काठमाडौँ । भारतमा वेला वेलामा जातीय विवाद र हिंसाका घटनाहरू बाहिर आउने गरेका छन् । तर, पछिल्लो समयमा भारतमा जातीय हिंसा उच्च रूप लिइरहेका छन् । पछिल्लो भारतका यस्ता घटनाहरूले भारतको देशकै शान्ति र स्वतन्त्रता माथि नै प्रश्न खडा गरेको छ ।
विगत केही महिना यता मात्रै विवादमा आएको भारतको मणिपुरको जातीय हिंसाले त्यहाँको जनजीवन चिन्तित बनाएको छ । जातीय हिंसामा परी सयौँको ज्यान गएको हजारौँ बिच्ल्लीमा परेका छन् । मणिपुर विवादलाई लिएर भारतमा गृह युद्धको सम्भावना पनि बढेर गएको छ ।
विवादको कारण के हो ?
भारतमा करिब डेढ महिना पहिलेदेखि विवादमा आएको जातीय भिडन्तहरू हुँदा सयौँ मानिसहरूको ज्यान गएको छ । राज्यमा भिडहरूले घर, सवारीसाधन, गिर्जाघर तथा मन्दिरहरूमा आक्रमण गरेका छन् ।
बहुसङ्ख्यक मैतेई समुदायलाई पनि अनुसूचित जातिमा सूचीकृत गर्नेबारे विचार गर्न न्यायालयले सरकारलाई भनेपछि त्यसको विरोधमा विगत डेढ महिनादेखि जनजाति समुदायहरू विरोधमा ओर्लिएपश्चात् हिंसा सुरु भएको हो । करिब ५० प्रतिशत जनसङ्ख्या रहेको मैतेई समुदायले अनुसूचित जातिमा सूचीकृत गर्नुपर्ने माग वर्षौँदेखि गर्दै आएको छ। त्यो माग पूरा भएपछि वन क्षेत्रमा पहुँचको सुनिश्चितता हुनुका साथै सरकारी जागिरमा मैतेई समुदायको एउटा निश्चित भाग सुनिश्चित गर्नेछ ।
उक्त अनुसूचित जातिमा सूचीकृत खास गरी कुकी समुदाय पहाडी जिल्लामा बसोबास गर्छ । मणिपुरको उच्च न्यायालयले भने जस्तै मैतेई समुदायलाई अनुसूचित जातिमा सूचीकृत गरिएमा वन क्षेत्रमा कायम पुर्ख्यौलीदेखिको आफ्नो नियन्त्रण गुम्न सक्ने कुकी समुदायको चिन्ता रहेको छ ।
के-के भयो, अहिले सम्म ?
मणिपुर राज्यमा हिंसा भएयता धेरै ठुलो असर परेको छ । राज्यमा बहुसङ्ख्यक मैतेई समुदाय र कुकी समुदायबिच भएका भिडन्तहरूमा १०० जनाभन्दा बढीको मृत्यु ज्यान गएको छ । भने ४०० जनाभन्दा बढी घाइते भएका छन्।
हिंसामा कारण झन्डै ६०,००० मानिस विस्थापित भएका छन्। विस्थापित भएकाहरू ३५० वटा शिविरमा आश्रय लिन बाध्य छन्। राज्यमा फैलिएको हिंसा नियन्त्रण गर्न सेना, अर्धसैनिक बल र प्रहरीका गरी झन्डै ४०,००० सुरक्षाकर्मी परिचालित छन्। प्रहरीका कोतबाट भिडले ४,००० हतियार आफ्नो कब्जामा लिएका छन् । जसमा उनीहरूले थोरै मात्रामा मात्रै हतियार फिर्ता गरेका छन् ।
लडाई गरिरहेका दुई समुदायबिच अविश्वासको तह अझ चुलिएको छ। दुवै समुदायले सरकारी सुरक्षाबललेु 'पक्ष लिएको'आरोप लगाएका छन्। भिडले २०० वटाभन्दा बढी गिर्जाघर र १७ वटा मन्दिरमा क्षति पुर्याएका छन् । राज्यका मन्त्री र विधायकहरूका घरमा आक्रमण र आगजनी भएको छ ।
यहाँका मानिसहरूको जनजीवन अस्तव्यस्त बनेको छ । रात्रिकालीन कफ्र्यू लगाइएको छ, विद्यालयहरू बन्द छन् र इन्टरनेट सेवा पनि अवरुद्ध रहेको छ । प्रदर्शनकारीहरूले सामान आपूर्ति गर्न प्रयोग हुँदै आएको एउटा मुख्य राजमार्ग बन्द गरेका छन् । विवाद समाधानको बाटोमा गईरहेको छैन । सरकारले पनि आंशिक रूपमा त्यसको समाधानका लागि प्रयास गरे पनि समाधान भने हुन सकेको छैन् । हिंसाका घटनाहरू दिनानुदिन दिन बढ्दै गएका छन् ।
मणिपुरमा ३३ वटा जातीय समुदायको बसोबास रहेको छ । त्यहाँ झन्डै ४० वटा विद्रोही समूहहरू सक्रिय रहेका छन् । मैतेई, नागा र कुकी विद्रोहीहरूले लामो समयदेखि सशस्त्र अभियान चलाउँदै आएका छन् । तिनले बेलाबेलामा भारतीय सुरक्षा बलमाथि आक्रमण गर्छन् । सुरक्षा बललाई खानतलासी गर्ने र खोस्ने अधिकार दिने 'एएफएसपीए'जस्ता विद्रोह दमन गर्न ल्याइएका कानुनहरूसँग ती समूह बिच्किएका छन् । आफ्ना लागि छुट्टै राज्यको माग गर्दै मैतेई, नागा र कुकी लडाकुहरूले एक अर्कासँग लडाई गरिरहेका छन् ।
मणिपुरको अनुमानित जनसङ्ख्या ३३ लाख छ । त्यसमध्ये आधाभन्दा बढी मानिस मैतेई समुदायका रहेका छन् । कुकी र नागा समुदाय दुवैको जोड्दा तिनको जनसङ्ख्या ४३५ पुग्छ । ती दुई जनजाति समुदाय पहाडी भेगमा बस्छन् । अधिकांश मैतेईहरू हिन्दु हुन् भने अधिकांश कुकीहरू इसाई रहेका छन् ।
प्रतिक्रिया