कविता- हामी पशुलाई विभेद र मार्ने किन ?

bimbonline नरेन्द्र देवकोटा प्रशान्त
२०८० माघ १५ ०८:३२ बजे
नरेन्द्र देवकोटा प्रशान्त

जसरी मान्छे मान्छे बिच समान हक गरिएको छ 

पशुपंक्षि बिच बाँच्न पाउने हक गरिदिए हुन्थ्यो

जंगली जनावरलाई झैँ घरपालुवा प्राणीलाई पनि

मार्न, बन्धनमा नराख्न कानून बनाईदिए हुन्थ्यो ।


मान्छेसँग बसेकाले भेडाबाख्राले उन दिइरहे छौँ

खाध्यान्न ओसारेका छौँ दूध, मलमुत्र दिइरहे छौँ

भेडाबाख्रालेझैँ हामी जुनै कुखुरा कुखुरी भालेले

मलमुत्रहरु दिदापनि उल्टै किन काटिरहेका छौँ ?


मान्छेलाई दूध खान दिने हामी भैंसी जातीलाई

खेत जोत्ने र ठेलागाडा बन्ने गोरु राँगालाई पनि

मरिसके पछि पनि छाला मासु हड्डी काम लाग्छौँ

तरपनि किनहोला कुटी कुटी मारिन्छौ, काटिन्छौँ ?


हामी खरायोले नि टोपी स्वीटर बुन्न भुत्ला दिन्छौँ 

नदी खोलाका माछाले मानिसलाई केबिगारेको छौँ

हामी हाँस जातीले पनि जिउँदोमा मलमुत्र दिन्छौँ

मरिसकेपछि प्वाँख दिन्छौ तैपनि किन काटिन्छौँँ ?


ए घरपालुवा पशुपंक्षिहरु  नबुझी हाम्रो ईर्ष्या नगर

जंगली पशुपंक्षि पनि मान्छेबाट लुकिछिपी मारिन्छौँ 

जंगलमा बाघभालु सबैलाई बन्दुक र पासाले मार्छन्

अझैँ बन्दुकले नसके पासाभाला र धरापले मार्छन् ।

 

मान्छे जुनसुकै धर्म रितिरिवाज मान तर म गाईले 

कुनैपनि धर्म मान्नेलाई समान रुपमा दुध दिएकीछु

राष्टले आमा सरहकि मानिएकी राष्ट्रिय जनावर हुँ

संविधान र कानून मान्छौ भने मलाई किन काट्छौ ?


मानिस सम्पुर्ण प्राणी मध्येको बिवेकशील प्राणी हो

चेतना, धर्म र सँस्कृती बुझेको सामाजिक प्राणी हो

सम्पुर्ण जीवको आत्मा हुन्छ आपसमा सहयोगी हुन्छ

सबैप्राणीको आत्मा बुझी आजैदेखि मारकाट छाड ।

                                                                      २०८०\८\२० कोहलपुर बाँके ।



२०८० माघ १५ ०८:३२ बजे

प्रतिक्रिया