आज नेपालले नेदरल्याण्ड्सको सामना गर्दै

खेल जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२:४५ बजे हुने लागेको हो

bimbonline बिम्ब अनलाइन
२०८० असार ९ १०:२० बजे
cricket

काठमाडौँ । जारी आइसिसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेपालले  नेदरल्याण्ड्ससँग खेल्दै छ ।

खेल जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२:४५ बजे हुने लागेको हो । यसअघिको यात्रा तय गर्न नेपालले यो खेल जित्नै पर्नेछ । यसअघि भएका तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो खेलमा पनि पराजित समूह चरणबाटै पराजित हुने छ ।

आज नेदरल्याण्ड्सलाई पराजित गरेमा भने नेपालको सुपर सिक्समा जाने सम्भावना कायम हुनेछ । तर, यसका लागि नेदरल्यान्ड्स र वेस्ट इन्डिजको खेल निर्णायक हुनेछ । नेपाल अघिल्लो चरण जान नेदरल्याण्ड्स वेस्ट इन्डिजसँग पराजित हुनुपर्नेछ ।

नेपालले तीन खेलमा २ अङ्क जोड्दा नेदरल्याण्ड्सले दुई खेलबाट २ अङ्क जोडेको छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल अर्को खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

२०८० असार ९ १०:२० बजे

प्रतिक्रिया