नेपालको राजनीति भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादी हो- विप्लव

bimbonline बिम्ब अनलाइन
२०८२ साउन ८ १०:५७ बजे
नेत्र विक्रम चन्द विप्लव महासचिव नेकपा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी नेकपा (माओवादी केन्द्र) रहेको आरोप लगाएका छन् । 

पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । राजनीतिक अवस्था लथालिङ्ग र कम्युनिष्ट कार्यकर्ताहरु अपमानित हुने ठाउँमा पुग्नुमा माओवादीको त्रुटि रहेको उनको आरोप छ । उनले जिम्मेवारी र कमजोरीबाट भाग्ने छुट कम्युनिष्ट पार्टीहरुलाई नरहेको पनि बताए । 

विप्लवले भने, ‘नेपालको राजनीति अस्थिर र भ्रष्टिकरण हुनुमा कम्युनिष्टको दोष छ । कम्युनिष्ट शक्तिहरु मध्ये माओवादीको सबैभन्दा ठूलो दोष छ । आजको राजनीति भ्रष्ट हुनु, लथालिङ्ग हुनुमा, नेता कार्यकर्ताहरुलाई अपमानित हुने ठाउँमा पुर्याउनुमा सबैभन्दा त्रुटी माओवादीको छ । हाम्रो पनि हो । हामी उम्किने ठाउँ छैन ।’

स्वेच्छाचारी रुपमा लामो समयसम्म देशको शासन गरिरहने सोचेको खण्डमा जोसुकैले पनि जनविद्रोहको सामना गर्नुपर्ने उनको भनाइ छ ।


२०८२ साउन ८ १०:५७ बजे

प्रतिक्रिया