क्रान्तिकारी युवा सँघले गर्यो भ्रष्टाचार विरुद्ध खवरदारी मोटरसाइकल र्याली

लोकतान्त्रिक गणतन्त्र दलाल र नोकरशाहीको गणतन्त्र हो जनताको होइन - सि.पि. गजुरेल का.वा. महासचिव

bimbonline बिम्ब अनलाइन
२०८२ साउन ९ २०:१८ बजे

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा सँघले आज ललितपुरको कुपोण्डोलबाट  भ्रष्टाचार कुशासन,वेतिथि विरुद्धको खबरदारी मोटरसाइकल न्याली  शुरु गरेको छ।

न्यालीको पार्टीका  का.वा . महासचिव सिपी गजुरेलले  उदधाटन गर्दै   आज सम्म जनयुद्धका कार्यभार पूरा नभएको बताउनु भएको छ । तत्कालिन नेकपा माओवादीले शुरु गरेको १० वर्षे जनयुद्ध नेतृत्वले सम्झौतामा टुङ्ग्याइ नेपाली काङ्ग्रेस एमालेको मुद्दा बोकेर हिँडेको कारण जनगणतन्त्र आउन नसकेको बताउँदै वताउनु भयो।

अब क्रान्तिकारी कम्युनिष्ट पार्टी र क्रान्तिकारी युवा संघ नेपालले जनयुद्धको बाँकी कार्यभार पूरा गर्नु पर्नेमा जोड दिनु भयो । वहाँले अहिले आएको लोकतान्त्रिक गणतन्त्र दलाल र नोकरशाहीको गणतन्त्र भएकाले भ्रष्टाचार ,वेथिति,अन्याय अत्याचारको अन्त्य हुन नसकेकोले त्यसको अन्त्यकोलागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने पनि वहाँले औंल्याउनु भयो । महासचिव गजुरेलले क्रान्तिकारी युवा संघ नेपाल केन्द्रीय सम्मेलन आयोजक समितिका संयोजक सूर्य तिमिल्सिनालाई संघको झण्डा हस्तान्तरण गरेर र्यालीको उदघाटन गर्नु भएको थियो । 


२०८२ साउन ९ २०:१८ बजे

प्रतिक्रिया