डडेल्धुरा। राजा ज्ञानेन्द्र शाहीले अवैधानिक रुपमा सत्ता आफ्नो हातमा लिएको केहि समय पछि स्थानिय निकायको निर्वाचनको घोषण गरे। नगर निर्वाचन २०६२ माघ २६ गतेका लागी तोकेको थियो। २०५९ असोज १९ गते राजाको कु पछि देशमा राजाले आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल वनाएर शासन सत्ता शुरु गरेका थिए। राजाको कु पछि जनमोर्चा नेपाल नेमकिपा नेपाली काग्रेस , सदभावना पार्टी सहितका पाँच पार्टीहरुले विघटित सँसदको पुनस्थापना र प्रतिगमनको अन्त्यको माग गरी देशभरी आन्दोलन सञ्चालन गरेको थियो। नेकपा(एमाले) र नेपाली काग्रेस (प्रजातान्त्र)ले राजाको कदमको तुरुन्त विरोध गरेन र आन्दोलनमा पनि आएन्न। पछि मात्र वाध्य भएर आन्दोलनमा आएका थिए।
राजाले नगर निर्वाचन २०६२ माघ २६ मा गर्ने भन्ने पछि सातदलले त्यो निर्वाचनको वहिष्कार गर्यो। युध्दरथ माओवादीले चुनावमा उठ्नेलाई माथिबाट ६ इन्च घटाउने, भोट खसाल्नेको हात काटिदिने भनि निर्वाचनमा सहभागी नहुने सवै लाई अनुरोध गर्दै वहिष्कार गरेको थियो। सातदल र विद्रोह माओवादीले समेत वहिष्कार गरेको निर्वाचनका जनताको न्युन सहभागितामा वा २० प्रतिशत मात्र मतदान भएर सम्पन्न भएको नौटङ्की राजाले गरेका थिए। राजाको नगर निर्वाचनको घोषणा पछि देशव्यापि सात दलले निर्वाचन वहिष्कारका कार्यक्रमहरु अन्तगत डडेल्धुरा जिल्लामा पनि जनमोर्चा नेपाल , नेपाली काग्रेस , काग्रेस (प्रजातान्त्रिक) र नेकपा(एमाले) समेतका पार्टीहरुले उम्मेदारी दर्ता गर्नु पर्दा अगाडी नै डडेल्धुरा वागवजारमा विशाल मसाल जुलुस गरियो । जुलुसको नेतृत्व जिल्ला स्तरका सवै पार्टीका नेताहरुले सँयुक्तरुपमा गरेका थियौ।
डडेल्धुराको सदरमुकाम वागवजारमा हाम्रो मसाल जुलुस माथि प्रहरीले हस्तक्षेप गरी २०६२ माघ १२ गते पार्टी र विधार्थी नेताहरु लाई गिरफ्तार गरेर लियो। गिरफ्तार गर्दा नेवि सँघकी नेतृ कौशिला भट्टले रौ पनि केटाको जस्तै काटेको र पाइण्ट र सट लगाएको हुदा केटानै हो भन्न ठानी प्रहरीले घकेल्दै लात्ति हान्न थाले पछि हामीले केटी लाई किन पुरुष प्रहरीले हात हालेर लात्ति हान्नेको भन्नि विरोध गरे पछि प्रहरीले उनमाथि गरेको अभद्र व्यवहार रोक्यौ। गिरफ्तार भएका सवै लाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा लिएर गयो। जिल्ला प्रहरी कार्यालयमा जनमोर्चाका अध्यक्ष लाल वहादुर जाग्री , अखिल (एकिकृत)का जिल्ला अध्यक्ष दिल वहादुर ऐर , नेपाली काग्रेसका नेता रामचन्द्र चटौत, नेविसघ अध्यक्ष नवराज मडै, अखिलका अध्यक्ष डम्वर साउद, नेकपा एमाले नेताहरु विक्रम वहादुर शाही, नर वहादुर विष्ट, तारा जोशी , यज्ञराज अवस्थी नेका(प्रजातात्रिक)का नेताहरु रघुविर भट्ट, डिल्लिराज जोशी समेत लाई राजाको स्थानिय निकायको निर्वाचन २०६२ माघ २६ गते रहेको मा डडेल्धुरा सदरमुकाम वागवजारमा स्थानिय निर्वाचन वहिष्कार गरौ भन्ने नाराका साथ २०६२ माघ १२ गते मसाल जुलुस निकाली वहिष्कार सभा गर्न वसपार्क वाट जुलुस भिमदत्त चोकतर्फ आउनेक्रममा रोयल होटल नजिक वाट गिरफतार गरेको थियो। माघ महिना भरी कारागार मा राखी फाल्गुन २ गते जेल मुक्त भएका थियौ। गिरफ्तार गरेका चौविस जना मध्ये कारागार चलान गरेका वाहेक अन्य लाई १३ गते नै रिहाइ गरेको थियो।
डडेल्धुराको किर्मुडे स्थित कारागारमा माओवादीको धम्कीका कारण सुरक्षा दिन नसकेकोले सरकारले पहिले नै त्यहाँ रहेका सवै कैदीवन्दीहरु लाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको विचमा रहेको माटोको गारो र ढुङ्गाले चिनेका सिलेट(पाथर)ले छाएका घरहरु भाडामा लिएर कारागार वनाएका थिए। हामीहरु सवैजना लाई एउटा घरमा र अन्य कैदीवन्दीहरु लाई अर्को घरमा कैद गरे राखेका थिए। मेरो मेडम नोकरीको सिलसिलामा वैतडी महिला विकास कार्यालयमा हुनुहुन्थ्यो। मोवाइलफोन त्यो समयमा नभएको र लेण्ड लाइनका भर पर्नुपर्ने आफु सँग सो पनि नभएको अवस्थामा हामीलाई कारागार चलान गरेको समाचार वि.वि.सी. नेपाली सेवाको साझपख मा मेडमका स्टाफहरुले सुने पछि सोहि राती म लाई कारागार चलाउन गरेको कुरा मेरो मेडमले आफ्ना स्टाप वाट थाहा पाउनु भए छन । भोलीपल्ट विहानै वैतडी अफिस वाट डडेल्धुरा डेरामा पुग्दा साथीहरु चेतवहादुर ओली ,कुशुम भट्ट र रामचन्द्र धिक्तले मेरो कोठा वाट चारवटा प्लाष्टिकका कुर्सि ओड्ने-ओछ्याउने कोठा वाट निकालेर सडकमा ल्याउदै गरेको र वैतडी वाट मेडम वसवाट झरेर सोहि सडकमा पुग्नु सँयोग परे छ । साथीहरु लाई मेडमले सर कहाँ छन भन्दा साथीहरु अक्न वक्क परे छन। केहि वेरको मौनता पछि सवै जना सँगै मलाई भेट्न कारागार शाखा डडेल्धुरामा पुग्नु भएको थियो। सवै सामान म लाई वुझाएर फर्किएका थिए।
जेल भित्र भान्सा र वसाइ साझा थियो। विहान वेलुका खाना वनाउने र भाडा सफा लगायत सवै कामको कार्यविभाजन गरिएको थियो। साझमा खाना रोटी नै खाने गरेको हुदा पिठो मिच्ने रोटी वनाउने काममा म र विक्रम वहादुर शाही नै प्रायः गर्ने गरेका थियो। नेपाली काग्रेसका नेता रामचन्द्र चटौत र नेका प्रजातान्त्रिकका नेता रधुविर भट्ट विच घोचपेच चलि नै रहने गरेको थियो। यि दुवै मध्ये रामचन्द्र चटौत सादकी स्वभावका र रधुविर भट्ट खुल्ला तर सर्वभोगी वानीका थिए। मजाक गर्ने स्वभाव भएकोले मजाक गरिरहेन्थे । मजाक- मजाकमा एक दिन रामचन्द्र चटौत र रधुविर भट्ट विच विवाद भए पछि हामीहरुले दुवै जनालाइ सम्झाउनु पर्ने अवस्था सृजना भयो। त्यो दिन देखि मजाक र घोचपेच नगर्ने सहमति अनुसार नै कारागारको दैनिकी चल्ली रह्यो। विहान उठ्ने ,नास्ता चिया खाने, सरसफाइ गर्ने ,खाना वनाउने खाने, अध्यायन र भेटघाट गर्ने, दिउसो नास्ता खाने ,खेल्ने साझ खाना खाने अध्यायन गर्ने पत्रपत्रिका तथा विविसी समचार सुन्ने पढ्ने, सुत्ने नै हाम्रो दैनिकी रहेको थियो।
केहि साथीहरुले मेनरल वाटरको वोतलमा पानी जस्तै रक्सी मगाएर खादा रहेछन। त्योकुरा केहि दिन पछि मात्र थाहा भयो। खाना खाने वेला मात्र व्यक्तिहरु छुट्टिए पनि भान्सा भने हामीहरुको कहिले पनि छुट्टिएन।एक राती माओवादीले वाहिर ठुलो आवाज आउने गरी वम पट्काएका रहेछन कारागार भित्रका सवै जना भुइ तल्लामा आएर अडेस लगाएर मध्ये रात सम्म वसियौ । जव दोहोरो गोली र वमका आवाज वन्द भयो त्यस पछि मात्र आ-आफ्नो ओछ्यानमा आएर सुत्यौ।
दोस्रो पटक जनआन्दोलनको क्रममा नेपालवन्दको समयमा २०६२ चैत्र २५ गते डडेल्धुरा वागवजार वाट नै म , अखिल एकिकृतको के.स. धन वहादुर पार्टी,नेकपा(एमाले)का गजेन्द्र शाही,यज्ञराज अवस्थी नर वहादुर विष्ट,तारा जोशी,पठान सिह वोहरा,महादेव भट्ट अनिल वि.क.,पदम महरा, डम्वर वहादुर साउद नेका(प्रजातान्तिक)का रधुवर भट्ट,तारक वुढाऐर,हरि प्रशाद भट्ट, हिक्मत वहादुर ऐर मध्ये अधिकाश दोहरियर केहि साथीहरु पहिलो पटक कारागार चलान गरियो। सवै को भान्सा र कोठा भने एउटै रहेको थियो। जनआन्दोलन सफल भए पछि २०६३ साल वैशाख ११ गते मात्र हामीहरु लाई जेल मुक्त भएका थियौ। जेलको दैनिकी पहिले जस्तै चलि रह्यो। उतिवेला गणतन्र आए पछि राम्रो होला भन्ने आशा गरेकोमा दलाल गणतन्रले देशमा भ्रष्टाचार विकृति विसँगति मात्र होइन देशको सार्वभौमिकता र अखण्डाता लाई नै कमजोर वनाएको अहिले अवस्थामा यसको विकल्प जनगणतन्रका लागी पुनः लडाई लड्नु पर्ने अवस्था सृजना भएको छ। देशका दलाल शासक लाइ परास्त गर्ने पुनः आन्दोलनको आधिवेरी सृजना गर्नु को विकल्प छैन।
प्रतिक्रिया