साम्यवाद किन उत्पन्न भयो ?

bimbonline बिम्ब अनलाइन
२०८० असार २२ ०८:२९ बजे

राहुल साङ्कृत्यायन ---

संसारमा विनाकारण कुनै काम हुन सक्दैन । पुँजीवाद पनि तब उत्पन्न भएको थियो, जब त्यसको उत्पन्न गर्ने चाहिं कारण उत्पन्न भएको थियो–अर्थात् (१) थोरै मेहनत या विना मेहनत धनी हुने मानिसको स्वाभाविक इन्छा, (२) मेसिनहरूको आविष्कारद्वारा थोरै मेहनतबाट धेरै चीजहरू तयार गरेर सस्तो मोलमा बेचेर त्यसबाट फायदा उठाउने सुविधा (३) मेशिनद्वारा बनेका चिजहरूद्वारा बजारमा प्रतिस्पर्धा गर्न नसक्नुको कारण स्वतन्त्र कालीगढको प्रतियोगिता खत्तम हुनु (४) बढी जानकारीको आवश्यक नभइकन असहाय व्यक्तिहरूले पनि मेसिनद्वारा राम्रा चिजहरू बनाउन सक्नु । यस्तै प्रकारले साम्यवाद जसबाट यहाँ हाम्रो मतलव वैज्ञानिक साम्यवादसँग छ : तब प्रकट भयो, जब त्यसलाई उत्पन्न गर्ने चाहिं कारण मौजुद भए ।

जुन वस्तुमा मानिसको मेहनत जति लाग्छ, त्यसको मोल त्यति हुन्छ–यो जान्न मुश्किल छ । खन्ने, धेरै ठूलो मेहनतपछि र अक्सर धेरै खन्ने कामको परिश्रम बर्बाद गरेपछि हिरा कहिलेकांही पाइने गर्दछ अर्थात् एउटा हिरामा त्यो सबै मेहनत सामेल हुन्छ, यसकारण त्यससको मोल यति धेरै छ । यदि एक व्यक्तिको आधा दिनको मेहनतबाट एक हिरा पाइन्थ्यो भने त्यसको मोल यति धेरै हुँदैनथ्यो । हातबाट बनाउने सामानको मोल पनि धेरै यसकारण हुन्छ, किनकि त्यसमा व्यक्तिको मेहनत बढी लाग्दछ । व्यक्तिको परिश्रम कम परिमाण (भाग) लाग्नुबाट नै मेशिनबाट बनाएका वस्तु यति सस्ता हुन्छन् । मेसिनको यही मुख्य काम चीज (वस्तु) उत्पन्न गर्नमा व्यक्तिको मेहनतलाई कमभन्दा कम मात्रामा प्रयोग गरियोस् । परिणाम त मेसिनहरूको प्रयोगबाट त्यति नै सामानहरू बनाउनको लागि त्यति नै व्यक्तिहरूको आवश्यक पर्दैन, जति कि तिनै चिजहरूलाई हातले बनाउनमा पर्दछ । हाते तानलाई नै लिनुस् । त्यसमा एक व्यक्तिले दिनको आठ घण्टा लगातार काम गर्दा मुश्किलले दश–बाह्र गज कपडा बुन्न सक्छ । तर त्यो भन्दा पनि कम जान्ने व्यक्तिले कपडाको मिलमा गएर त्यति नै समयमा साठी÷सत्तरी गज कपडा बुन्न सक्छ र त्यसको बुन्ने शक्ति पनि, मेसिनमा जति सुधार हुँदै जान्छ, त्यति नै बृद्धि हुँदै जान्छ । आठ घण्टामा एक व्यक्तिले साठी सत्तरी गज कपडा बुन्नुको मतलब हो, मेसिनद्वारा ५ जनालाई कामबाट बञ्चित गराउनु । मेसिनले व्यक्तिको काम खोसिदिन्छ ।

यो कुरा जान्न त्यस समयका इंग्लैण्डका अशिक्षित मजदुरहरूलाई पनि बेर लागेन र केही वर्षपछि उन्नाइसौँ शताब्दीको शुरुमा हामी इंग्लैण्डका मजदुरहरू र कालीगढद्वारा कैयौँ मिलहरूलाई तोडफोड गरेर नष्ट पारेको देख्छौँ, तर पनि यो घटना त्यति भयङ्कर हुन सकेन । यसको कारण यो थियो कि, त्यस समयसम्म मेशिनको प्रचार एक आधी मुलुकमा मात्रै हुन सकेको थियो र वस्तुहरूको खतराको लागि दुनियाँका सबै बजार खुलेका थिए, तर यो भन्नुस् कि ती कारखानाहरू अहिले त्यति सामानहरू उत्पादन गर्न सक्दैनथे जति कि बजारमा माग थियो । यसकारण त्यस सुरुको जमानामा नाफा निश्चित हुने र घाटाको डर नहुने हुनाले नयाँ–नयाँ कारखाना खुल्दै जाँदैथिए र हरेक नयाँ कारखानाहरू खुल्नुको मतलब थियो अरु बढी मजदुरहरूलार्ई काम मिल्नु । यसैकारणबाट उन्नाइसौँ शताब्दीभन्दा पच्चीस वर्ष पहिले त्यहाँका मजदुरहरूको भाउ (मजदुरी) पुँजीपतिहरूको विरुद्ध त्यति जोखिम थिएन । तर एक देशलाई कारखानाहरूद्वारा फाइदा भएको देखेर यूरोपका अरु देशहरू धेरै दिनसम चुप रहन कसरी सक्थे ?

अन्य देशहरूमा पनि कारखानाहरू खुलेपछि बजारमा धेरै सामान आउन लागे, यसकारण पहिले स्थापित भएका कारखानाहरूले जति मजदुरहरूलाई बेकाम बनाएका थिए, अब त्यति नयाँ कारखानाहरू खुलेको हुनाले ती बेरोजगारहरूलाइ काम दिन सकिंदैनथ्यो । अर्को कुरा यो थियो कि मेसिनहरूमा सधै नयाँ– आविष्कारले बेकारीहरूको सङ्ख्या अरु बढाउँछ भन्ने सिद्ध भयो । हो, यो पक्का थियो कि जहाँ केही वस्तुहरूलाई प्रयोगमा लगाउने व्यक्ति पहिले थोरै थिए, अब सस्तो हुनुको कारण मानिसहरू तिनलाई बढी प्रयोगमा ल्याउन थाले । तर पनि खरिद गर्नेहरूको सङ्ख्या त्यस अनुपातमा बृढि भएको थिएन, जुन अनुपात र परिमाणमा बेकारीहरूको सङ्ख्या बढ्दै गइरहेको थियो ।

अब मजदुरहरूले देख्न थाले कि एकातिर तिनीहरूलाई कारखानामा काम पाइएको छैन र अर्कोतिर स्वतन्त्र कालीगढी या खेतीको मूल तिनीबाट खोसियो । पेटको भोकले एक साधारण बृद्धि भएको पुरुषलाई पनि सोच्न बाध्य बनाउँछ । मजदुरहरूले एकातिर त्यसप्रकारबाट आफूलाई विवश देखे र अर्कातिर कति मानिसहरू केही दिनमै करोडपति बन्दै देखे । यो जालमा उनीहरूलाई बाधा भएन कि यो धन तिनैको मेहनतबाट उक गठ्ठा भएको हो ।

पुँजीवादले जहाँ मजदुरहरूको लागि यति कठिनाईका सामान जम्मा गरे, त्यहाँ त्यसले तिनीहरको लागि ठूलो काम पनि गरे र त्यो थियो ठूला ठूला मजदुरहरूलाई कारखानाको नजिक सामेल गराउनु । जहाँ कृषक र मजदुर यताउता छरिएर बसेपछि आफ्ना दुस्खहरू चुपचाप सहने गर्दथे, त्यहाँ कारखानाका मदजुरहरू सङ्गठित भएर आन्दोलन गर्ने हिम्मत राख्दथे । सुरुमा चाहे रोग र त्यसको निवारणको ज्ञान धेरै कम मात्रामा रहेको होस्, किन्तु उनीहरूले त्यसै समयदेखि बच्नको लागि आफ्नो हात खुट्टा हल्लाउन सुरु गरेका थिए ।

मानिसमा यस्ता व्यक्तिहरू पनि भएर आएका छन्, आफू आरामसाथ बस्दा पनि अर्काको दुस्खमा सोच्ने र त्यसलाई हटाउनको लागि आफ्नो सबै चीज दिन सक्छन् । जुन बेला पुँजीवाद थिएन र त्यसको खराबीहरूलाई यस्तो भयङ्कर रुपमा देख्न सम्भव थिएन, त्यस समयमा पनि यस्ता विचारक उत्पन्न भए, जो आर्थिक समानताको प्रचार गर्दथे । गौतम बुद्धले ढाई हजार वर्ष पहिले आफ्ना भिक्षुहरूमा जिन्दगीको काममा वस्तुहरूलार्ई आवश्यक देखेर बारबर बाँड्ने नियम नै बनाएका थिएनन्, तर व्यक्तिगत सम्पत्तिको सिमालार्ई धेरै छोटो बनाएर सङ्घ या सामुदायिक सम्पत्तिको सीमालाई धेरै बनाएका थिए । इरानमा भज्दक (पांचवी सदी) ले पनि तीन पटक आफ्नो राज्यमा धन सम्पत्तिलाई बराबर बराबर मा बाँडिदिएका थिए । यस्तो प्रकारको उदाहरण संसारको अर्को भागमा पनि पाइन्छ । तर जुन साम्यवाद पुँजीवादको असल दबाई औषधि हो, त्यो कुनै व्यक्ति विशेषको उदाराशयताको परणिाम हैन ।

यसप्रकारका उदार हृदय भएका व्यक्ति त यस्तो पनि सोच्न सक्दथे र यस बिसौँ शताब्दीमा पनि सोचिरहेका छन् कि सबै‘जड यी मानिसहरूलाई नै किन संसारबाट विदा नगर्ने , जो साम्यवाद पुँजीवादको रोगको परम औषधि मानिन्छ, त्यो हो साम्यवाद अर्थात् विज्ञानको आविष्यकारहरूलाई केही व्यक्तिहरूको नाफाको लागि प्रयोग नगरेर सारा समाजको भनाइको लागि प्रयोग गर्नुपर्दछ । यदि विज्ञानले ६ जनाको कामलाई एकजनाले गर्ने जस्तो बनाउँछ भने पाँच जनालाई कामबाट निकालेर तिनलाई भोकै मार्न हुँदैन, तर कामको घण्टालाई ती ६ जनालाई बाँड्नुपर्छ । ६ जनाले १२ घण्टामा जति कपडा बनाउन सक्थे, यदि मेसिनद्वारा एक जना नै त्यति कपडालाई बाह्र घण्टामा बनाउन सक्छ त त्यो बाह्र घण्टाको कामलार्ई हामी ६ जनामा दुई दुई घण्टा गरेर बाँड्न सक्छौँ । बेकारीहरूको यो एउटा राम्रो समाधान हो, जो साम्यवाद पेश गर्दछ ।

यो कुराबाट यो पनि थाहा हुन्छ कि पुँजीवाद र साम्यवाद दुवैको ध्येय एकअर्काबाट एकदमै उल्टा छ । दुवै नै विज्ञानका आविष्कारहरूलाई काममा ल्याउने पक्षमा छन्, तर जहाँ पुँजीवाद केही व्यक्तिहरूको नाफाको लागि सबै मनुष्य समाजको जीवनलाई नरक बनाउनको लागि तयार छ, त्यहाँ साम्यवादको उद्देश्य छ–केही मानिसको स्वार्थको लागि हैन, तर सबै मानिस–समाजको लागि सुख सामाग्रीहरूलाई बृद्धि गर्नु । जबसम्म सामानहरूलाई नाफाको लागि तयार गरिन्छ, तबसम्म बेकारी हट्ने घण्टाहरूलाई बाँडेर सबै जनालार्ई काम दिनु ।‘‘‘ नभए काम हुँदैन । वस्तुत, जसरी साइकल तबसम्म खडा रहन सक्छ, जबसम्म कि त्यो चल्दै हुन्छ । यसै किसिमले पुँजीवाद तवसम्म रहन सक्छ, जबसम्म कि पुँजीपतिहरूलाई व्यक्तिगत नाफा हुँदै रहन्छ । नाफा तिनको लागि जीवनमरणको प्रश्न हो ।

आजभोलि संसारको सबै ठाउँमा मानिसहरू दुस्खैदुस्खमा देखिन्छन् । कारखाना मालिक र व्यापारीले नै बजारको मन्दतालाइ  सिकायत गर्दैनन्, तर गाउँका किसान र देशमा काम गर्ने मजदुर पनि यसको राम्रोसँग अनुभव गर्दछन् । सहरहरूका कारखानामा काम गर्ने मजदुरहरूको डरलाग्दो अवस्थाको बारेमा त केही भन्नै छैन । यूरोप र अमेरिकाका औद्योगिक देशहरूमा यस्ता बेकारीको सङ्ख्या करोडसम्म पुगिसकेका छन्, जसको लागि जिन्दगीको धेरै आवश्यक सामान पाउन पनि मुश्किल भइरहेको छ । आउने दिनहरूका त्यहाँ कति स्त्री र पुरुष जीवनेखि दिक्क परेर आत्महत्या गर्ने हुन् । मानिससहरूको यति भारी सङ्ख्यालाई त्यति कष्टमा राखेर, केही थोरै व्यक्तिहरू मात्र सुखी रहनु कुनै पनि दृष्टिबाट राम्रो भन्न सकिन । पुँजीवादको दुष्परिणाम बेकारी मात्र हैन । पुँजीवाद मनुष्य जातिमा एक अर्को भयङ्कर आपत्ति ल्याउने कारण भएको छ र यो हो महायुद्ध–संसारको शान्तिलाई भङ्ग गर्ने ।

हरेक पुँजीवादी देश यो चाहन्छ कि उसका कारखाना बराबर चल्दै रहनु, तर कारखाना त तबसम्म चल्दै रहन सक्छन्, जबसम्म कि तयार वस्तु बिक्दैरहन्छन् । मैले यो भन्दै आएको छु कि उन्नाइसौँ शताब्दीभन्दा पहिले पचास वर्षसम्म संसारका धेरै नयाँ बजार नवउत्पादित सामाग्रीले नछोएरै रहेका थिए । तर पछिको एक शताब्दीमा कुरा एकदमै बदलियो । अब त वस्तुहरको खपतको लागि कुनै पनि अज्ञात बजार छैनन्, वस्तुतस् संसारका सबै व्यवसायरहित देशहरूलाई पुँजीवादी देशहरूले आपससमा बाँडे । कुनै समयमा इंग्ल्याण्ड संसारका धेरै जसो बजारहरूको मालिक थियो । फेरि जर्मनीले कारखानाहरूलाई बढाएर आफ्नो लागि पनि बजारहरूलाई बढाउन चाह्यो । परिणाम भयो –पछिल्लो भीषण यूरोपिय महायुद्ध । अहिले यो लडाइँ भइरहेको थियो कि मैदान खाली पाएर अमेरिका र जापानले पनि बजारहरूलाई हातमा ल्याउन लागे । तिनको कारखानाहरू धेरै बढी सङ्ख्यामा चीजहरू तयार गर्न थाले । लडाई बन्द भएको धेरै दिनपछि पनि आज हालत के छ ? यदि अमेरिकाको चीजलार्ई इंग्ल्याण्डले आफ्नो साम्राज्यको भित्र आउन दिंदैन र आउन दिनुको मतलव हो– आफ्नो वस्तुको खपत कम गर्नु‘। त अमेरिकाले मौका हेरिरहन्छ कि कसरी मैले इंग्ल्याण्डको प्रभुत्वलाई हटाउने । यही कुरा जापानको बारेमा अरु भयङ्करताको साथ छ । साँचो अर्थमा त केही मात्रामा दुई रोटी नै हो र तिनलार्ई खानको लागि दर्जन दर्जन मुखहरू तयार छन् ।

यस अशान्तिलाई संसारका राष्ट्रले राम्रोसँग जान्दछन् र यही कारण हो, जुन निशस्त्रीकरण गर्न यति चेष्टा भइरहेको छ । तर पनि जबसम्म आफने –आफ्नो माललाई खपत गराउनको लागि बजारहरूको होडबाजी रहन्छ, तबसम्म संसारको शीरमाथि झुण्डिएको युद्धको तरबार टाढा हुन सक्दैन । बजार त कच्चा मालको लागि देशमाथि अधिकार जमाउने लोभले २१ वर्षपछि पुन जर्मनीको भाग्य परीक्षाको लागि बाध्य बनाइदियो । र, त्यसले दोस्रो महायुद्धलाई धच्घच्यायो । त्यसले सोभियत सङ्घमाथि आक्रमण गरेर कसरी युद्धको स्वरूपलार्ई बदल्यो, जसरी मैले अन्त लेखिसकेको छु (हेर्नुहोस्, “मानव समाज” पृष्ठ ३०१–२, ४३९–४०) । अब त पुँजीवाद नै संसारको ठूला–ठूला लडाइँहरूको एक मात्र कारण भइरहेको छ । बजारहरू कम हुनु एउटा अर्को कारण उठेर खडा भएको छ । पहिले जुन देशहरूमा उद्योगधन्दा थिएनन्, तिनले पनि ठूलो गतिसँग आफ्ना कलकारखानाहरूलाई बढाइरहेका छन् ।

हिन्दुस्तानलाई नै लिनुस् । जहाँ लडाइँ हुनुभन्दा अगाडि तिनीहरूले आफ्ना आवश्यक कपडाहरूको पाँचौँ भाग पनि मुश्किलसँग बनाउन सक्दथे । त्यहाँ अब त्यो प्रायस सबै कपडाहरू आफै तयार गर्दछन् । लालटिन, फाउण्टेनपेन, पेन्सिल, ब्रुस, ब्लेड, बेटरीजस्ता सयौँ चिजहरू छन्, जुन लडाइँ भन्दा अगाडि हिन्दुस्स्तानमा तयार हुँदैनथे, तर अब तिनका कैयौँ कारखानाहरू खुलिसकेका छन् । यति चिजहरू देशमा बन्नुको मतलब हो, अन्य देशबाट बजारलाई खोस्नु । पहिले यस्ता धेरै उद्योगभन्दा नभएका देश थिए, जुनमा अहिले कारखानाहरू बढ्दै गइरहेका छन् । रूस जुन पहिले धेरै कम वस्तुहरू तयार गर्दथ्यो, अब अर्को अमेरिका नै भएको छ ।

चीन, तुर्की, इरानको कुरा छोडौँ, अब त अफगानिस्तान, इरानजस्ता देशहरूमा पनि कारखानाहरू खुलिरहेका छन् । बजारहरूको लुछाचुँडीबाट संसारमा युद्ध हर्ने आशङ्काको कुरा मैले पनि सिकेको छु । मेशिनहरूको प्रयोगबाट मानिसहरू बेकारी हुनु र नयाँ नयाँ आविष्कारबाट बेकारी अरु बढ्नु फेरि बजारहरूको कमी हुनु‘।सही कमीको पूरा गर्दछ । बेकारीको समस्यालाई अरु भयङ्कर रुप दिनको लागि यही प्रशस्त थियो, तर यसको माथि संसारमा हरेक दश वर्षको जनगणना हेरेर थाहा भइरहेको छ कि जनसङ्ख्या बढ्दै नै गइरहेको छ । मात्र भारतमा नै सन् १९२१ देखि १९४१ सम्म वीस वर्षमा ६ करोडभन्दा बढी व्यक्ति बढेका छन् । पुँजीवादले केही व्यक्तिहरूलाई धनी बनाएर तिनको लागि सुख र विलासका नयाँ नयाँ सामाग्री जुटाउन सक्छ । बहुमूल्य मोटरहरू, जुनमा हात खुट्टा हल्लाउन नपरोस्, यस्ता महलहरू र तिनमा सजाउने हजारौँ वस्तुहरू पेरिसबाट निक्लिने फेशनहरू र यस्तै किसिमका धेरै विलासी वस्तुहरूलाई तिनीहरूले अवश्य अगाडि ल्याउन सक्छन् । तर युद्ध र सार्वजनिक बेकारीका समस्याहरको हल हुने आशा त्यसबाट राख्नु बेकार हो । यो समस्या त वस्तुतस् अब मनुष्य जातिकोजीवन मरणको प्रश्न बनेको छ ।

युद्धको आशङ्कालाई नै लिउँ, विज्ञानले यस्ता यस्ता हतियार, यस्ता यस्ता विषालु ग्याँसहरू, यस्ता भयङ्कर किटाणु मानिसको हातमा दिएका छन् कि उसले यदि शान्ति बाटो निकाल्न सकेन भने त मानव समजाको सर्वनाश भएरै रहने छ । याद गर्नुहोस्, एक व्यक्तिको खोल्टीमा मसी भरिएको फाउण्डेनपेनको ठाउँमा एउटा त्यस्तै नै सिसाको नलीमा यस्तो भयङ्कर किटाणु समूह छन्, जसलाई त्यो व्यक्तिले हवाइजहाजबाट उडेर न्यूयोर्क या लण्डनजस्तो शहरमा छोडिदिन्छ र केही घण्टामा त्यत्रो ठूलो सहर मुर्दाको थुप्रो बन्छ । यो काल्पनिक कुरा हैन । युद्ध सम्बन्धी वैज्ञानिक आविष्यकार आजभोलि यस्तै किसिमका भएका छन् ।

पुँजीवादको कैयौँ अरु पनि दुष्परिणामहरू गन्न सकिन्छ । पुँजीवादको भयङ्कर परिणाम धेरै व्यक्तिहरूलाई दरिद्रतामा राख्नु पनीहो । हामी यस्तो कैयौँ ठिटाहरूलाई देख्छौँ, जसमा उत्तम प्रतिभा छ । यदि तिनलाई मौका मिल्थ्यो भने ती राम्रा गणितज्ञ, वैज्ञानिक, कलाकार हुन सक्थे, तर तिनका आमा बुबासँग धन छैन कि तिनीहरू आफ्ना छोराछोरीलाई उसको रुची र योग्यताको आधारमा आवश्यक शिक्षा दिन सकुन् । अर्कोतिर प्रतिभा नभएका धनी सन्तानहरूलाई पढाउन लेखाउनमा हजारौँ लाखौँ रुपैयाँ बर्बाद गर्दछन् । पुँजीवादकैतर्फको वकालतजस्तो व्यवसाय पनि चलिरहेका छन् । जुन चाहिं नभएदेखि मानव समाजको सुख सामाग्रीमा केही पनि कमी हुन सक्दैनथ्यो र जो प्रतिभालाई कव्रिस्तान (शव राख्ने घर–अनु) को काम दिन्छन् । अनेक कारणहरूमध्ये यी केही कारणहरू छन्, जसले संसारमा साम्यवादलाई जन्माएका छन् ।


२०८० असार २२ ०८:२९ बजे

प्रतिक्रिया