ज्ञान प्राप्ति भनेको के हो ?

bimbonline भिक्टर आफानासयेभ कितावको अनुवादक राजेन्द्र मास्के
२०८० माघ ९ २०:२० बजे
द्वन्द्वात्मक भौतिकवादी ज्ञान-सिद्धान्त

जगत पूर्णतया बोधगम्य छ र मानिसको बुध्दिविवेकले भौतिक वास्तविकताको बारेमा सही ज्ञान प्राप्त गर्ने क्षमता राख्दछ। यो कुरा मानवजातीले पाप्त गरेको ठूलो अनुभव, विज्ञान तथा क्रान्तिकारी कार्यका महानतम उपलब्धिहरूको आधारमा द्वन्द्वात्मक भौतिकवादले निरूपित गरेको छ। जगतको ज्ञान-प्राप्तिको प्रक्रिया कस्तो छ र यो प्रक्रिया कसरी चल्दछ गन्ने विषयमा चर्चा गरौं।ु

ज्ञान प्राप्ति भनेको के हो ?ज्ञान-प्राप्ति भनेको मानिसको मगजमा बस्तुगत जगत र त्यसका निमयहरुको क्रियाशील तथा साभिप्राय प्रतिविम्ब हो। मानिसको वरिपरि रहेको बाहय जगत नै ज्ञान-प्राप्तिको स्रोत हो। बाहय जगतले मानिसमाथि असर पार्दछ र मानिसमा त्यसै अनुरूप अनुभूति, अवधारणा र ज्ञान उत्पन्न गर्दछ। मानिसले बन-जङ्गल, खेत, पहाड इत्यादि देख्तछ, घामको न्यानो र प्रकाशको अनुभव गर्दछ, चराचुरुङ्गीको चिर्विर सुन्दछ, फूलको बास्ना अनुभव गर्दछ। मानिसको चेतनाबाहिर अस्तित्वमा रहेका वस्तुहरूले उसमाथि असर नपादों हो त मानिसले तिनको बारेमा केही थाहा पाउने थिएन । मानिसले जगतका वस्तुहरू र घटनाहरूको साधारण ज्ञान मात्र पाउने नभैकन तिनमाथि सक्रियतापूर्वक, व्यावहारिक रूपले असर पनि पार्दछ। यसबारे सविस्तार वर्णन गर्न सकिन्छ ।वस्तुगत जगत, त्यसका वस्तुहरू तथा घटनाहरूलाई हाम्रो ज्ञानको एक मात्र स्रोतको रूपमा मान्यता दिन नै माक्सवादी, द्वन्द्वात्मक भौतिकवादी ज्ञान-सिद्धान्तको आधारभूत पूर्वपीठिका हो।

अध्यात्मवादीहरूले वस्तुगत वास्तविकतालाई हाम्रो ज्ञानको स्रोत मान्दैनन् । अध्यात्मवादी दर्शनमा कुनै व्यक्ति (कर्ता)को चेतना वा अनुभूतिलाई अथवा मानिसबाट बेग्लै अस्तित्वमा रहेको मानिने कुनै रहस्यमय चेतना (परम ब्रम्ह, विश्वात्मा इत्यादि) लाई ज्ञानको विषय ठानिन्छ।

माक्स भन्दा पहिलेका भौतिकवादीहरूले अध्यात्मवाद र धर्म माथि गम्भिर प्रहार गरेका थिए।  यी भौतिकवादीहरूले ज्ञान-प्राप्तिलाई मानिसको मस्तिष्क वाहिरी वस्तुहरुको प्रतिविम्बको रूपमा विचार गरेका थिए । तर ज्ञान-प्राप्तिको क्रियासम्बन्धी उनीहरूको धारणा पनि सङ्कीर्ण नै थियो। उनीहरू अधिभौतिकवादी थिए, त्यसै कारणले ज्ञान-प्राप्तिको प्रक्रिया लाई द्वन्द्ववादको स्थितिबाट बुझ्न असमर्थ थिए । प्रतिविम्बलाई उनीहरूले मानिसको मगजमा वस्तुहरूको निष्क्रिय छाप मात्र ठान्दथे, मगजमा पनि मैनमा जस्तै वस्तुहरूको छाप पर्दछ भन्ने उनीहरूको विचार थियो। मार्क्सभन्दा पहिलेका भौतिकवादीहरूले ज्ञान हासिल गर्ने कर्ता वा मानिसको सक्रियता र क्रियासिलाता लाई ध्यानमा राखेका थिएनन् । यस बाहेक उनीहरूले ज्ञान-प्राप्तिमा अनुभवको भूमिकालाई पनि उचित मूल्याङ्कन गर्न सकेनन् । यसैमा उनीहरुले मुख्य सङ्कीर्णता निहित थियो ।

मार्क्स र एन्गेल्सले ज्ञान-प्राप्तिको प्रक्रियाको समझदारीमा पहिले दार्शनिकहरूको सीमिततालाई हटाउनु भयो र गुणात्मक दृष्टिले नै नयाँ द्वन्द्वात्मक भौतिकवादी ज्ञान-सिद्धान्तको प्रतिपादन गर्नुभयो ।

अनुभव अर्थात् मानिसहरूको भौतिक, उत्पादनसम्बन्धी क्रियाकलापलाई ज्ञान-प्राप्तिको आधार मान्नु नै मार्क्सवादी ज्ञान-सिद्धान्तको मूलभूत विशेषता हो । यसै क्रियाकलापको सिलसिलामा मानिसहरूले वस्तुहरू र घटनाहरु सम्बन्धी ज्ञान प्राप्त गर्दछन् । मार्क्सवादी दर्शनमा अनुभव भनेको ज्ञान-प्राप्तिको प्रक्रियाको आधार र प्रस्थान-बिन्दु मात्र होइन, यो ज्ञानको सत्यता र सहीपनाको कसौटी पनि हो । लेनिनले भन्नु भएको थियो-जीवन र अनुभवको दृष्टिकोण नै ज्ञान-सिद्धान्तको पहिलो र मुख्य दृष्टिकोण हुनुपर्दछ र यसले अनिवार्यतः भौतिकवादमै ल्याउनेछ  ( भ्ला.ई. लेनिन, सङ्कलित रचना संग्रह खण्ड १८ पृ. १४५)

हुन पनि व्यवहारमा अर्थात मानिसहरुको भौतिक उत्पादन सम्वन्धि क्रियाकलापमा नै मानव ज्ञानको सक्रियता र सोद्देश्यता देखापर्दछ । मानिसले एकलै होइन, अरू मानिसहरूसित र सम्पूर्ण समाजसित मिलेर नै व्यवहारको क्रममा जगतमाथि सक्रिय प्रभाव पार्दछ । यसको तात्पर्य हो, ज्ञानको विषय, त्यसको स्रोत भौतिक जगत हो भने ज्ञानको कर्ता, त्यसको बाहक मानव समाज हो । ज्ञानको सामाजिक चरित्रलाई मान्यता दिनु नै माक्सवादी ज्ञान- सिद्धान्तको महत्त्वपूर्ण विशेषता हो।

मार्क्सवादका प्रवर्तकहरूले ज्ञान-प्राप्तिको प्रक्रियाको ध्दन्दात्मकताको उ‌द्घाटन गर्नुभयो । द्वन्द्वात्मक भौतिकवादको दृष्टिकोणअनुसार ज्ञान-प्राप्ति भनेको बोधगम्य वस्तुतर्फ चिन्तनको निकटताको असीम प्रक्रिया हो। अज्ञान बाट ज्ञानतर्फ, अधूरो र अपूर्ण ज्ञानबाट बढी पूर्ण र सम्पूर्ण ज्ञानतर्फ चिन्तन प्रवाहको असीम प्रक्रिया हो । पुराना सिद्धान्तहरूलाई नयाँद्वारा विस्थापित गर्दै, पुराना सिद्धान्तहरूको संशोधन गर्दै ज्ञान अगाडि लम्कन्छ, वास्तविकताका नयाँ नयाँ पक्षहरूको उद्घाटन गर्दछ ।व्यवहार नै ज्ञानको आधार भएको हुनाले व्यवहार भनेको के हो ? ज्ञान-प्राप्तिको प्रक्रियामा त्यसको कस्तो भूमिका रहन्छ भन्ने कुरा प्रष्ट गर्नु आवश्यक हुन्छ ।



२०८० माघ ९ २०:२० बजे

प्रतिक्रिया