शीर्ष नेता जति सबै बिरामी

पछिल्लो समयमा नेताहरू सामान्य रुघा खोकी लाग्दा उपचारका लागि विदेश जाने गरेको भन्दै उपचारमा राज्य कोषबाट दिइने रकम कटौती गर्नुपर्न आवाजहरू उठ्दै आएका छन्

bimbonline बिम्ब अनलाइन
२०८० असार २ १२:०६ बजे

डम्मर धामी, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । मध्यरातमा त्रि बि शिक्षण अस्पताल महाराजगन्जमा  पुर्याइएका राष्ट्रपति पौडेललाई बिहान नै  मनमोहन कार्डियो भास्कुलर लगिएको  हो । 

पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिवि शिक्षण अस्पताल लगिएको हो । टिचिङबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएको छ । अहिले उनको सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको जनाइएको छ । 

केही दिन अघि पनि मुटुमा समस्या आएपछि  अस्पताल भर्ना भएका थिए । उनी अघिल्लो महिना मात्रै भारतको नयाँ दिल्लीमा  उपचार गरी फर्केका थिए । 

गएको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य परीक्षणका लागि नर्भिक इन्टरनेसनल हस्पिटल पुगे । पत्नी सीता दाहालसहित अस्पताल पुगेका उनले आफ्नो पनि स्वास्थ्य परीक्षण गराए ।

अस्पतालका अनुसार सम्पूर्ण स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्रीमा उच्च रक्तचाप र मधुमेहको समस्या देखियो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि १ साताका लागि सिंगापुर गएका छन् । उनी पनि स्वास्थ्य समस्याकै कारण सिंगापुर गएका हुन् । नियमित स्वास्थ्य परीक्षणका लागि देउवा सिंगापुर  गएका हुन् । 

उपचारका लागि विदेश नजाने बताएका  देउवा आफै उपचारका लागि विदेश गएका हुन् । नेपालमा अधिकांश नेतृत्व तहमा रहेका नेताहरू कुनै न कुनै रोगबाट ग्रसित छन् । 

नेपालका शीर्ष नेताहरू केपी शर्मा ओली, प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपतिमहन्त ठाकुर, माधव नेपाल कुमार नेपाल झलनाथ खनाल र शेर बहादुर देउवालाई विभिन्न प्रकारका स्वास्थ्य सास्या रहेको छ । 

झलनाथ खनाल राति आँखा देख्दैनन् । रतन्धोको समस्या भएका उनी अँध्यारो भएपछि सहयोगीबिना हिँडडुल पनि गर्न सक्दैनन् । खनाललाई मुटुको पनि समस्या छ । उच्च रक्तचापका कारण कहिलेकाहीँ मुटुमा समस्या देखिन थालेको छ । 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो र महन्थ ठाकुर पनि बिरामी छन् । राजेन्द्र महतो उच्च रक्तचाप र मधुमेहका बिरामी हुन् भने ठाकुर मुटु रोगबाट ग्रसित छन् । ठाकुरले त मुटुमा पेसमेकर नै राखेका छन् । साथै, उनलाई उच्च रक्तचाप र मधुमेह पनि छ ।

 राष्ट्रपति पौडेल १८ चैतमा पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका पौडेल त्यसको ४ दिनपछि अर्थात् २२ चैतमा डिस्चार्ज भएका थिए । त्यसपछि ४ वैशाखमा पौडेल त्रिवि शिक्षण अस्पतालमै पुनः स्वास्थ्य परीक्षण गराउन गएका थिए । त्यस समयमा उनको अल्ट्रासाउन्ड गरिएको थियो । ५ वैशाखमा छातीमा समस्या देखिएपछि पौडेललाई पुनः शिक्षण अस्पताल पु¥याइयो । पौडेलको छातीमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर, छातीमा संक्रमण देखिएपछि नेपालका चिकित्सक र परिवारको सुझावमा उनलाई थप उपचारका लागि ६ वैशाखमा भारत लगियो ।

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्मा १२ दिनको उपचारपछि १७ वैशाखमा पौडेल स्वदेश फर्किएका थिए । पौडल आज फेरी अस्पताल पुगेका छन् ।  

काँग्रैस सभापति देउवा केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका छन् । पेटसम्बन्धी समस्याका कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समयदेखि सिंगापुरमा उपचार गर्दै आएका हुन्  । यसअघि २०७६ जेठमा स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर गएका थिए । देउवाले सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालमा पेटको जाँच गराएका थिए ।

देउवाले २०७० देखि नै सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराउँदै आएका छन् । पेट र उच्च रक्तचापको समस्याबाट देउवा लामो समयदेखि पीडित छन् । पेटको समस्याकै कारण उनले धुम्रपान छोडेका थिए । 

 अर्का बिरामी नेता हुन्, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । ओली, मिर्गौला पीडित हुन् । ओलीले करिब १६ वर्ष पहिले र २०७६ सालमा गरी २ पटक मिर्गौला प्रत्यारोपण गरिसकेका छन् । पहिलो पटक भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका ओलीले उक्त मिर्गौलाले काम गर्न छाडेपछि २१ फागुन, २०७६ सालमा दोस्रो पटक नेपालमै प्रत्यारोपण गराएका थिए । ओलीले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका थिए । 

१८ देखि २७ साउनसम्म उनी मिर्गौलाकै परीक्षण गर्न सिंगापुर पुगेका थिए । सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा परीक्षण गराएर ओली नेपाल फर्किएका थिए । त्यसको १ सातापछि नै ५ भदौमा फेरि उपचारका लागि भन्दै सिंगापुर गएका थिए । त्यस समयमा उनको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि उपचार गरिएको थियो । त्यस समयमा ओली प्रधानमन्त्री रहे पनि उनको उपचार खर्च सरकारबाट नबेहोरिने र निजी खर्चमै सबै उपचार गरिने कुरा उनको सचिवालयले जनाएको थियो ।

यसरि प्रमुख दलहरूका नेताहरू लगातार बिरामी हुँदा देशको ठुलो रकम यिनीहरूको उपचारमा खर्च हुने गरेको छ । यसै  बिचमा विभिन्न पार्टीका नेताहरूले भने स्वदेशमै उपचार गर्ने र उपचारको खर्च आफैले व्यहोर्न बताएका छन् ।

 राज्य को उच्च पदमा बसेका वा जिम्मेवारी सामालेका व्यक्तिहरू बिरामी हुँदा राज्यले उपचारमा सहयोग गर्ने राज्यको जिम्मेवारी हो । तर, पछिल्लो समयमा नेताहरू सामान्य रुघा खोकी लाग्दा उपचारका लागि विदेश जाने गरेको भन्दै उपचारमा राज्य कोषबाट दिइने रकम कटौती गर्नुपर्न आवाजहरू उठ्दै आएका छन् ।  

२०८० असार २ १२:०६ बजे

प्रतिक्रिया