भोली पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन

bimbonline बिम्ब अनलाइन
२०८० पुष २६ १९:५३ बजे

काठमाण्डौ। आजभन्दा लगभग ३०० बर्ष अघि २२ से  २४ से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि स-साना राजा रजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक यिनै महान राजालाई मानिन्छ । उनी राजा भन्दा पनि नेपाल एकिकरणका नेता थिए।

यि राजालाई नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ । हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईन्छ । यस पटक नेपाल सरकारले पृथ्वीनारायण शाहको जन्म दिनमा  सार्वजनिक विदा घोषणा गरेको छ।

विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू-भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो ।

१८ औं र १९औं शताब्दीको अन्तराष्ट्रिय राजनिती हेर्ने हो भने पनि अहिलेका बिशालयकाय बिभिन्न देशहरु त्यसै समयमा एकिकृत भएका देखिन्छन् । स-साना राज्य, शाषक, कबीला अनि समुदायबाट एउटै देशको छानाभित्र सबैलाई ल्याउन यूद्धहरु त्यस बखत बिश्वभरि नै भएका थिए । चीन, जर्मन अनि ईटाली लगायतका देशहरु को पनि एकताका कथाहरु हाम्रो नेपालको भन्दा फरक छैनन् । त्यसैले होला आफ्नो अन्वेषण पुस्तक आधुनिक नेपालमा इतिहासबिद्ध डि आर रेग्मी लेख्नुहुन्छ कि पृथ्वी नारायण शाहको जीतको प्रकृती उतिखेरका वेसेक्सका सम्राटले ससाना ब्रिटिश टापुहरुमा गरेको बिजय भन्दा फरक देखिँदैन भनेर ।

यस हिसाबले बिकास अनि राष्ट्रिय एकतामा संगसगै दौड शुरु गरेको नेपाल, जर्मन, ईटाली अनि चीन लगायतका देश तुलना गर्दा आज नेपाल भने बिकास, समृद्धि अनि सरकारको ठूलो खाडलको सामना गरिरहेको छ ।  अहिले जे जुन नेपाल रहेको छ यो पनि सानो देश होइन यसको सार्वभौमिकता  अखण्डता र स्वाभिमानको रक्षा गर्नु  नयाँ पुस्ताको दायित्व र कर्तव्य रहेको छ।सवै नेपालीहरुले आफ्नो दायित्व र कर्तव्य पुरागर्नु नै राष्टिय एकता दिवशको  महत्व रहने छ।


२०८० पुष २६ १९:५३ बजे

प्रतिक्रिया