त्रिपाल म्याट तातो लुगा र अस्थायी आवासको भूकम्प पीडित लाई तत्काल आवश्यक छ- उदय चलाउने (दिपक) स्वयम सेवक टिमका नेता

एकिकृत वस्ती र भूकम्प प्रतिरोधात्मक घर निर्माणको अभियान जाजरकोट र रुकुमा वाट नै थालनी गर्नुपर्छ।

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक २७ ११:२१ बजे

जाजरकोट। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यालय सदस्य एव  स्वयम सेवक टिमको नेतृत्व गरी भूकम्प पीडित क्षेत्र जाजरकोटको राहत तथा उद्दार स्थलमा निरन्तर काम गरी रहनु भएका  कमरेड उदय चलाउने (दिपक) सँग बिम्ब अनलाइनका तर्फ वाट लाल वहादुर जाग्रीले गरेको कुराकानीमा आधारित अन्तवार्ताका  सम्पादीत केहि अँशहरु-

देशका अधिकाँश  भागमा तिहारको समझम चलिरहेको समयमा तपाइहरु भूकम्प पीडितहरुको राहत तथा पुनः स्थापनाको काममा लागी रहनु भएको छ? जाजरकोट र पश्चिम रुकुमका पीडितहरुको अवस्था के-कस्तो छ ?

हामीहरु अहिले जाजरकोटको इलाकामा छौ।  रुकुम क्षेत्रमा तिहार पछि जान्छौ।यहाँ कुनै तिहार छैन वरु शोक ,पिडा,दुःख र विपति छ। मान्छेहरुका मानसिक अवस्था पनि विकेन्द्रित अत्यासित अवस्थामा रहेका छन। जनताको यो विपतको घडिमा पार्टीको तर्फ वाट जनतालाई साहानभुति र सहयोग गर्न तिहारको समयमा हामी पीडित जनताका माझमा नै छौ। अहिले यहाँ भूकम्प पीडितले खुल्ला आकाशमा रात विताउनु परेको छ। चिसो दिन प्रतिदिन वढी रहेको छ। सवै पीडितले त्रिपाल र म्याट सम्म पाएका छैन्न, चिसोका कारण वालवच्चा वृध्द बृध्दा सुत्केरीहरू विरामी परिरहेका छन। धाइतेहरुको नियमित उपचार,सवै पीडितहरु लाइ त्रिपाल म्याट र तातो लुगाको तत्काल  अत्यन्त आवश्यकता रहेको छ। जाजरकोटमा करिव पैतिस हजार घरहरु मध्ये करिव साढे नौ हजार घरहरु वस्न लायक छैनन। भूकम्पले क्षति पर्याएको छ।

तपाइहरु कहिले देखि त्यहाँ हुनुहुन्छ ? के-के काम गरिरहनु भएको छ ? 

हामीहरु भूकम्प गएको एक\दुइ दिन भित्रै यहाँ आएका हौँ। हाम्रो टिमले प्रत्येक दिनको कार्यतालिका वनाएर  काम गरिरहेका छौ। कार्यतालिका अनुसार प्रत्येक दिन विहान ७ वजे देखि ११ वजे सम्म काम, ११ वजे देखी  १ वजे सम्म  खाना र सरसफाइको काम गर्दछौ। १ वजे देखि ५.३० वा ६.०० वजे सम्म निरन्तर काम गरिरहेका छौ। हामी सँग ३० जनाको टोली छ त्यस मध्येमा ५्\७ जनाका मेडिकल टिम पनि पर्छ। पहिलो काम भूकम्प वाट क्षतिग्रस्त घरहरु पन्छाउने, क्षतिग्रस्त घरहरु वाट सामान निकाल्ने , त्यस लाइ भत्काउने, दोस्रो काम सम्भव भएको ठाउँमा घर टहरा निर्माण गर्ने, पाल टाङि दिने, तेस्रो काम  हामी सँगका स्वास्थ्यकर्मी साथीहरुले घाइतेहरुको घर-घरमा गएर घाउँ सफा गर्ने , डृेसिङगर्ने, टाका काट्ने वा लगाउने,चिसो वाट विरामी परेकाहरुको उपचार गर्ने, स्वास्थ्य  सम्वन्धि सरसल्लाह दिने काम गरिरहेका छौ।

वास्तविक स्वयम सेवा गर्नु र  प्रचारका लागी  सेवा गरेको ढोङ गर्नु मा के फरक पाउनु भएको छ ?

नेपालको राजनिति सेलिव्रेटी र मिडियामा स्टन्डवाज गर्ने प्रवृर्ति हावि भएको छ । हामी त्यसै गर्दैनौ। जनता सँग हामीले आफ्नो कार्यतालिका अनुसार करिव दैनिक ८\९ घण्टा काम गरेका छौ। हामी कुनै स्टण्डवाजी गर्न आएका होइनौ ।जनताको वास्तविक सेवा गर्न आएका हौ। हामीहरुको कार्यतालिकाले पनि यो कुरा लाइ पुष्टी गर्दछ होला। हामी जनताको वास्तविक  सेवा  गर्न आएका हौ । यसमा नियत र परिणाम दुवैमा फरक छ। स्टण्डवाज भ्रम छर्ने तरिका हो।

तपाइहरु सँग स्वयम सेवकको टोली  कति जनाको छ ? टोलीको स्वास्थ्य तथा आवासको व्यवस्थापन कसरी गर्नु भएको छ?

 जुन घरका जनताको हामीले स्वयम सेवा गर्दछौ उनिहरु सँग नै हामी वस्ने खाने सुत्ने गरेका छौ। हामीहरुको टिमको जनताको भन्दा फरक र विशेष वसाइ र खानपिन छैन।जनता सगै हामीहरु पनि छौ। कतिपय अवस्थामा जनता सँगै खुल्ला आकाशमा  पनि रात विताउनु पर्ने अवस्था आउनु सक्छ  त्यसका लागी  पनि हामी तयारी अवस्थामा नै रहेका छौ।

राजनितिक आस्थाका आधारमा राहत तथा पुनः स्थापनामा विभेद भएको भन्ने छ? वास्तविकता के हो?

 यहाँ एकध्दार प्रणाली भनेपनि त्यो लागु भएको छैन।राजनितिक पहुँच र सम्वन्धका आधारमा कतिपय ठाउँमा आवश्यकता भन्दा वढी राहत सामग्री गएको छ ।भन्ने कतिपय ठाउँमा राहतका सामाग्री पुगेका छैन्न। यस सम्वन्धमा सम्वन्धि निकाय लाइ यस्तो कार्य तत्काल रोक्न र पहुँच , सम्वन्धका आधारमा होइन की आवश्यकताका आधारमा राहत र पुनः स्थापना गर्न भनिएको छ। पहुँच र सम्वन्धका आधारमा यस्तो अधिकाश ठाउँमा भएको छ।

भूकम्प पीडितको अस्थायी तथा स्थायी आवासका लागी सरकारले के कस्तो योजना तथा कार्यक्रम गर्नु पर्ला?

नेपालको भु- उपयोग नितिका वारे छलफल गर्न आवश्यक छ। नेपाल हिमाल पहाड भित्रमदेश र तराइको भु- भाग मिलेर वनेको देश हो। नेपालका हिमाली र पहाडी क्षेत्र जो भूकम्पको उच्च जोखिममा रहेका ठाउँहरुमा वनेका परम्परागत घरहरु( ढुङ्गा माटो र सिलेट)ले वनेका घरहरु लाई विस्थापित नगर्ने हो भन्ने जाजरकोटमा अहिले आएको भूकम्प सरह वा सो भन्दा उच्च स्तरको भूकम्प अन्य ठाउँमा आउदा  अकल्पनिय  मानविय र भौतिक क्षति हुन सक्छ। त्यस वाट जोगिन सरकारले अहिले देखि एकिकृत एव भूकम्प प्रतिरोधात्मक वस्ति वसाल्ने निति र कार्यक्रमा ल्याउनु पर्छ। जाजरकोट र रुकुमको हकमा अहिले नै शुरु गरौ। जाजरकोटमा  करिव पैतिस देखि चालिस हजार घरहरु छन। पाँच-पाँच सय घरहरुको एकिकृत वस्ती वसालौ। जहाँ जनताका आधारभुत आवश्यकताहरु सरकारले उपलव्ध गराउने छ। यस्तो वस्तीमा कम खर्चमा धेरै सेवा सुविधा जनता लाइ सरकारले पुर्याउन सकिन्छ। एकिकृत वस्ति र भूकम्प प्रतिरोधात्मक घरहरु निर्माणको अभियान सञ्चालन गरेन भने भूकम्प आउदै गर्ने जनताले मानविय र भौतिक क्षति व्यहोदै जाने अनन्त श्रृखला चल्दै जान्छ । त्यसकारण एकृकित वस्ती र भूकम्प प्रतिरोधात्मक घर निर्माणको अभियान जाजरकोट र रुकुमा वाट नै थालनी गर्नुपर्छ। 

राहत तथा पुनःस्थापनाका क्षेत्रमा काम गर्नेहरु विच समन्वय तथा तालमेल के कस्तो छ?

सामान्यरुपमा तालमेल भए पनि राहत सामाग्रीको विवरण प्रमुख जिल्ला अधिकारी लाई दिने तर राहतका सामाग्री आ-आफ्नो हिसावले वितरण गर्ने गरेका छन।यसले कतै राहत सामाग्री नपुग्ने कतै दोहर्याइ तेहर्याइ पुग्ने गरेको छ। यस लाइ एकिकृत प्रणाली मार्फत वितरण गरिनु पर्छ।

तपाइको अरु केहि भन्नु छ की ? 

तत्काल चिसो वढीरहेकोले वालवालिका वृध्द वृध्दा लाइ राहत उपचार,अस्थायी आवास निर्माण र दिर्धकालका लागी एकिकृत वस्ती निमार्ण गर्न वैज्ञानिक निति र कार्यक्रम हुनु  आवश्यक छ ।  बिम्ब अनलाइन लाइ धन्यवाद।


२०८० कात्तिक २७ ११:२१ बजे

प्रतिक्रिया