नक्सलबाडी विद्रोहलाई रेड स्टारले यसरी सम्झियो

महान नक्सलबाड़ी विद्रोहको ५६ औं वार्षिकोत्सब - अमर रहोस् , नक्सलबाड़ी विद्रोहको सन्देशलाई दृढतापूर्वक माथि उठाऔं , आरएसएस फासीवादलाई प्रतिरोध गरौं र त्यसलाई उखेलेर फालौं। , जनताको जनवादको लागि संघर्ष गरौं र समाजवाद तर्फ अगाडि बढौं

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २७ ११:३२ बजे
नक्सलवादी विद्रोहिहरुको फोटो

काठमाडौ । भाकपा (माले ) अर्थात नक्सलबाडी बिद्रोहबाट बिकसित कम्युनिष्ट समूहहरुले मई २५ लाई नक्सलबाडी विद्रोह दिवस मनाउँदै आएकाछन । भाकपा ( माले) रेड स्टार पनि नक्सलबाडी बिद्रोहबाट बिकशित भएको पार्टी हो। त्यो पार्टीको महासचिव पि जे जेम्सले नक्सलबाडी विद्रोह दिबसका सन्दर्भमा निकालेको प्रेस बक्तब्यको पूर्ण पाठ यस  प्रकार छ 

             महान नक्सलबाड़ी विद्रोहको  ५६ औं  वार्षिकोत्सब - अमर रहोस्  

१९६७ मइ २५ मा भएको नक्सलबाड़ी विद्रोह भारतीय कम्युनिस्ट आन्दोलनको समग्र इतिहासमा एक ऐतिहासिक मोड़ थियो। जस्तो कि सबैलाई थाहा छ , १९६४ मा  भारतीय कम्युनिस्ट पार्टीको सातौं महाधिवेशनमा अविभाजित कम्युनिस्ट पार्टी भित्र वैचारिक संघर्ष भएको थियो ।  सीपीआईमा विभाजन आयो । भाकपा (मार्क्सवादी) ले कम्युनिस्ट क्रांतिकारीहरुद्वारा उठाइएको वैचारिक-राजनीतिक विषयलाई समाधान गर्न सकेन । परिणामस्वरूप , कामरेड चारु मजूमदार र अन्य नेताहरुको नेतृत्वमा अन्तरास्ट्रिय र राष्ट्रिय दुवै प्रश्नको सम्बन्धमा    १९६४ को विभाजन पछि पनि  भारतीय कम्युनिस्ट पार्टी  (मार्क्सवादी ) को  नेतृत्व द्वारा जारी संशोधनवादी लाइनको  बिरुद्ध वैचारिक संघर्ष जारी रह्यो। 

१९६७ मा  पश्चिम बंगालको  संयुक्त मोर्चा गठबन्धन  सरकारमा  सीपीआई (एम) ले भाग लिए पछि पार्टी भित्रको अन्तरविरोध झनै चर्किएर गयो। गठबन्धन  सरकारको मन्त्रीमण्डलमा  महत्वपूर्ण  मन्त्रालय  अर्थात् गृह मन्त्रालय र  भूमि राजस्व मन्त्रालय सिपिआई एम को भागमा परेको थियो। सत्तारूढ़ शासनको एउटा हिस्साको रुपमा , सीपीआई (एम) नेतृत्व   जमीन कस्को जोत्नेको  भन्ने सिद्धांतका आधारमा  भूमि सुधार लागू गर्ने आफ्नो  पूर्व प्रतिबद्धताबाट  पछाडि हटेको थियो। संक्षेपमा भन्नू पर्दा , यो विषय १९६७ मा नक्सलबाड़ी विद्रोहको तात्कालिक  राजनीतिक सन्दर्भ थियो, राज्यमा सीपीआई (एम) द्वारा सत्ता साझेदारी गरे पछि मुश्किलले केही महिना पछि  सयौं किसानहरुले, जो किसान समितिहरु सहभागी  थिए, जमिनदारका जमीन माथि जबर्जस्त कब्जा गर्न  शुरू गरेका थिए , यहाँ सम्म  कि त्यस राज्य संयन्त्रको पनि विरोध गरेकाथिए, जसको  सीपीआई (एम) पनि एक हिस्सा थियो। यस कारण २५ मई, १९६७ मा दार्जिलिंग जिल्लाको सिलीगुड़ी अनुविभागको नक्सलबाड़ी ब्लकमा पुलिस फायरिंग भयो ,जसमा  ९  महिलाहरु  र  १  बच्चा सहित कैयौं  शहीद हुन पुगे । तथापि , राज्यको दमन र यसमा सीपीआई (एम) को सहभागिताले  आंदोलनलाई कमजोर गराउनुको सट्टा यसलाई अझ गति पनि दियो । 

कम्युनिस्टहरुको नेतृत्वमा नक्सलबाड़ी विद्रोह भएको थियो । जुन विद्रोहमा बंगालका  उत्पीड़ित आदिवासी,भूमिहीन गरीव  र श्रमिकहरुले  मुख्य क्याडर बेस बनाएका थिए ।भारतभरी नै यस किसिमको  संघर्षहरुका लागि   प्रेरणा बनेको थियो । प्रहरीको पाशविक  दमनको बावजूद, नक्सलबाड़ी, खेरीबाड़ी र फांसीदेवा क्षेत्रहरुमा  किसान समितिहरु अगाडि  बढिरहेका थिए र जमिन्दारहरु सित  जमीन, खाद्यान्न र यहाँ सम्म कि गोला-बारूद समेत कब्जा गरेका थिए। । संघर्षको समर्थनमा  चिया बागानका  मजदूरहरु पूरै दिलै देखि अगाडि आए । साच्चै भन्ने हो भने , छोटो समयमा नै , क्रांतिकारीहरुका तर्फबाट   संगठनात्मक पहलको कारण कम्युनिस्ट क्रांतिकारीहरुको अखिल भारतीय समन्वय समिति (ए आई सी सी सी आर ) को गठन हुन पुग्यो। त्यस पछि कानू सन्यालले   १९६९ अप्रील २२ मा  लेनिनको १ सयौं   जन्मदिवसको अवसरमा  कलकत्तामा  एक जनसभामा पार्टी, भाकपा( माले) को गठन भएको घोषणा गरेका थिए। 

यद्यपि , मार्क्सवाद-लेनिनवाद-माओ त्से तुंग विचारलाई आफ्नो  मार्गदर्शक विचारधाराको रूपमा  कायम राख्ने भए तापनि , त्यस बेला  चिनियाँ कम्युनिस्ट पार्टीमा  हावी दुस्साहसवादी लाइनको  प्रभावको  कारण, भाकपा(माले),द्वितीय विश्व युद्ध पछि नव-औपनिवेशिक परिवर्तनको  ठोस मूल्यांकन गर्न  असफल भयो। भाकपा ( माले) ,साम्राज्यवादको मातहत र  साथसाथै भारतमा यसको सम्बन्धमा  वर्ग सम्बन्धहरु र  वर्ग शक्तिहरुमा  हुने  परिवर्तनलाई बुझ्न असमर्थ रह्यो । यसले भारतलाई अर्द्ध-औपनिवेशिक र अर्ध-सामंतीको रुपमा   चित्रण गर्यो र   मुख्य रूपले  दीर्घकालीन जनयुद्ध को  रूपमा जनतालाई संगठित गर्ने नीतिलाई व्यबहारमा ल्यायो।पार्टीले औपनिवेशिक चरणको क्रांतिपूर्व चीन सित  द्वितीय विश्व युद्ध पछिको नवऔपनिवेशिक भारतीय स्थिति सित   तुलना गर्यो । पार्टीले चिनियाँ  क्रांतिको  बाटोको  अंधानुकरण गर्यो।  ऑपरेशन स्टीपलचेज़ अन्तरगत नक्सली खतराबाट समाधानको अंगको  रुपमा  , केन्द्र र राज्य  शासनले १९७१ को सुरुबाट क्रांतिकारीहरुलाई सेना र सीआरपीएफ दुवैलाई  निर्मम दमनको शिकार बनायो । संक्षेपमा , कैयौं बलिदानको बावजूद, राज्यसत्ताको  दमन र  यसको साथै  वाम दुस्साहसवादको प्रभावबाट , १९७० को दशक को शुरुआतमा नै   भाकपा (माले) विभिन्न समूहमा बिभाजन हुन पुग्यो । 

आज हामीले  ऐतिहासिक नक्सलबाड़ी विद्रोह को ५६ औं  वर्षगांठ मनाइरहेका बेला  नवउदारवादी साम्राज्यवाद नवफासीवादको  माध्यमबाट , अधिकतम लाभ र मुनाफा हड़पने आफ्नो  बेरोकटोक अभियानमा छ । पृथ्वीमा  श्रम र  प्रकृतिलाई कॉरपोरेट लूटको कारण  मानवको   अस्तित्वलाई नै खतरामा  पारिरहेकाछन् ।  अर्को तर्फ , कम्युनिस्ट आंदोलन अहिले सम्म पनि उही गंभीर झटकाबाट उठ्न पाएको छैन । राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा कम्युनिस्ट आन्दोलनले त्यो झट्काको सामना गरिरहनु परेकोछ । कम्युनिस्ट आन्दोलनको दक्षिणपंथी अवसरवादी र वाम दुस्साहसवादी भटकावहरुबाट उत्पत्ति भएको  वैचारिक-राजनीतिक र  सांगठनिक झटका र यसको परिणामस्वरूप राष्ट्रीय और अंतर्राष्ट्रीय दुवै परिस्थितिको ठोस मूल्यांकन गर्न असमर्थता भएको हुँदा  शासक वर्गहरुलाई उसको पतनलाई स्थगित गर्न  अत्यधिक सक्षम बनाएको छ , तैपनि विश्व साम्राज्यवादी व्यवस्था संकटबाट  अधिकतम संकट तर्फ गैरहेकोछ र  प्रतिक्रियावादी, रूढ़िवादी बहुसंख्यक बहुसंख्यकवादी विचारधाराहरुको आधारमा र यहाँ सम्म कि उत्तर आधुनिक सिद्धांतहरुद्वारा समर्थित विचारहरुको  माध्यमबाट मजदूर वर्ग र उत्पीड़ितहरुको प्रतिरोधलाई विभाजित र विघटित गर्नको लागि, कॉर्पोरेट पूंजी अब वैश्विक स्तरमा  नवफासीवादको सहारा लिइरहेकोछ । जसको  अभिव्यक्ति विभिन्न देशहरुका ठोस ऐतिहासिक , राजनीतिक आर्थिक परिस्थिति र सामाजिक सांस्कृतिक संदर्भमा अलग अलगछन् ।

यस सन्दर्भमा , भारत संसार भरिमा सबै भन्दा गरीब, उत्पीड़ित र शोषित जनताहरुको सबभन्दा धेरै  संख्या भएको देश हो। मोदी शासनमा आरएसएसको  नव-फासीवादको जनताले सामना गरिरहेका छन् ।जसमा सबै भन्दा  भ्रष्ट कॉर्पोरेट पूंजीले  स्वयमलाई दुनियाको सबै भन्दा  अमानवीय विचारधारा,  ब्राह्मणवादी मनुवादी प्रतिक्रियावादी विचारधारासङ्ग जोड्ने काम गरेकोछ । हिंदु फासीवादीहरुद्वारा परिकल्पित बहुसंख्यक हिंदु राष्ट्र अन्तर्गत अल्पसंख्यहरुलाई  निशाना बनाइरहेका छन, विशेषलतस् मुसलमानहरुलाई अपदस्थ गर्ने , पाखा लगाउने  ,उनीहरुलाई  नागरिकताबाट  वंचित गर्ने , मनुस्मृतिको  आधारमा मेहनतकश भारतीयहरु र  महिलाहरुलाई  अमानवीय अवस्थामा पुर्याउने काम गरिरहेका छन् ।।यो  मनुस्मृतिलाई नै  आरएसएसले  १९४७ मा सत्ता हस्तांतरण पछि  भारतको संविधानको रूपमा  प्रस्तावित गरेको थियो।आरएसएसको  नव फासीवादी शासन अन्तरगत देशमा  समाज भित्र  अत्यधिक घृणा फैलाएका छन् ।सामाजिक  विभाजन र  ध्रुवीकरण गरिरहेकाछन। अल्पसंख्यक र दलितहरु माथि  लगातार हमला गरिरहेका छन । जनसंहार भारतको नियमित विशेषता बन्न गएकोछ। अर्को तफ , भीषण गरीबी, बेरोजगारी, मंहगी र तात्कालिक संकट  , धनाढ्य  , साहुहरुद्वारा अभूतपूर्व धन संचय, असमानता र भ्रष्टाचार चारैतिर  व्याप्त छ । यी सबैको चर्चा केवल सोशल मीडियामा हुन्छ र   मोदी मिडिया द्वारा कहिलै पनि रिपोर्ट गरिदैन । बहुसंख्यक फासीवादी एजेंडाहरुलाई बलपूर्वक थोपर्ने  एक  हिस्साको रूपमा , भारतको बहुराष्ट्रीय, बहुभाषी, बहुसांस्कृतिक, बहु धार्मिक र बहु-नृजातीय चरित्रलाई ध्वस्त गर्ने प्रयास जारी छ । 

यस्तो अप्ठ्यारो  परिस्थितिमा  वीरतापूर्ण नक्सलबाड़ी संघर्षलाई  समर्थन गर्नेहरु र त्यसलाई  स्मरण गर्नेहरु हामी  सबैले आम जनसमुदायका अगाडि आज हाम्रो  कर्तव्यको बारेमा हाम्रो स्पष्ट वुझाई र दृष्टिकोण  राख्न जरुरी छ। तथापि ,आजको  ठोस परिस्थिति अनुसार नक्सलबाड़ी संघर्ष को भावलाई दृढतापूर्वक कायम राख्दै , अर्थात  दीर्घकालीन, जनवादी, रणनीतिक वर्ग हितहरुको पालना गर्नु कम्युनिस्टहरुकोरूपमा, आज हाम्रो सबै भन्दा  आवश्यक र तात्कालिक कार्य हो।  आरएसएसको फासीवादलाई उखेलेर फाल्नका लागि सबै फासीवाद-विरोधी जनवादी शक्तिहरू सित  मिलेर अगाडि बढ्नु पर्दछ । यसलाई अर्को तरिकाबाट हेर्दा खेरी के भन्न सकिन्छ भने  आज आरएसएस फासीवादलाई परास्त गर्नु  अपरिहार्य छ  र त्यो कार्य   जनविरोधी शासन व्यवस्थालाई उँखेलेर फाल्ने हाम्रो  दीर्घकालिक र रणनीतिक क्रांतिकारी कार्यलाई अगाडि बढाउने कार्यसित  अविभाज्यरुपमा जोडिएकोछ । यो अभिभारालाई  नक्सलबाड़ी संघर्षका  नेताहरुद्वारा आधा शताब्दी भन्दा पहिले देखि नै उठाएका थिए । 

जस्तोकि,  भाकपा (माले) रेड स्टारको  १२ औं महाधिवेशनद्वारा  पारित राजनीतिक प्रस्तावमा  स्पष्ट रूपमा  भनिएकोछ ,पार्टीको वैचारिक राजनैतिक लाइनको  आधारमा एकै चोटी  पार्टी, वर्गीय तथा  जन आन्दोलनहरुको निर्माण गर्नु र वर्ग, जाति, लिंग र  समसामयिक  मुद्दामा , नवउदारवादी शासन प्रणाली र घोर  दक्षिणपंथी  कॉर्पोरेट  वा फासीवादी शक्तिहरुका विरुद्ध  एकीकृत रूपबाट संघर्ष शुरू गर्नु अत्यन्त  महत्वपूर्ण कार्य हो। । यसका साथै  नवउदार-कॉरपोरेटीकरणलाई भौतिक र वैचारिक आधारको विरुद्ध एक क्रांतिकारी-वाम कोरको लागि पहल गर्नु पर्दछ । यी दुवै  कार्यभारहरुका साथै आरएसएस  नव-फासीवादको विरुद्धमा  सबै फासीवाद-विरोधी शक्तिहरुको  कार्यनैतिक गठबंधन तैयार गर्नु समयको पुकार हो । सबै दल र संगठन, चाहे उनका वर्ग उन्मुखीकरण जे सुकै होस् , जो फासीवादका विरोधमा छन् , तिनीहरु व्यापक संभव फासीवाद-विरोधी मोर्चाको हिस्सा बन्न सक्दछन। यो आबश्यक छ कि फासीवादका विरुद्धमा  यो कार्यनैतिक गठजोडको हिस्सा हुनेछ , नक्सलबाड़ी विद्रोहको  उत्तराधिकारीकारूपमा , हामीले  मजदूर वर्ग र उत्पीड़ित वर्ग हितको दृष्टिकोणबाट आफ्नो स्वतंत्र  अवस्थालाई दृढतापूर्वक कायम राख्नु पर्दछ । 

यो महत्वपूर्ण स्थितिमा , जब आरएसएस र बीजेपी ले जनता माथि आफ्नो  करपोरेट  आक्रमणलाई विभिन्न तरिकाले  बढाइरहेकाछन र जनताहरुले यिनीहरुलाई घृणा गरिरहेका छन् । विभाजन र सामाजिक ध्रुवीकरणको  फासीवादी राजनीतिका विरुद्ध   असंतोष बढिरहेको छ। हामीले आफ्नो  क्रांतिकारी प्रतिबद्धतालाई  कायम राख्दै नक्सलबाड़ी विद्रोहको चेतनालाई जीवित राख्दै  आगामी आम चुनावमा  मोदी शासनलाई  उखेलेर फाल्ने तत्कालीन लक्ष्य बनाएर अगाडि बढ्नु पर्दछ । यसका साथै शोषणकारी शासन व्यवस्थाको अन्तिम  हारको दिशामा आफ्नो  कार्यलाई  तेज पार्दै जनताको जनवाद र समाजवाद तर्फ अगाडि  बढ़नका लागि आधार  तैयार पार्नुपर्दछ  भनि महासचिव पी. जे .जेम्स ले निकालेको वक्तव्यमा जनाएको छ।


२०८० ज्येष्ठ २७ ११:३२ बजे

प्रतिक्रिया