको मत लाई परिवर्तन गरि जनताले नै यि दल वा व्यवस्थाको विकल्प खोज्नका लागी सँघर्ष गर्नुको विकल्प छैन।
अवको बिकल्प भनेको मजदुर किसान डाक्टर वकिल प्राध्यापक युवा विधार्थी लेखक पत्रकारहरु समेतका व्यवशायिक सँगठनको प्रतिनिधित्व हुने गरी जनप्रतिनिधि सभा हुनुपर्छ। भष्टाचार , कमिशन, धुस लिने दिने व्यक्तिहरु , देशका सुचना विक्रिगर्ने , डिवि र पीआरधारीहरु, राष्ट समाज लाई अहित आफु आफ्नो परिवार हित हुने गरि कार्य व्यवहार गर्ने लाई अपराधि घोषणा गरी त्यस्ता व्यक्तिहरु लाई अपराधको मात्रा प्रकृति र अवस्था हेरी ३ वर्ष देखि जन्मकैद सम्मको व्यवस्था गरिने कानुन व्यवस्था गरिनु पर्छ। जनता प्रतिउत्तरदायि जनन्याय प्रणाली ,जनसेनाले पनि जनप्रतिनिधि सभाले निर्माण गरेको कानुन अनुसार व्यवस्थापन र सञ्चालन हुनुपर्ने हुन्छ।मुलभुतरुपमा शिक्षाले देशभक्त स्वाभिमानी श्रमको सम्मान गर्ने नागरिक उत्पादन गर्दै शिक्षा सिपमुलक , देशको आवश्यकताका आधारमा निर्धारण गरीनुका साथै डाक्टर वकिल पाइलट, इन्जिनियरको शिक्षा सर्वसुलभ र निःशुल्क गरिनु पर्ने हुन्छ। नेपालको अर्थतत्रमा रहेको भारतिय एकाधिकार लाई अन्तगरी आत्मानिर्भर अर्थतत्रको विकास गर्ने शासन व्यवस्थाले मात्र अहिलेको राजनितिक सँकटको सहि निकास दिने सक्ने हुदा सो व्यवस्था भनेको नयाँ जनवादी व्यवस्था भएकोले यसको स्थापनाका लागी नै सँघर्ष अगाडी वढाउनुको विकल्प छैन।
प्रतिक्रिया