काठमाडौं । वेस्ट इन्डिजका विश्वचर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो संस्करण खेल्न आइतबार नेपाल आइपुगेका छन् । उनी विराटनगर किंग्सबाट प्रतियोगितामा सहभागी हुनेछन् ।
सन् १९८८ अप्रिल २९ मा जमैकामा जन्मिएका रसेलले वेस्ट इन्डिजका लागि १ टेस्ट, ५६ एकदिवसीय (ओडिआई) र ८६ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।
उनले एकदिवसीयमा १ हजार ३४ रन बनाउनुका साथै ७० विकेट लिएका छन् भने टी-२० अन्तर्राष्ट्रियमा १ हजार १२२ रन जोड्दै ६१ विकेट हात पारेका छन् ।
उनी वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को टी-२० विश्वकप जित्दा टोलीका प्रमुख सदस्य थिए ।विश्वभरका फ्रेन्चाइज क्रिकेटमा निकै माग भएका रसेलले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्सको प्रतिनिधित्व गरिसकेका छन् । कोलकाताले सन् २०१४ र २०२४ मा आइपिएलको उपाधि जित्दा उनी टोलीमा थिए ।
यसबाहेक उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल), पाकिस्तान सुपर लिग (पिएसएल), बंगलादेश प्रिमियर लिग(बिपिएल), बिग ब्यास लिग (बिबिएल), इन्टरनेसनल लिग टी-२० र मेजर लिग क्रिकेट खेलिसकेका छन् ।सन् २०२६ को एनपिएल अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदै छ ।
प्रतिक्रिया