गुलरिया। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा सँघ वर्दिया जिल्लाको जिल्ला भेला आज गुलरियामा सम्पन्न भएको छ।
भेलाले दिपक अधिकारीको सँयोजकत्वमा सात जना रहेको जिल्ला सँगठन समिति गठन गरेको छ। जस्मा सँयोजक दिपक अधिकारी सदस्यमा क्रमशः धर्मराज थापा,विनोद न्यौपौने निराजन रोकाया तारा थापा कञ्चन भण्डारी श्रवण लोध रहेका छन। कार्यक्रमको सञ्चालन विनय र स्वागत ममता गौतमले गर्नु भएको पार्टीका जिल्ला इञ्चार्ज भुकम्पले विम्व अनलाइन लाई वताएका छन।
वर्दिया जिल्ला भेलाको उदधाटन कार्यक्रमका प्रमुख अथिति पार्टीका वैकल्पिक पिबिएम प्रकाश उर्जा विशेष अथितिमा युवा सँगठनका केन्द्रिय सचिवालय सदस्य सँगिन भ्यु थापा रहेका थिए।कार्यक्रममा पार्टीका सिसिएम विपिन कमला खड्का वैकल्पिक सिसिएम तथा वर्दिया इञ्चार्ज भुकम्प र जिल्लाका का.वा. सचिव विनयको पनि विशेष उपस्थिति रहेको थियो। प्रमुख अथिति प्रकाश उर्जा विशेष अथिति सँगिन भ्यु थापा र सिसिएम कमला खडकाले भेलाको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
भेलाले क्रान्तिकारी युवा सँघको जिल्ला भरी सदस्यता वितरण समिति गठन पुनगठन प्रचार प्रसार तथा भ्रष्टाचार विरुध्दका कार्यक्रमहरु पनि तय गरेको वताइन्छ।
महिला सँगठनको जिल्ला भेला सम्पन्न ११ जनाको समिति गठन
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला सँगठन नेपालको वर्दिया जिल्ला भेला आज गुलरियामा सम्पन्न भएको छ। भेलाले छाया श्रेष्ठको सँयोजकत्वमा एधार जनाको जिल्ला सँगठन समिति गठन गरिएको छ। जस्मा सदस्यहरु क्रमशः ममता गौतम गिता राना सुमित्र खत्री तारा थापा मिना वन तुल्सी खत्री विश्वमोहनी राजवँशि लक्ष्मी थापा कविता विष्ट प्रिता लोध रहेका छन। कार्यक्रममा महिला सँगठनकी केन्द्रिय कोषाअध्यक्ष कमला खडकाको विशेष उपस्थिति रहेको थियो।
प्रतिक्रिया