कविता - मानव हो

bimbonline नारायण योगी
२०८० मंसिर ५ १०:४९ बजे

 

आज   झनपछि झन मानव किन अमानव वन्दै छ।

किन प्राणी भन्दा तल झर्दैछ।

रुपमा झर्दैछ आफै किन रसातल रोज्दैछ।

पीपल हेरौ कति सौम्य छ शितल छ सधै मानिस लाइ अक्सिजन दिइ रहन्छ।।


उठनु पर्ने भो।

उठ्नु पर्ने भो अव जुट्नु पर्ने भो तिमी हामी मिलिजुली।

क्रन्तिको बिगूल फुक्नु पर्ने भो।।


नाना थरी सपना थिए कुन्नि कता हराउन थाले।

नयाँ नौला कुरा थिए त्यसै त्यसै विलाउन थाले।

किन यस्तो हुन थाल्यो कसले हान्यो जाल भ्रष्टाचारी शासन जनता लुट्ने ताल।

वुझ्नु पर्ने भो सवले जान्नु पर्ने भो क्रान्ति विगूल फुकेर लड्नु पर्ने भो  ।।


नगाएकै गीतले किन लट्ठ पाथ्यो हाम्लाई।

न सुनेको नौलो भाका किन राम्रो लाग्थ्यो हाम्लाई।

नहिडेको वाटो हिड्न किन जाँगर चल्थ्यो हाम्लाई।

नचिनेका साथीभाइ किन आफ्ना भन्दा प्यारा हाम्लाई।

जान्नु पर्ने भो सवले मान्नु पर्ने भो क्रान्तीको विगूल फुकेर लड्नु पर्ने भो।।


धिपि धिपि वल्दैछ एउटा ज्योति देव्रे तिर।

कता कता गुन्जदै छन् विद्रोहको ठुलो स्वर।

मेची काली  तराई पहाड उठ्न लाको खवर छ रे ।

भ्रष्टलाइ पाता कस्ने शहर गाउँको सल्लाह छ रे।

फेर्नु पर्ने भो अव कानुन तोड्नु पर्ने भो।

अव फेरि क्रान्तिको विगूल फुक्नु पर्ने भो सवले लड्नु पर्ने भो।।






२०८० मंसिर ५ १०:४९ बजे

प्रतिक्रिया