चर्चित तस्वीरको हराएको परिचय ........

राज्यको विभेदपुर्ण निति,चरम दमनको षड्यन्त्र र वर्गीय असमनतालाई चिर्दै एकदिन मुलुकमा जनताको सुनौलो व्यवस्था ल्याउने शुसिलाको एकमात्र सपना थियो

bimbonline बिम्ब अनलाइन
२०८० भदौ ३१ १९:३४ बजे

नवलपरासी।काधमा इन्सास राइफल,पिठ्युमा झोला अनि काखमा बच्चाको माओबादी दशवर्षे जनयुद्वभित्रको यो निकै चर्चित तस्वीर हो। रुकुमकी शुसिला घर्ति मगरको जसले १५ वर्षकै कलिलो उमेरमा समाज रुपान्तरणको सपना देख्दै माओबादी बनेर भुमिगत बनिन्।तत्कालिन माओबादीद्वारा आधार इलाका मानिएको रुकुमको अति दुर्गम गाउँमा जन्मिएकी शुसिला अत्यन्तै गरिव र अशिक्षित परिवारमा हुर्किएकी हुन्।२०५२ साल फाल्गुन १ गत्तेदेखि रोल्पा रुकुमका तिनै दुर्गम बस्तीहरुबाट माओबादीले सशस्त्र जनयुद्वको संखघोष गर्यो।त्यसकारण पनि राज्यले निकै क्रुर दमनको नीति अपनायो ति लाचार रोल्पा रुकुमका बस्तिहरुमा माओबादीको आरोपमा दैनिक हत्या,कुटपिट,गिरफ्तारी, बलात्कारका असह्य पिडाहरु सहिरहे तिनै दुर्गम बस्तिका सोझा नागरिकहरुले।

शुसिला पन्ध्र वर्ष पुग्दा जन्मदिने आमाले सधैका लागि छाडेर जानुभयो।आमा गुमाएर पिडामा छट्पटाइरहेकी शुसिलाको जिन्दगीमा फेरि अर्को बज्रपात आइपर्यो।आमाको काजक्रियामा बसेकै १० दिनमा उनको गाउँमा राज्यले सैन्य अपरेसन चलायो।माओबादीहरुलाई गोलि ठोक्न आएका तत्कालिन शाहि सेनाहरुले शुसिलाको परिवारलाई एक्कासि घेरावन्दिमा पारे।सोधपुछको बाहनामा शुसिलाकी भाउजुलाई आगनकै छेउमै लगेर माओबादी होस् भन्दै गोलि ठोकियो।जतिबेला शुसिलाकी भाउजु मात्र दुई महिनाकी सुत्केरी थिइन्।त्यसपछि घरपरिवारका सबै सदस्यहरुलाई निर्ममतापुर्वक कुटपिट गरियो।काजक्रियामा बसेको शुसिलाको घरको आगन एकै क्षणमा रगतले भिज्यो।बन्दुकको कुन्दाले बेस्सरी छातिमा हान्दा शुसिला पनि अचेत अवस्थामा पुगि  र सिङ्गो गाउँ बारुदको गन्धमा रुमलियो।

आमा गुमाएको १० दिनमै आफ्नी सुत्केरी भाउजुलाई आखाँकै अगाडी निर्ममतापुर्वक हत्या गरेको देखिसकेपछि शुसिला‌को मनमा राज्यप्रतिको आक्रोश र बदलाभाव सिर्जना भयो।अनाहकमा भाउजुले बगाएको रगतको मुल्य खोज्न उनि माओबादी बन्ने कठोर निर्णय गरिन्।त्यसपछि घरपरिवार,पढाई अनी आफ्ना कलिला इच्छा आकंक्षाहरुलाई त्याग्दै शुसिला माओबादी कहाँ छन् भनेर आफैले खोज्दैखोज्दै माओबादीहरुलाई भेटेर उनी भुमिगत बनिन्।

मुक्ति या मृत्युका कहालिलाग्दा यात्राहरु - स्कुलकै ड्रेसमा माओबादी बन्न गएकी शुसिलालाई शुरुमा माओबादीहरुले कलाकार संगठनमा रहन निर्देशन दिए ।इमान्दार तर बिद्रोहि स्वभावकी शुसिलाले सैन्य फाँटमा जाने जिद्दि गरिन् पार्टीमा सानै उमेर भयकाले पनि माओबादीका नेताहरु उनलाई सेनामा नजान सुझाव दिए तर कसैको लागेन उनि आफ्नै इच्छाले सिधै जनमुक्ति सेनाको फर्मेशनमा जोडिन पुगिन्।

त्यसपछि सुरु भयो भुमिगत जिबनका कहालिलाग्दा दिनहरु।बिहानदेखि बेलुकिसम्म रुकुमका अनकण्टार जंगलमा तालिम गर्नु पर्थ्यो।खाजा नास्तामा चिउरा चाऊचाऊको विकल्प हुने थिएन।कहिलेकाहि गाउँमा पुगेर रातभरि जनताहरुको माझमा विविध कार्यक्रमहरु गर्नुपर्ने अनि हरेक क्षण राज्यको सुरक्षा चुनौती खेप्नुपर्ने।शुसिला सानै भयकाले पनि आफु बराबरको बन्दुक बोक्न सुरुवाति दिनहरुमा निकै कठिन भयो।अनेक परिस्थितिसंग चरम संघर्ष गर्दा घरपरिवारको निकै याद आउने गर्थ्यो उनलाई कहिलेकाहि पार्टीको संचार संयन्त्र मार्फत घरमा चिठि लेख्ने गर्थिन्।

भुमिगत भयको केहि महिनामा उनको कार्यक्षेत्र रोल्पा पर्यो।कयौ दिनहरु उनि भोकभोकै बसिन्,कयौ जंगल र पहाडका यात्राहरु उनले खालि खुट्टा छिचोलिन्,कलिलो जिन्दगि भित्र पनि मृत्युसंग लुकामारी गर्दै उनि क्रान्तिको लक्ष्यमा अगाडि बढिरहिन्।राज्यको विभेदपुर्ण निति,चरम दमनको षड्यन्त्र र वर्गीय असमनतालाई चिर्दै एकदिन मुलुकमा जनताको सुनौलो व्यवस्था ल्याउने शुसिलाको एकमात्र सपना थियो।

दर्जनौ लडाईमा मुस्किलले बाचेका क्षणहरु -रोल्पा रुकुममा केहि महिनाको तालिम पश्चात शुसिला अब लडाईमा प्रत्यक्ष सहभागी हुन थालिन्।एक किशोरी छापामारलाई राज्यको विरुद्व लड्न सहज भने पटक्कै थिएन।बलियो फर्टिफिकेशनमा रहेको तत्कालिन शाहि सेनाको व्यारेकमाथि हमला गर्नु भनेको जनमुक्ति सेनाको लागि फलामको चिउरा चपाएको जस्तै थियो।शुसिला एकपछि अर्को लडाई लड्दै जादा युद्वकलामा थप परिपक्व बन्दै गइन्‌।सेनाभित्र उनको जिम्मेवारि पनि थपिदै गयो।जनयुद्वका बहु-चर्चित लडाईहरु रुकुमको खारा,म्याग्दिको बेनी,दाङ्गको भालुबाङ्,पाल्पा तिनगिरे लगाएत २८ भन्दा बढि लडाईहरुमा शुसिला प्रत्यक्षरुपमा सहभागि बनिन्।अधिकांश लडाईहरुमा अघिल्लो घेरामा( एसल्ट ग्रुप) मा रहेर लडेकी उनिसंग युद्व मैदानका थुप्रै तितामिठा भोगाइहरु छन्।

रुकुमको खारामा उनको सेक्सन पुरै खरानी बन्दा पनि लाशहरुको मुनिबाट घिर्सिदै भिरमा हाम फालेर उनि मुस्किलले बाचेकि थिइन्।मध्याह्न १२ बजे सबै माओबादीहरुले खारा छोडिसक्दा पनि केहि जनमुक्ति सेनाहरुले फर्किफर्कि व्यारेकमा फायर गर्दै थिए,ति मध्येकी एक साहसिक कमाण्डर शुसिला पनि थिइन्।म्याग्दीको बेनि मोर्चा पनि उनको लागि निकै अविस्मरणीय छ।जिप्रकामा परेको शुसिलाको टिम लड्दै जादा विहान ३ बजेतिर एम्वुसमा पर्यो।रातभरि एउटै बंकरमा रहेर लडेका सौगात र कामना शहिद हुन पुगे।सुसिला पनि बमको धमकाले दुइ कान्ला मुनि पछारिन पुगिन्।टाउको,हातखुट्टा र छातिमा चोटले रकताम्य बनेकि उनि होसमा आइसकेपछि सहयोद्वाहरुलाइ उठाउन पुगिन् तर दुबै जना शहिद भैसकेको थाहाँ पाएपछि हतियार बोकेर फेरि मोर्चा कस्न थालिन्।शरिरबाट बगेको रगतको पिडाभन्दा कयौ गुणा पिडा उनलाई सहयोद्वाहरु गुमाउनुमा लाग्यो।त्यस्तै तिनगिरेमा पनि निकै मुस्किलले बाचेकि थिइन् शुसिला।दिउसोको भिडन्तमा भुगोलले साथ नदिदा कभर लिने क्रममा तत्कालीन शाहि सेनाको गोलिले उनको झोला नै उडाइदियको थियो।

कयौ लडाइहरु उनि सातु खायर लडिन्,व्यारेकका काडेतारहरु खालि खुट्टा पार गरिन,आफ्नै काखमा कयौ सहयोद्वाहरु गुमाइन् अनि थुप्रै नेता कमाण्डरहरुको विषम परिस्थितिमा विषेश सुरक्षा पनि गरिन्।पुर्वदेखि पश्चिमसम्मका कयौ भुगोलहरुमा रगत पसिना सिन्चित गरेकि शुसिला जनमुक्ति सेनाभित्र कम्पनी सहकमाण्डर सम्मको तहमा पुगिन्।लगभग १५० जना सेनाहरुलाई नेतृत्व गर्थिन् उनि।उनको विवाह पार्टीभित्रै जनवादी विवाह भयको थियो।श्रीमान पनि जनयुद्वकै घाइते सेना हुनुहुन्छ।लामो समय जनयुद्वको आधिमय दिनहरु त्यसपछि केहि वर्ष क्यान्टोमेन्टको वसाइ पश्चात शुसिला स्वैच्छिक अवकाशमा निस्किइन् जनमुक्ति सेनाबाट।

अलपत्र परेका सपनाहरु अनि फेरिएको परिचय स्वैच्छिक अवकाशमा निस्कियसंगै शुसिलाका कयौ सपनाहरुमा पुर्णविराम लाग्यो।चौथो डिभिजनबाट निस्केर उनि नवलपरासिको एक बस्तीमा छिरिन्।जुन लक्ष्य र सपनाहरु बोकेर कलम समाउने उमेरमा उनले बन्दुक समाइन् ति सपनाहरु पुरा नभयको शुसिलाको बुझाई छ।उनि भन्छिन्- म जस्ता कयौ दिदीबहिनीहरुले काखमा बच्चा च्यापेर लड्यौ,रहर थिएन त्यो,आमुल परिवर्तनको खातिर थियो।हाम्रै रगत पसिनाबाट मुलुकमा ठुला ठुला राजनितिक परिवर्तनहरु पनि भय।लोकतान्त्रिक गणतन्त्र,संघियता,समावेशीता,धर्म निरपेक्षता जस्ता उपलव्धिहरु हामिले पाइला पाइलामा रगत बगाएर प्राप्त गरेका हौ।तर दुर्भाग्य हामिले लडेर ल्याएको व्यवस्थामा हामि नै हेपियर बस्नु परेको छ।पार्टी र राज्यले जनयुद्वका घाइते अपांग,शहिद बेपत्ता परिवार र जनमुक्ति सेनाहरुप्रति वेवास्ता गरिरहेको छ,जुन राम्रो संकेत होइन।

हिजो युद्वमैदानमा खालि खुट्टासंगै भोको पेट रातदिन लड्दा पनि नथाकेको उनको शरिर आज आफ्नै नेता कमाण्डरहरुले चटक्कै विर्सेर जादा थाकिरहेको छ उनको शरिर अनि गलिरहेको छ उनको मन।दुस्मनको बम बारुदले छियाछिया बनाउदा पनि नझरेको उनको आशुँ आज पार्टीको टुटफुट र नेताहरुको व्यवहारले रातदिन बगिरहेको छ आसुँहरु।व्यारेकसंगको बिदाईपछि सबै सहयोद्वाहरुबाट टाढा भएकि शुसिला नेता कमाण्डरहरुको नजरबाट पनि टाढा बन्न पुगिन्।

त्यसपछि दुखको भुमरिमा रुमलियो शुसिलाको जिन्दगी।तस्विरमा देखियकी छोरी अहिले कक्षा ८ मा पढ्छिन्।उनले परिवारको छाक टार्न के सम्मको दुख गरिन्न् होला।रातदिन मजदुरी गर्छिन् अचेल उनि,श्रीमान विदेश पनि जानु भयो तर युद्वकालको घाउहरुका कारण काम गर्न नसकेपछि फिर्ता आउनु भयो।हिजो समाज रुपान्तरणको निमित्त बन्दुक बोकेकी शुसिलाको परिचय पनि गुमनाम बन्दै गयो,आज उनको परिचय मात्रै मजदुरीमा सिमित भयको छ।राज्य व्यवस्था बदल्न हिडेकी शुसिला आज भने साझबिहानको छाक कसरी टार्ने भन्ने चिन्तामा छिन्।जनयुद्वका कहालिलाग्दा बिगतहरुले झस्काइरहन्छ उनलाई।कहिले मध्यरातको निद्रामा झस्किन्छिन् उनि,कहिले यात्रामै ठचक्कै बस्छिन् अनि कहिले खादाखादै आसुँ बगाउछिन् उनि।युद्व मैदानबाट जितेर फर्केकि एक सिपाहि आज आफैभित्र पलपल हारेर बाचिरहेकि छिन्।

 (तस्विरहरु- युद्वकालमा छोरी सहित ( पहिलो ) अहिले छोरी सहित ( दोस्रो) 

(सुगम सरोवरले नवलपरासि शुसिलाकै घरमा पुगि तयार पार्नु भएको रिपोटमा आधारित)


२०८० भदौ ३१ १९:३४ बजे

प्रतिक्रिया