एनपीएल तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक ९ १७:०९ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले पाउने रकमबारे जानकारी दिएको हो ।

प्रतियोगिता सोमबार (अक्टोबर २६)देखि सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो प्रतियोगिता नोभेम्बर २१ सम्म हुनेछ । प्रतियोगितामा दुवै संस्करण खेलेका आठ टिमको सहभागिता रहनेछ ।

यस संस्करण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ भने प्रतियोगितामा पहिलोपटक डीआरएस प्रणाली लागु गरिनेछ । मान्यता अनुरुप प्रतियोगितामा खेलाडीहरूले बनाउने रन लिस्ट ‘ए’ क्रिकेटमा समावेश गरिनेछ 

२०८३ कात्तिक ९ १७:०९ बजे

प्रतिक्रिया