धर्म सम्वन्धी माक्सवादी दृष्टिकोण

धर्म विज्ञान र वैज्ञानिक विश्वदृष्टिकोणको कट्टर शत्रु हो। परापुर्व कालदेखि नै चर्चले निर्ममतापूर्वक विज्ञानको घाँटी निमोठ्दै आएको वैज्ञानिकहरूको खेदो खन्दै आएको हो। धर्मले प्रगतिशील विचार प्रचारप्रसारमा प्रतिबन्ध लगाएको थियो

bimbonline भिक्टर आफानास्येभ
२०८० माघ १२ १९:५८ बजे

धर्म वास्तविकताको विकृत र कपोलकल्पित प्रतिविम्ब हो। फेडरिख एंगेल्स लेख्नु भएको छ -कुनै पनि धर्म मानिसहरूको मस्तिष्कमा ती वाह्य शक्तिहरूको कपोलकल्पित प्रतिविम्ब सिवाय अरू केही होइन जसले मानिसहरूको दैनिक जीवनमा उनीहरूमाथि प्रभुत्व जमाएका हुन्छन् । यस्तो प्रतिविम्बमा पार्थिव शक्तिहरूले नै अपार्थिव रूप लिन पुग्दछन्।

माक्सवादका विरोधीहरू धर्म सर्वकालिक हुन्छ र धार्मिक भावना मानिसको प्राकृतिक गुण हो भन्ने कुरा प्रमाणित गर्न खोज्दछन् । वास्तवमा चाहि सामाजिक विकासको निश्चित स्तरमा मात्रै धर्मको उत्पत्ति भएको थियो। प्राकृतिक शक्तिहरूको प्रकोप तथा सामाजिक उत्पीडनले गर्दा मानिसहरुमा पैदा हुन जाने निःसाहेयताको भावना र प्राकृतिक तथा सामाजिक घटनाहरुका वास्तविक कारणहरूको अनभिज्ञता नै धर्मको उत्पत्तिका स्रोतहरू हुन् ।

अलौकिक शक्तिहरूमाथिको आस्था नै धर्मको प्रमुख लक्षण हो। आफु भन्दा शक्तिशाली प्रकृति माथिको निर्भरताले गर्दा मानिसहरू प्राकृतिक शक्तिमा अपार्थिव, अलौकिक गुणहरू हुन्छन् भन्ने कुरामा विश्वास गर्न थाल्दछन र तिनलाई देवीदेवता र प्रेतात्माहरूको, देवदूतहरू र भूतप्रेतहरूको रुप दिन थाल्दछन् । मानिसहरूले आफ्नो अज्ञानताले गर्दा यी कपोलकल्पित शक्तिहरूलाई सन्तुष्ट राख्न सकिएन भने तिनले दुःख-यातना र आपत विपद ल्याउन सक्तछन्, तिनलाई सन्तुष्ट पारियो भने र तिनको पूजाआजा गरियो भने तिनले मानिसहरूलाई मदत समेत गर्नेछन् भन्ने कुरामा विश्वास गर्न थाले । यसैले गर्दा धर्मकर्मको प्रादुर्भाव भयो। पूजापाठ, बलि इत्यादि धार्मिक क्रियाकलापहरूको समष्टिलाई नै धर्मकर्म भन्दछन्। धर्मकर्मको उत्पत्तिको साथसाथै कर्मकाण्डहरू सम्पादन गर्ने व्यक्तिहरू अर्थात् पुरोहित धामीझाँक्री, पादरीहरू र विभिन्न प्रकारका धार्मिक संस्थाहरू एवम् प्रतिष्ठानहरू पनि देखापर्न थाले ।

वर्गहरू र शोषणको उत्पत्तिको साथसाथै सामाजिक शक्तिहरूको प्रकोपको बोझ पनि मानिस माथि थपियो । आदिम मानव प्राकृतिक शक्तिहरूको सामुने जति निरूपाय देखिन्थ्यो त्यसरी नै मानिसहरू सामाजिक शक्तिहरूको समक्ष असक्त थिए। लेनिनले लेख्नुभए मैं जसरी प्रकृतिको विरुद्ध संघर्षमा आदिम मानवको असक्तताले देवीदेवता, भूतप्रेत, चमत्कारहरू इत्यादिमा आस्था जगाउँथ्यो त्यसरी नै शोषकहरूको विरुद्ध संघर्षमा शोषितहरूको अशक्तताले पनि परलौकिक जीवनमा सुखभोगको आस्थालाई अनिवार्य रूपमा जन्माउँछ।

श्रमिकहरुले शोषणमूलक समाजले आफुमाथि लादेका ठुल ठुला दुःख यातना र आपत विपतहरु वाट धर्ममा नै मुक्ति पाउने प्रयास गर्दछन् ।धर्मको सामाजिक भूमिका कस्तो हुन्छ यो भूमिका प्रगतिशील कि प्रतिक्रियावादी भन्ने प्रश्नको उत्तर एक किसिमले दिन सकिदैन। किनभने  वर्गहरू र सामाजिक तब्काहरूले आ-आफ्नो राजनीतिक उद्देश्यपूर्तिको धर्मको प्रयोग गरिरहेका हुन्छन् ।शोषकवर्गध्दारा श्रमीक जनताको वौध्दिक  दमनको लागि हतियारको रुपमा  शोषकबर्गको स्वार्थपुर्तिका लागी स्वार्थपूर्तिको लागि श्रमिक जनतालाई काम गर्न वाध्य गराउने साधनको रूपमा समाजमा शोषकवर्गको आधिपत्य कायम राख्ने साधनकोरुपमा धर्मको प्रयोग हुँदै आएको हो र आज पनि हुँदैछ।

वर्तमान  समयमै पनि प्रतिक्रियावादी शक्तिहरू धर्मबाट फाइदा उठाउने प्रयत्न गर्दैछन । हुन त धर्मका ठेकेदारहरूले नयाँ अवस्थामा कायम ऐतिहासिक अवस्थाको वास्ता नगरी सुख पाउँदैनन्, विश्वशान्तिको निम्ति श्रमिकहरु सँघर्ष राम्ररी बाँच्ने उनीहरूको इच्छाको बेवास्ता गर्न सक्तैनन् । तसर्थ धर्मभिरुकहरु लाई  आफुबाट टाढिन नदिन र आस्तिकहरूको पंक्ति भर्नको निम्ति निश्चित हदसम्म जनहितलाई ध्यानमा राख्न, शान्ति र भौतिक सम्पन्नताको  लागि जन-आकाङ्क्षाको ख्याल राख्न बाध्य भएका छन । तर यसले पनि धर्मको प्रतिक्रियावादी सारत्तत्त्वमा कुनै फरक पार्दैन। पूंजीवादी  अवस्थामा धर्मले प्रायशः मजदूरवर्गको विरुद्ध, समाजवाद र प्रगतिशिल शक्तिका  विरुद्ध संघर्षमा शोषकहरूको साधनकै भूमिका पूरागर्दै आएको छ।

इतिहासमा प्रायशः उही एउटै धर्मले कुन वर्गले त्यस धर्मको अवलम्बन गरेको भन्ने आधारमा समाजमा विभिन्न भूमिका खेल्दै आएको छ। उदाहरणका लागी  जनसमुदायले इस्लाम धर्मलाई प्रतिक्रियावादको विरुद्ध वैचारिक हतियारको रूपमा प्रयोग गर्दै आएका छन् भने प्रतिक्रियावादीहरु,  साम्राज्यवादी शक्तिहरूले उही इस्लाम धर्मलाई प्रगतिशील शक्तिहरुका विरुद्ध संघर्षमा प्रयोग गर्दै आएका छन् ।तसर्थ राजनीतिमा कुनै आन्दोलनले धार्मिक नारा दिने गरेको छ  भन्दैमा  त्यस आन्दोलनमा  भाग लिनेहरू सवैलाई प्रतिक्रियावादी भनिहाल्न मिल्दैन । हाम्रो समयमा  धर्माधिकारीहरूको, आस्तिक जनसमुदायको व्यापक तब्काको प्रतिक्रियावादविरोधी, सामाजिक प्रगतिपक्षीय संघर्षलाई विरल घटना मान्न सकिदैन।  कहिलेकाहिं प्रगतिशील कार्यहरूले धार्मिक रूप लिन पुगेका हुन्छन।यस्तो कुरा विकासोन्मुख  देशहरुमा वढी मात्रामा देखा पर्ने गरेको छ।

माक्र्सवाद-लेनिनवादले प्रतिक्रियावादको विरुद्धको विश्वको क्रान्तिकारी नविकरणका लागी  आस्थिक र नास्तिक सवै श्रमिक जनताको सँयुक्त सँघर्षको  सम्भावना र आवश्यकताम जोड दिन्छ। यसैकारणले विकासन्मुख राष्ट्रहरूका कम्युनिष्ट पार्टीहरुले साम्राज्यवाद र  नवउपनिवेशवादको चालवाजीको विरुद्ध, शान्ति, प्रजातन्त्र र समाजवादको आस्तिक जनसमुदाय संगसंगै मिलेर संघर्ष गर्दै आएको छ। लेनिन भएको थियो, कम्युनिष्टहरूको लागि आकाशमा स्वर्गको अस्तित्व वारे सर्वहारावर्गको मतैक्य भन्दा पृथ्वीमै स्वर्ग बनाउने कुरा बढी महत्वपुर्ण रहेको छ

धर्म विज्ञान र वैज्ञानिक विश्वदृष्टिकोणको कट्टर शत्रु हो। परापुर्व कालदेखि नै चर्चले निर्ममतापूर्वक विज्ञानको घाँटी निमोठ्दै आएको वैज्ञानिकहरूको खेदो खन्दै आएको हो। धर्मले प्रगतिशील विचार प्रचारप्रसारमा प्रतिबन्ध लगाएको थियो, प्रगतिशील दार्शनिकहरुमा पुस्तकहरु नष्ट गरेको थियो। वैज्ञानिकहरुलाई झ्यालखानाहरूमा कोचिदिएको थियो। जिउँदै चितामा जलाइदिए‌को थियो। धार्मिक अदालतको फैसलाअनुसार आफ्नो समयका कैयौं प्रगतिशील मानिसहरु चित्ताको आगोमा भष्म हुनुपरेको थियो। तीमध्ये जोर्डानो ब्रुनो,  ल्युचिलियो भानिनी आदि जस्ता कैयाँ प्रतिभाशाली वैज्ञानिकहरू थिए।

यस्ता सब प्रयासहरू हुँदाहुँदै पनि चर्चले विज्ञानको विकासलाई रोक्न सकेन । भौतिक उत्पादनका आवश्यकताहरूले विज्ञानको विकासमा सशक्त योगदान पुर्याएका थिए। हाम्रो जमानामा वैज्ञानिक उपलब्धिहरुको भूमिका अस्वीकार गर्नु असम्भव छ। तसर्थ धर्माधिकारीहरूले विज्ञान र धर्मको बीचमा मेलमिलाप गराउन खोजिरहेका छन्। वैज्ञानिक सफलताले धर्मको खण्डन गर्दैनन्, बरू पुष्टि नै गर्दछन् भन्ने उनीहरूको भनाइ छ।

यस्ता प्रयासहरू निरर्थक छन्। विज्ञान र धर्मको मेल हुन सक्दैन। विज्ञानले मानिसलाई जगतको बारेमा जगतको विकाससम्बन्धी नियमहरुको बारेमा प्रमाणिक ज्ञान प्रदान गर्दछ। विज्ञानले मानिसलाई प्राकृतिक तथा सामाजिक शक्तिहरूलाई वशमा राख्न र उत्पादनसम्वन्धी क्रियाकलापको संगठन गर्न मदत दिन्छ । धर्मले जगतको सारतत्त्व विकृत रूपमा प्रस्तुत गर्दछ जगतको उल्टो व्याख्या गर्दछ, मनुष्यको विवेक र इच्छाशक्तिलाई बाधा पुर्याउछ  विज्ञानको विजय र प्रगतिबाट मानव आस्था हटाउँछ ।



२०८० माघ १२ १९:५८ बजे

प्रतिक्रिया