समाजमा मानिसहरूको चालचलनसम्बन्धी नियमहरू वा मर्यादाहरूको सगोल समुच्चयलाई आचार अथवा नैतिकता भन्दछन् । यसले न्याय र अन्याय, सत्कार्य र दुष्कार्य, सदाचार र दुराचार आदिको बारेमा मानिसहरूको धारणा प्रतिविम्बित गर्दछ। न्यायिक मर्यादाहरूका विपरीत नैतिक मर्यादा र नियमहरू कानूनको रूपमा लीपिवद्ध हुँदैनन्। जनमत, रीति- रिवाज, चालचलन र शिक्षादीक्षाको शक्तिद्वारा अर्थात् मानिसको आन्तरिक प्रेरणाको शक्तिद्वारा तिनको संरक्षण भैराखेको हुन्छ। तिनले समाजप्रति अन्य मुलुकहरुका जनताहरूप्रति परिवारप्रति तथा अन्य मानिसहरूप्रति मनुष्यको सम्वन्ध निरूपित गर्दछन् ।
मानव समाजको उत्पत्ति भएदेखि नै नैतिकता अस्तित्वमा रहँद आएकोहो। समाजले जहिले पनि आफ्ना सदस्यहरूको सामुन्ने निश्चित मागहरू पेश गर्दै आएको छ । नैतिक मान्यताहरूमा नै यी मागहरुको अभिव्यक्ति हुन्छ। यो मान्यताहरू सर्वकालिक हुँदैनन् । समाजको विकास हुँदै गएअनुसार उत्पादन र मुख्यतया उतत्पादन सम्वन्धहरुमा हुने परिवर्तनको प्रभावमा परेर नैतिक मान्यताहरू पनि बदलिंदै जान्छन् । आदिम सामाजिक व्यवस्थामा समाजका सबै सदस्यहरूको लागि नैतिक मर्यादा एकैनासको थियो। वर्गहरूको उत्पत्तिको साथै नैतिक मर्यादाले कुनै न कुनै वर्गको हितको अभिव्यक्ति गर्न बाल्यो। नैतिकताले बर्गीय चरित्र प्राप्त गन्यो।
शत्रुतापूर्ण वर्गहरुमा विभाजित समाजमा शोषकहरूको नैतिकता र शोषितहरूको नैतिकता, दुवै अस्तित्वमा रहन्छन् र सत्तारूढ़ वर्गकै नैतिकताले मुख्य स्थान लिएको हुन्छ। दासप्रथामा दास-मालिकहरूको नैतिकता प्रभुत्वसम्पन्न हुन्छ, सामन्तवादी समाजमा भूदासहरूका मालिक बनेका सामन्तहरूको नैतिकता र पूँजीवादी समाजमा पूंजीजीवीहरूकै नैतिकता प्रभुत्वसम्पन्न हुन्छ। तिनको अर्को ध्रुव दासहरु, किसानहरू र सर्वहाराहरूका नैतिक मर्यादाहरू र सिद्धान्तहरू रहन्छन् ।
नैतिकता आधेयको एउटा तत्त्व हो। यस हैसियतले नैतिकताले सामाजिक जिवनका सबै पक्षहरूलाई प्रभावित पारेको हुन्छ। श्रम र स्वामित्वप्रति मानिसहरूको सम्बन्धको माध्यमबाट यसले अर्थतन्त्रमा असर पार्दछ। उदाहरणः साम्यवादी नैतिकताले समाजवादी स्वामित्वलाई पवित्र एवम् अक्षुण्ण पोषित गर्दछ र यसरी समाजवादको आर्थिक आधारको संरक्षण गर्दछ। राजनीतिसित पनि नैतिकताको प्रत्यक्ष सम्बन्ध रहन्छ। राज्यको जुनसुकै राजनीतिक कार्यको नैतिक मूल्याङ्कन गरिन्छ अर्थात् समाजका सदस्यहरूको तर्फबाट त्यसको अनुमोदन अथवा विरोध हुन्छ। निस्सन्देह कुनै पनि राजनीतिक कार्यप्रति जनसमुदायको नैतिक अनुमोदन त्यसको सफलताको निम्ति महत्वपुर्ण तथ्य ठहरिन्छ। जस्तै, सोभियत राज्यले अनुसरण गर्दै आएको विश्वशान्तिको नीतिले प्राप्त गरेको सफलताको मुख्य कारण पनि सबै मुलुकहरुका जनताहरू र समस्त प्रगतिशील मानवजातिको तर्फबाट यस नीतिलाई प्राप्त नैतिक समर्थन नै हो।
वर्तमान समयमा समाजमा दुइ परस्परविरोधी नैतिकता - साम्यवादी र बुर्जुवा नैतिकता विद्यमान छन् । यी मध्ये प्रत्येकको सारतत्त्व के हो ? कस्ता सामाजिक लक्ष्यहरूको तिनले पूर्ति गर्दछन् ? बुर्जुवा नैतिकताले साम्राज्यवादी बुर्जुवावर्गको हितको पुर्पक्ष गर्दै सामाजिक विकासमा अति प्रतिक्रियावादी भूमिका खेल्दछ । पूंजीवादको मुख्य आधार - व्यक्तिगत स्वामित्व र शोषणको रक्षा गर्नु नै त्यसको प्रमुख सामाजिक लक्ष्य हो ।
व्यक्तिगत पूँजीवादी स्वामित्वको आधिपत्यले नै बुर्जुवा नैतिकतालाई पनि निरूपित गरेको हुन्छ । यस स्वामित्वले मानिसहरूलाई अलग्याउँछ, उनीहरूलाई पूँजीको पवित्ततम प्रसाद अर्थात् मुनाफाको निम्ति संघर्षमा एक अर्काको शत्रु वा प्रतिस्पर्धी बनाइदिन्छ । मुनाफाको निम्ति होडबाजीमा पूँजीपतिले मानव नैतिकताका सम्पूर्ण मर्यादाहरूलाई कुल्चिदिन्छ । पूँजीपतिलाई आफ्नो वरिपरि बस्ने मानिसहरूको सुखदुःखको, आफ्नो देश र समाजको भाग्यको वास्ता रहँदैन । संसारमा उसको लागि आफ्नो निजी स्वार्थ र हितभन्दा ठूलो अरू कुनै कुरा हुँदैन । कट्टर व्यक्तिवाद नै बुर्जुवा नैतिकताको आधारभूत सिद्धान्त हो । मानिसको निम्ति मानिस नै ब्वाँसो प्रत्येक आफ्नै लागि, एउटा ईश्वर मात्र सबैको लागि यिनै हुन् ती नैतिक सिद्धान्तहरू जसमा पूँजीवादी समाजको नैतिकता आधारित छ । जुन समाजमा व्यक्तिगत स्वामित्वको आधिपत्य छ, जहाँ पैसा नै नैतिकताको सबभन्दा ठूलो मापडण्ड हुन्छ, जहाँ प्रेम र सदाचार, मानव सोमत र इज्जत, सब कुराको क्रयविक्रय हुन्छ, त्यस समाजमा यसभन्दा बेग्लै अकों सिद्धान्त हुनै पनि सक्तैन ।
व्यक्तिवाद, निजी स्वार्थ, शोषणको लालचा, वैरभाव र प्रतिस्पर्धाको भावना नै पूँजीवादी समाजको नैतिकताको सारतत्त्व हो । पूँजीवादी समाजको अस्तित्वको मूल आधार हो ।मानवद्वारा मानवको शोषण। यही एउटै मांत्र तथ्यले पनि यस समाजको नैतिकताको धज्जी उडाउँछ ।।
प्रतिक्रिया