देशको लागि लड्ने आतङ्कवादी नभइ, देशभक्त हुन

प्यालेस्टाइनी जनता, रसिया, नाइजर, माली, बुर्किनाफासो, निकारागुवा, भेनेजुयला, क्युवाली, कोरियाली जनता साम्राज्यवादीहरूको पञ्जाबाट देशलाई मुक्त गर्न लडिरहेका छन् ।

bimbonline सिम्रिक
२०८० कात्तिक ३ ०९:२८ बजे

भक्तपुर।असोज २० गते शनिबार प्यालेस्टाइनी लडाकु विद्रोही समूह हमासको अचानकको रकेट आक्रमणमा परी इजरायलमा पढ्न गइराखेका १० नेपाली विद्यार्थीको मृत्यु भएको दुःखद समाचार फैलियो । नेपालबाट करिब ४५ जना विद्यार्थी एक महिनाअगाडि सुदूरपश्चिम विश्वविद्यालय कृषि सङ्कायमा अध्ययन गरी ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल पुगेका थिए । उनीहरू अधिकांश टीकापुर बहुमुखी क्याम्पसका विद्यार्थीहरू थिए । इजरायलमा काम गर्ने मान्छे नहुँदा सस्तो कामदार आपूर्ति गर्न विभिन्न देशबाट युवा विद्यार्थीहरू त्यहाँ पुगेका थिए । त्यसरी विदेशीको हित र विकासको लागि ज्यानको जोखिम हुने गरी पढाइ र राम्रो रोजगारीको नाममा नेपाली युवा विद्यार्थीहरू विदेश पठाउने दलाल र कम्पनीलाई जेल हाल्नु आवश्यक छ । यसका मुख्य दोषी शासक दल र सरकार हुन् । मृत्यु भएका र ज्यान हत्केलामा राखेर रुवावासी गरिरहेका विद्यार्थीहरूलाई तत्काल उद्धार गर्नुको सट्टा मृतक विद्यार्थीका परिवारको सहानुभूति लिन प्रतिपरिवारलाई रु १०÷१० लाख सहयोगको घोषणा गर्न सरकार पछि परेन ।

यो सरकारको गलत निर्णयको सबैबाट विरोध भइरहेको छ । यसको अर्थ पीडित परिवारलाई राहत नदिनु भन्ने होइन । विगतमा त्यस्तो पैसा सहिद घाइते परिवारले पाएन, बिचैमा गायव पारेको र भ्रष्टाचार गरेको सञ्चारमाध्यममा आएको थियो । त्यसको चौतर्फी विरोध भएको थियो । बरु त्यस्तो पैसाले उनीहरूको भावना र मर्मबमोजिम शिक्षालय, अस्पताल खोलिदिएको भए जाती हुन्थ्यो तर त्यसो भएन ।

विगत ७०–८० वर्षदेखि यहुदीहरूद्वारा बलजफ्ती लुटिएको त्यालेस्टाइनी भूमि फिर्ता लिन इजरायलसँग प्यालेस्टाइनी जनताले लड्दै आएका छन् ।इजरायलका यहुदीहरूले बल प्रयोग गरेर जबरजस्ती कब्जा गरेको प्यालेस्टाइनी भूमि फिर्ता लिन र प्यालेस्टाइनको मुक्तिको लागि लडिरहेका प्यालेस्टिाइनी लडाकु जनतालाई आतङ्ककारीको आरोप लगाइएको छ । वास्तवमा प्यालेस्टाइन कब्जा गर्नेहरू बेलायती अमेरिकी साम्राज्यवाद तथा पश्चिमी साम्राज्यवादका दलालहरू थिए । देशको लागि लड्ने प्यालेस्टाइनी जनता आतङ्कवादी होइनन्, देशभक्त हुन् । उनीहरूले आफ्नो देश मातृभूमि प्राप्त गर्न विगत ७०–८० वर्षदेखि जीवनमरणको लडाइँ गर्दै आएको विश्वका जनतालाई थाहा भएकै कुरा हो । संरा अमेरिकालगायत पश्चिमी साम्राज्यवादी देशहरूले प्यालेस्टिाइनी भूमि कब्जा गर्ने, प्यालेस्टाइनी जनताको नरसंहार गर्न हतियार, डलर र सेना इजरायललाई सहयोग गर्न पठाएका थिए र छन् । द्वन्द्वलाई वार्तामार्फत समाधान गर्नुको सट्टा, द्वन्द्व भएको भोलिपल्ट नै अमेरिकाले सैनिक लडाकु पन्डुबीलगायत हतियार इजरायलको सहयोगमा पठाउने घोषणा गर्यो । त्यसो त हिजो अमेरिकी जनताले आफ्नो देश अमेरिकाको स्वतन्त्र मुक्तिको लागि बेलायतलगायत पश्चिमी साम्राज्यवादी देशहरूविरुद्ध लडेका थिए । अमेरिकी जनताको सङ्घर्षले युरोपेली साम्राज्यवादी देशबाट अमेरिकालाई मुक्त गरेको थियो । त्यसबेला अमेरिकी लडाकु जनता ती साम्राज्यवादीहरूका लागि थिए आतङ्कवादी होलान् तर अमेरिका र अमेरिकी जनताको लागि ती लडाकु जनता देशभक्त थिए ।

आज अमेरिकी साम्राज्यवाद र पश्चिमी साम्राज्यवादको विरुद्ध एसिया, अफ्रिका, ल्याटिन अमेरिकालगायतका विश्वका जनता मातृभूमिको मुक्ति र स्वतन्त्रताको लागि लड्दै छन् । ती लडाकु जनता साम्राज्यवादीहरूको लागि आतङ्ककारी होलान् तर विश्वका जनताको लागि उनीहरू देशभक्त र नायक हुन् । उनीहरूको लागि माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओ, किम इल सङ, होचिमिन्ह, फिडेल क्यास्ट्रो, चेग्वेभारा, एयन्डे, क्रिस हनी, नेल्सन मन्डेला, प्याट्रिस लुमुम्बा, रबर्ट गाब्रियल मुगाबे, यासेर अराफात, सद्दाम हुसेन, कर्णेल गद्दाफी, भगत सिंह आदि आतङ्कवादी थिए । तर, विश्वका जनताका लागि भने उनीहरू देशभक्त, मुक्तिदाता र नामक थिए । उनीहरू साम्राज्यवाद, उपनिवेशवाद र विस्तारवादको विरोधमा जनताको मुक्तिको निम्ति लडेका थिए ।

अमेरिकी साम्राज्यवाद विश्व आतङ्कवादका नाइके हो । आजसम्ममा अमेरिकी साम्राज्यवादलगायत पश्चिमी साम्राज्यवादीहरूले विश्वका ५०÷६० वटा देशमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न भई ‘कू’ (सैनिक विद्रोह) गराएर, आतङ्क मच्चाएर सत्ता हत्याएका छन् । उसले आतङ्कवादीको नाममा त्यहाँका देशभक्त नेता र करोडौँ जनताको हत्या गरेको छ रुस, कोरिया, युगोस्लाभिया, प्यालेस्टाइन, सुडानलगायत ५÷६ वटा देशलाई टुक्राइदिएको छ उसले विश्वका सात सत्न्दा बढी ठाउँमा सैनिक क्याम्प खडा गरेर नौ सत्न्दा बढी ठाउँमा सैनिक उपस्थिति गराएर विश्वमा आतङ्क मच्चाइरहेको छ ।

जहाँनियाँ अत्याचारी राणा शासनमा गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द राणाहरूका लागि आतङ्कवादी थिए । निरङ्कुश पञ्चायती शासनको बेलामा नेमकिपा, काङ्ग्रेस, एमाले, माओवादी, जनमोर्चा आदि राजा र पञ्चहरूका लागि विरोधी थिए ।

अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद मिलेर नेपालमा एमसीसी सम्झौता र नागरिकता विधेयक पास गरियो । साम्राज्यवादीहरूले इजरायललाई मध्य एसियाको चेसको सिपाहीँ र घोडा बनाएजस्तै नेपाललाई पनि दक्षिण एसिया, हिन्द प्रशान्त क्षेत्रको चेसको सिपाहीँ र घोडा बनाउने प्रयास गर्दै छन् । बेलायती साम्राज्यवादलाई नेपालमा पाइला टेक्न नदिन जीवन बलिदान दिएर लडेका भीमसेन थापा, भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवरजस्ता वीर योद्धाहरू अङ्ग्रेजका लागि आतङ्कवादी थिए । त्यसैले अङ्ग्रेजलाई एसियाबाटै भगाउन खोज्ने, लखेट्न खोज्ने भीमसेन थापाको टाउको काटेर बेलायत लगेको सुनिन्छ ।

सेना, हतियार, पैसा पठाएर विश्वमा उपनिवेश र साम्राज्य फैलाएर दमन र नरसंहार गर्ने तथा प्राकृतिक महत्वपूर्ण सम्पदा कब्जा गर्नेविरुद्ध लड्न विश्वका जनता लड्दै छन् । प्यालेस्टाइनी जनता, रसिया, नाइजर, माली, बुर्किनाफासो, निकारागुवा, भेनेजुयला, क्युवाली, कोरियाली जनता साम्राज्यवादीहरूको पञ्जाबाट देशलाई मुक्त गर्न लडिरहेका छन् । विश्वलाई आतङ्कवादी बन्न बाध्य पार्ने अमेरिकी साम्राज्यवाद झन् विश्वका आतङ्कवादका जन्मदाता र नाइके हो ।

पहिलो विश्वयुद्ध (सन् १९१४–१९१८) को उत्तर्राद्धमा सन् १९१७ मा बेलायतले यहुदीहरूलाई प्यालेस्टाइनी क्षेत्रमा बस्न प्रेरित गर्यो । सन् १९३९–१९४५ को दोस्रो विश्वयुद्धमा जर्मनीमा हिटलरको नाजीवादी इटालीको फासीवादी अत्याचार र आक्रमणको कारण यहुदीहरूको बसोबास प्यालेस्टाइनमा ह्वात्तै बढ्यो । हिटलरको अत्याचार र आक्रमणबाट विस्थापित भई युरोपका विभिन्न देशमा आएर बसेका यहुदीहरूलाई उनीहरूको एउटा देश बनाइदिने नीतिअनुसार बेलायतले त्यहाँ बस्न पठाएको थियो । त्यसको लागि रैथाने अरबी, प्यालेस्टाइनी जनतासँग सोध्नुपर्ने आवश्यकता बेलायतले ठानेन । यो प्यालेस्टाइनी जनतालाई स्वीकार्य हुने कुरै भएन । अमेरिकी, बेलायतीलगायतका साम्राज्यवादीहरूको सहयोगमा प्यालेस्टाइनी भूमि लुट्न इजरायली कदमको विरोधमा उत्रेका प्यालेस्टाइनीहरूको इजरायलले आमहत्या गर्यो, नरसंहार गर्यो । आज पनि गाजा क्षेत्रमा इजरायलले लडाकु विमानबाट बम, गोला बारुद गरेर विद्युत्, खाद्यान्न, पानी आदि नाकाबन्दी गरेर पुनः प्यालेस्टाइनी जनताको नरसंहार गर्दै छन् । यसको विरोधमा लड्न र बलजफ्ती लुटेको प्यालेस्टाइनी भूमि फिर्ता लिन, प्यालेस्टाइनको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न प्यालेस्टाइनी जनताले गर्ने सङ्घर्ष र लडाइँँलाई व्यवस्थित र सशक्त बनाउन सन् १९६४ मा प्यालेस्टाइनमा प्यालेस्टाइनी मुक्ति सङ्गठन (Palestine Liberation Organization – PLO)  गठन भएको थियो । त्यसको मुख्य नेता यासेर अराफात थिए । उनको नेतृत्वमा प्यालेस्टाइनी भूमि फिर्ता लिन र मुक्त गर्न प्यालेस्टाइनी लडाकु जनताले विभिन्न आन्दोलन छेडेका थिए ।

साम्राज्यवादीहरू फूटको बीउ रोपेर जाने गर्थे चाहे धर्म, जात र क्षेत्रको नाममा होस् चाहे लिङ्ग, भाषा, रङ्ग, प्रजातन्त्र, मानव अधिकार आदिको नाममा । हाम्रो अगाडि छिमेकी देश भारतको उदाहरण छ । दुई सय वर्षसम्म भारतमा उपनिवेश जमाई राज गरेको बेलायती साम्राज्यवादले भारतीय जनताको सङ्घर्षको कारण बाध्य भएर हट्नु परेपछि त्यहाँ धर्म, जात, भाषा, धर्मको विभेदको बीउ रोपेर गएको थियो । भारत आजसम्म त्यसैको सिकार भइरहेको हामी देख्छौँ । त्यस्तै प्यालेस्टाइनमा पनि साम्राज्यवादीहरूले आफ्नो ज्यावल संयुक्त राष्ट्र सङ्घमार्फत प्यालेस्टाइनलाई गाजा क्षेत्र, पश्चिम किनारा क्षेत्र र इजरायलमा विभाजन गरिदिए त्यो त्यहाँका जनतालाई स्वीकार्य हुने कुरै भएन ।

प्यालेस्टाइनी भूमि मुक्तिको लागि लड्दै आएका विभिन्न प्यालेस्टाइनी मुक्ति मोर्चामध्ये हमास पनि एक हो । यो हमासको आक्रमण प्यालेस्टाइन र त्यहाँका जनतामाथि गरिएको इजरायलको अत्याचारको बदलाको आक्रोश हो । यहुदी र इजरायललाई प्यालेस्टाइनबाट भगाउन नसकेसम्म, लखेट्न नसकेसम्म सङ्घर्ष वा लडाइँँ निरन्तर भइरहने घोषणा प्यालेस्टाइनी जनताले बेला बेलामा गर्दै आएका थिए । जबसम्म प्यालेस्टाइनी जनताको स्वाधीन तथा सार्वभौम राज्य प्राप्त हुँदैन तबसम्म प्यालेस्टाइनी जनता लडिरहने छन् । इजरायल र प्यालेस्टाइन द्वन्द्वको कारक भनेको अरूलाई हतियार बेचेर नाफा कमाउने, नरसंहार गर्न उक्साउने अमेरिकी साम्राज्यवाद र बेलायती साम्राज्यवाद हुन् । यसको विश्वभरका जनताले विरोध एवम् भत्र्सना गरिरहेका छन् । त्यसैले, देशलाई जोगाउनु आवश्यक छ । देशको मुक्ति र स्वतन्त्रताको लागि लड्ने जनता आतङ्कवादी होइन देशभक्त हुन् । यसलाई सबैले मनन गर्नु, साथ र सर्मथन दिनु आवश्यक छ ।



२०८० कात्तिक ३ ०९:२८ बजे

प्रतिक्रिया