बामेसरे देखि
गुरुकुल खोज्दै गरेका एकलब्य
गुरु भेटने बितिकै
दिब्य दिक्षाको सपना सजाउछन
कल्पिन्छन गुरु द्रोणले
अरु शिष्य भन्दा बढी
माया गर्ने छन
बधाई र शुभकामना दिने छन
पुरुषार्थको प्रसंसा गर्नेछन
तर परिस्थिति फरक भयो
पुर्वाग्रह पालेर बसेको
गुरुले दिने शिक्षा
सफा कसरी हुन्थ्यो होला ?
माग्ने दक्षिणामा आग्रह मिसियो
बुढि औला काटियो ।
युगौदेखि देश खोज्दै गरेका
एकलब्य
अन्धो देशको कानो राजा
भएको देशमा रहेछन
जहाँ
जन्मान्ध
धर्मान्ध
सद्दे आँखा भए पनि
देख्नै नसक्ने कर्मान्ध
राज्य सञ्चालक थिए ।
यतिबेला
न्याय,समानता र अधिकार
कुन चरिको नाम हुन गयो।
एकलब्यले जीवनको
उदेश्य धनुर्विद्या बनाएको थियो
रणनीति द्रोणाचार्य गुरु बाउनु थियो
लक्ष सर्बश्रेष्ठ धनुर्धर बन्ने थियो
सत्य त्यो भएन ।
राज्य सत्ता संग छलकपट भयो भने
राज्य पुर्वाग्रही भयो भने
राज्य सत्तामा आसिनहरु
नातागोता ,आफन्त संरक्षणमा लागे भने
भ्रष्टाचारको चुङ्गुलमा फसे भने
सत्यधर्मलाई बन्धक राखे भने
राज्य हुनुको पनि के अर्थ
राज्य सत्ता हो वा गुरु सत्ता
अभिभावक हुनु पर्छ
तर त्यो भएन
एकलब्यको देशमा ।
महान धनुर्धर
विकलाङ्ग भएर बसे
गुरु दक्षिणाका नाममा अस्मिता लुटियो
धनुर्धर वीर का लागि
औला अस्मिता हो ।
हरेक समय,हरेक ठाउँमा
रहेका हुन्छन एकलब्य
हरेक दिन औला काटिन्छ
अवाक रहन्छन
एकलब्य ।
परशुराम १२ जोगबुडा,डडेल्धुरा
प्रतिक्रिया