प्राथमिकता एयरपोर्ट भन्दा कर्णाली राजमार्ग

bimbonline नरेन्द्र देवकोटा
२०८० कात्तिक २१ १९:१८ बजे

नेपालगञ्ज। चन्दननाथ नगरपालिका वडा न.१ स्थित तलिचौर र आचार्यबाडा तथा कालेखोलि बिच पर्ने जुम्ला फुलपातीचौर बिमानस्थलको धावनमार्गको बिस्तार र ईन्धन डिपोको स्थापना गर्न डि. पि. आर. गर्नेकुरा अघि बढेको कुराले जुम्लीबासी खुसि नै भएका छन् ।

डिपिआर अनुसार जग्गा खरिद गर्नु पर्ने भएकोले यसका लागि सिमित बजेट नपुग हुने भई थप बजेटको माग सहित जग्गा कित्ता काट समेत गर्न नागरिक उड्ड्ययन प्राधिकरण एवं नेपाल आयल निगमको सँयुक्त टिम सहित माननीय कान्तिका सेजुवाल, जुम्ला जिल्लाका समन्वय समितिका प्रमुख श्री गौरिनन्द आचार्य चन्दननाथ नगरपालिका प्रमुख राजुसिँह कठायत प्र. जि. अ. तथा पत्रकारहरु समेतबाट जुम्ला बिमानस्थलको अनुगमन कार्य भएको छ ।

अनुगमन पश्चात बजेट माग गर्ने समेत निर्णय भएको खवर माननिय कान्तिका सेजुवाल  र समन्वय प्रमुखज्यूले पोष्ट गरेको सामाजिक सञ्जाल फेसबुकबाट थाहा हुन आएबाट सो कार्यले जुम्ला जिल्लाबासि  अत्यन्तै हर्षित हुनुपर्छ र भएका पनि छन् ।  बजेट थप, पेट्रोल डिपो स्थापना र जग्गा कित्ताकाटको कार्यले सफलता पाई चाँडै बिमानस्थल बिस्तारको कार्य शुरुवात भई सफलता हासिल गरोस् भन्ने शुभकामना समेत ब्यक्त गर्दछु ।

बिकासका विभिन्न चरणमा हवाई मार्गको बिस्तारपनि आधुनिक युगमा नभइ नहुने आवश्यकता हो । यस बाहेक बास्तवमा सर्वसाधारणलाई दैनिक जीवनमा आवश्यक भनेको ब्यवस्थित सडक अर्थात राजमार्ग  नै हो । ब्यवस्थित सडक, फराकिलो, चौडा, गुणस्तरीय सडक निर्माण गर्न तर्फ  कर्णाली प्रदेशका दशवटै जिल्लाले आफ्ना प्यारा जनताको लागि सडकमा ध्यान दिनुका साथै कार्यप्रारम्भ गर्नु जरुरी छ ।

सर्वसाधारण सबै जनताको प्लेन चढ्ने हैसियत कहाँ बनि सकेको छ र ? हुनेखानेले प्लेन चढ्ने गरेका छन् । सर्वसाधारण र गरिवले प्लेन चढ्ने भनेको मर्नु भन्दा बहुलाउनु जाती भनेरै प्लेन चढ्दछन्   ।   जुम्ला जरिबुटी, जलसम्पदाको धनी प्राकृतिक शुन्दरताले भरिपूर्ण नदी ताल,तलाउ, कुण्ड, झरना, गुफा, थुम्का लगायत भाषा एवं धार्मिक साँस्कृतिक  ऐतिहासिक बिषयले समेत धनी भएपनि उत्पादन योग्य जमिन नहुनु , उधोग रोजगार कलकारखाना नहुनु, जिविको पार्जनका लागि बिकल्प नभई बिदेशमा कामदारका लागि जान बाध्य हुनु, कम्ति पिडादायी कुरा छैनन् ।

घरपरिवार यसरी टाढाटाढा भएर बाँचिरहेका छन्।  यो देशको लागि लज्जास्पद कुरा हो । शोभनिय कुरा होइन ।कामदारको रुपमा जानू पर्ने बाध्यताले शैक्षिक गुणस्तर खस्किन थालेको बिध्यार्थिले उच्च शिक्षा हासिल गर्न मन नलगाउनु । मल बिउबिजन सवैमा बिदेशकै भरमा पर्नुपर्ने बाध्यताले मानिसहरु कसरी बाँच्ने भन्ने कुरामा यता न उताका भएका छन् । संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले यसतर्फ सोच्नु पर्ने हुन्छ । यी सरकारको काम गराईबाट जनता कति खुसि भएका छन् भन्ने कुरा यी सरकारहरुलाई थाहा भैसकेको छ ।

समग्रमा तिनै सरकारसँग  तत्कालीन कर्णाली अंचलका पाँच जिल्ला लगायत सुर्खेत, दैलेख,जाजरकोट सल्यान र पश्चिम रुकुमले नेपालगन्ज देखि सुर्खेत, सुर्खेत देखि दैलेख- कालीकोट  जुम्ला ।यसैगरी जुम्ला- मुगु, जुम्ला देखि डोल्पा, डोल्पा देखि जाजरकोट  जाजरकोट देखि पश्चिम रुकुम, पश्चिम रुकुम देखि  सल्यान , सल्यान देखि छिन्चु र जाजरकोट देखि छिन्चु सम्मको भरपर्दो र बिश्वसनिय राजमार्ग तथा सडक बनाउन सके बाहिरि जिल्लामा बसाईसराई गर्न नपर्ने र आफ्नै जग्गा जमिन उर्वर हुने ,आफ्नै  ठाउँमा रोजगारी सृजना हुने भएकोले गुणस्तरीय राजमार्ग तथा सडक निर्माण गर्न तर्फ पहल गर्नसबै माननीय साँसद राजनीतिक पार्टी , भातृ सँगठन , पत्रकार वकिल ईन्जिनियर बिभिन्न पेशाकर्मीहरु लागि पर्नुपर्ने अहिले आवश्यकता हो।



२०८० कात्तिक २१ १९:१८ बजे

प्रतिक्रिया