आउ हात तनमन मिलाउँ (कविता)

bimbonline नरेन्द्र देवकोटा
२०८० असार २१ ०८:५१ बजे

डोटी।

दुःख गरे पाइन्छ रे सुख पाईन्छरे दुःख गरे मेवा

चढ्दै गए हिमाल चढिन्छरे देश बन्छरे गरेपछि सेवा

जे गरे पनि सुन फल्ने देख्छु यो नेपाली माटोमा

दोर्सो बिश्वयुद्व पछि बिश्वास गरौँ जापानको श्रममा ।


जग्गा छ प्रशस्त हामी सँग जडीबुटी प्रशस्त छन्

खोला नाला  ताल तलाउ जल नदी प्रशस्त छन्

बेशी थुम्का देउराली उस्तै पहाडदेखी हिमाल छन्

फलफुल तरकारी अन्न फलाई पुर्याउँ विश्व बजारमा ।


पर्यटक भित्र्याउने हामीसँग अनेकन सम्पदा छन्

जहाँ गयो जे हेर्यो रमाईलो लाग्ने पर्यटक क्षेत्र छन्

मिसन बनाउ भिजन बनाउँ आपसमा मिलेर बसौँ

अरुको आशा भरोषामा होइन सबैमिली कम्मर कसौँ।


सदाचारी बनी सिकेका ज्ञान सिप देशभित्रै  लगाउँ

देश रहे देश बने जनता आफैपनि संबृद्व बन्न सक्छौँ

ब्यक्ति बनी देश खोक्रो रहे हाम्रो सान कहाँ रहला

आउ हात तनमन मिलाउँ अनिमात्र देश बाँचीरहला ।



२०८० असार २१ ०८:५१ बजे

प्रतिक्रिया