कार्लमाक्स जन्म जयन्तिको -मशालले दियो शुभकामना

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २२ १४:२१ बजे

  काठमाण्डौ।  आज मई ५ सर्वहारा वर्गका महान नेता कार्ल मार्क्सको २०६ औं जन्म जयन्ती हो। २०६ औं मार्क्स  जयन्तीको सुअवसरमा हामी नेपाल कम्युनिस्ट पार्टी ( मशाल) को तर्फबाट समग्र पार्टी पंक्ति , आमूल परिवर्तनका पक्षधर सम्पूर्ण संघ र संगठन ,समूह र ब्यक्तित्वहरु , न्याय र समानताका लागि संघर्षरत सम्पूर्ण सर्वहारा , मिहेनतकश जनसमुदायमा पार्टी प्रवक्ता ले विज्ञप्ति मार्फत हार्दिक शुभकामना ब्यक्त गरेकाछन।

 विज्ञप्तिमा भनिएको छ   कार्ल मार्क्स जर्मनको त्रीयर नगरमा एक वकिल परिवारमा जन्मनु भएको थियो । सानै उमेर देखि तिक्ष्ण दिमागका मार्क्स युवा उमेरमा हेगेलको दर्शन द्वन्द्ववादबाट प्रभावित हुनुहुन्थ्यो ।  उहाँले  फायरवाखको भौतिकवादको पनि अध्ययन गर्नु भयो।  उहाँले फायरबाखको भौतिकवाद र हेगेलको द्वन्द्ववादमा रहेका गलत पक्षलाई हटाई ती दुवै दर्शनलाई मिलाएर त्यसलाई अझ विकशित गरी नयाँ दर्शन द्वन्द्वात्मक भैतिकवादको निर्माण गर्नु भयो। मानव समाज विकासको इतिहासमा द्वन्द्वात्मक भौतिकवादलाई प्रयोग गर्दा  मौलिक दर्शन ऐतिहासिक भैतिकवादको निर्माण हुन पुग्यो। द्वन्द्वात्मक भैतिकवाद र ऐतिहासिक भौतिकवादलाई समष्टिगतरुपमा मार्क्सवादी दर्शन भनिन्छ । मार्क्सवादी दर्शन सर्वहारा शोषित पीडित वर्गको मुक्तिको दर्शन हो। 

अर्थशास्त्रको क्षेत्रमा पनि मार्क्सको अतुलनीय योगदान रहेकोछ ।  राजनीतिक अर्थशास्त्रको आलोचना पूँजीू जस्ता महान कृतिका लेखक कार्ल मार्क्सले पुँजीवादी शोषणकोबारेमा ब्यापकतम विश्लेषण गर्नुको साथै पुँजीवादी शोषणको अन्त्य भइ बैज्ञानिक समाजवादको स्थापना हुने निष्कर्ष  निकाल्नु भएकोछ । शास्त्रीय पुँजीवादी अर्थशास्त्रीहरुले मालको मूल्य सामुहिक परिश्रमको उपज बताए पनि मालको वितरणमा असमानता र स्वामित्वमा निजीत्वको पक्षपोषण गरेका थिए । मार्क्स सामुहिकता र समनाताको पक्षमा जीवन भर संघर्ष गर्नु भयो ।

सन् १८४८ मा मार्क्स र एङ्गेल्स लिखित कम्युनिस्ट पार्टीको घोषणा - पत्र प्रकाशन सँगै विश्व कम्युनिस्ट आन्दोलनको सुरुवात भएको थियो। काल्पनिक समाजवादीहरुले धार्मिक प्रचार ,अपिलकै भरमा पुँजीपतिहरुले सम्पत्ति मोह त्याग्ने छन् ,सम्पत्तिको सामुहिकीकरण हुनेछ र समाजवाद आउनेछ भन्ने ठान्दथे । सम्पत्तिको संरक्षण गर्न पुँजीपति वर्गले राज्य सत्ता कब्जा गरेर बसेको हुँदा धार्मिक प्रचार  र अपिल गरेर हैन वर्ग संघर्षको माध्यमबाट बलपूर्वक सर्वहारा वर्गले पुँजीपति वर्गको हातको  सत्ता कब्जा गरी  समाजवाद लागु गर्नु पर्दछ भन्ने मार्क्सको भनाइ थियो । प्राप्त सर्वहारा सत्तालाई गुम्न नदिन सर्वहारा वर्गको अधिनायकवाद कायम गर्नु पर्दछ भन्ने मार्क्सको भनाइ थियो।दर्शन ,अर्थशास्त्र र समाजवाद( राजनीति ) मा मार्क्सले जुन योगदान दिनु भयो त्यसमा उहाँको जीवनका अनोन्य मित्र फ्रेडरिक एङ्गेल्सको निकै ठूलो योगदान रहेकोछ । त्यसैले मार्क्स र एङ्गेल्सको विचारलाई समग्रमा मार्क्सवाद भनिन्छ। मार्क्सले मानव जातिको निम्ति जुन वैचारिक योगदान दिनु भयो ।त्यसमा जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि साथ - सहयोग दिने मार्क्सकी जीवन साथी जेनी मार्क्सको योगदान पनि स्मरणीय छ । 

मार्क्सवाद अध्ययनको विषय मात्र हैन ।यो कार्यको पथपर्दर्शक हो ।अनुसन्धान पद्धति र जीवन पद्धति पनि हो। मार्क्सवाद विज्ञान हो। यसका सार्वभौम मान्यताहरुलाई आत्मसात  गर्दै मार्क्सवादलाई विकशित तुल्याउने काम हुँदै आएकोछ । लेनिन ,स्टालिन ,माओ लगायतका विश्व कम्युनिस्ट आन्दोलनका नेताहरुको अगुवाईमा शोषित पीडित वर्गले मार्क्सवादलाई समृद्ध तुल्याँदै आएका छन।  वदलिदो परिस्थितिमा मार्क्सवादलाई अरु विकशित बनाउँदै जानू पर्ने आजको आवश्यकता हो।

प्रतिक्रियावादी र अवसरवादीहरुले मार्क्सवादको मूलभूत सिद्धान्त पुरानो भएको , अबको दुनियाँमा यसले कार्यको पथपर्दर्शन गर्न नसक्ने भनेर  भ्रम फैलाइरहेकाछन । आफ्नो प्रतिक्रियावादी एवम अवसरवादी चेहरालाई छुपाउन उनीहरुले मार्क्सवाद माथि त्यसप्रकारले आक्रमण गरेका हुन। पुँजीवादी तथा  साम्राज्यवादी संकट समाधान गर्नै नसक्ने गरी गहिरिदै गएकोछ ।  कम्युनिस्ट घोषणा पत्रमा भनिए जस्तै पुजीवादको गर्भबाट नै समाजवादको जन्म हुनेछ । मार्क्स जयन्तीले यही सन्देश  बोकेको छ ।   मार्क्सवादको आधारभूत मान्यताहरुलाई आतमासात गर्दै क्रान्तिकारी आन्दोलनको दिशामा अगाडि बढेमा नै मार्क्स जयन्तीको सार्थकता रहने छ  भनि पार्टी प्रवक्ता राम वहादुर वुढाले  आज एक विज्ञप्ति  मार्फत वताएका छन।


२०८० वैशाख २२ १४:२१ बजे

प्रतिक्रिया