धर्म र धार्मिक चेतना: एक ऐतिहासिक भौतिकवादी विवेचना

धर्म र धार्मिक चेतना: एक ऐतिहासिक भौतिकवादी विवेचना

bimbonline परि थापा
२०७९ साउन २७ १६:०८ बजे
-परि थापा

 भाग-३

धर्म र ईश्वरको परिकल्पना: 

ईश्वर भनेको एउटा अलौकिक सर्वशक्तिमान सत्ता (अस्तितत्व) को काल्पानिक अवधारणा हो, जसले यो संसार (विश्व) को सृजना गरेकोहो र त्यसलाई शासन गरेकोछ भन्ने अनुमान गरिएको हुन्छ। यहुदीले जेहोवाह लाई, ईस्लामले अल्लाह लाई, क्रिश्चियनले पवित्र त्रिएक (trinity) (पित्रेश्वर, पुत्रेश्वर र पवित्र भूतेश्वर-आदि लाई ईश्वर मान्दछन। ईश्वर सम्बन्धि अवधारणाले आधुनिक धर्मको रुपहरुको आधार निरुपण गर्दछ जबकि धर्मको शुरुवाती विकासको चरणहरुमा, जसमा जीवात्मावाद ((Animism), उत्प्रेरणावाद (Fetishism),गणचिन्हवाद (Totemism)आदि पर्दछन, त्यहां यस्तो अवधारणा विद्यमान थिएन। कबिलाई र जातीय (राष्ट्रीय) ईश्वरहरुको अवधारणाहरु भने आदिम सामुदायिक प्रणालीको विघटन, कबिलाई संघहरुको विकास र वर्गहरुको एवम् राज्यको उत्पत्ति भएसंगै अस्तितत्वमा आएको हो। एउटा एकल र सर्वशक्तिमान भगवानरईश्वर, देवीरदेवता, स्वर्गाधिपति सम्बन्धी अवधारणाले “एउटा एकल पूर्वीय तानाशाहको प्रतिरूप” को रुपमा आकार ग्रहण गर्यो(एंगेल्स)।

ईश्वरले मान्छे बनाउंदैन, मान्छेले नै ईश्वर बनाउंदछ अथवा आफु स्वयम्का लागि ईश्वर बनाउंदछ। मान्छेले आफ्नै स्वरुपमा ईश्वरको सिर्जना गर्न पुग्यो, ईश्वरले आफ्नै स्वरुपमा मान्छे बनाएको होइन। जर्मन दार्शनिक फ्रेडरिक नित्से (१८४४-१९००) ले सर्वप्रथम ईश्वरको मृत्युको घोषणा गरेका थिए। समग्र प्राणी जगतमा मानिस मात्र त्यस्तो जीव हो, जस्ले ‘ईश्वर’ भनिने अस्तित्वहिन काल्पनिक विषयमा हजारौं बर्ष देखि अनावश्यक झन्झट बेहोर्दै आएकोछ र विभिन्न ‘धार्मिक’ समुहमा विभाजित हुंदै आएकोछ। त्यहि कारणले गर्दा निरन्तररुपमा सबैभन्दा धेरै अनावश्यक लडाईं(झगडा एवं हत्या(हिंसा सहन वाध्य भएकोछ। धर्मशास्त्रले ईश्वरको अस्तित्वलाई दार्शनिकरुपले प्रमाणित गर्न, यस्तो विचारलाई सुशोभित र आच्छादन गर्न, ईश्वरलाई एक निरपेक्ष विचार, एक सार्विक इच्छा, एक किसिमको अवैयक्तिक तर्कसंगत सिद्धान्तको रुपमा प्रमाणित गर्न आद्यात्मवादको सहारा लिन्छ। 

मार्क्सवादले ईश्वर सम्बन्धी यस्तो विचार र यसलाई प्रतिरक्षा गर्ने सम्पूर्ण प्रयत्नहरु आधारहीनछन् भन्ने कुरोलई पूर्णरूपेणस् स्पष्ट पारेकोछ र सम्पूर्ण प्राकृतिक एवम् समाजशास्त्रहरुको विकासले संपुष्टि गरेकाछन। 

लेनिनले लेखेकाछन, ईश्वर (इतिहास र वास्तविक जीवनमा नै) भनेको मानिसलाई बर्बरता पूर्वक पराधिन तुल्याउने बाह्य प्राकृतिक र वर्गीय दुबै अंकुश मार्फत उत्पन्न गराईएका त्यसता विचारहरु हुन, जसले त्यसतो पराधिनतालाई सुढृढ तुल्याउंछ, वर्ग संघर्षलाई निद्रामय सन्नटामा पुर्याउंछ (लठ्याएर सुताउंछ), जुन त्यसको सबैभन्दा पहिलो जटिलतम विचार हो।”(५) यस सन्दर्भमा कार्ल मार्क्सले धर्मलाई अफिमको संज्ञा दिंदै यसरी उल्लेख गरेकाछन, “मान्छेले धर्म बनाउंदछ, धर्मले मान्छे बनाउंदैन... धर्म भनेको उत्पीडित प्राणीको उच्छ्वास हो, हृदयहीन संसारको हृदय हो, अनि आत्माहीन अवस्थाको आत्मा हो। यो जनसमुदायका निम्ति अफिम हो।”(६) त्यसको तात्पर्य भनेको धर्म मानिसकालागि एक नशालु पदार्थ (अफिम) जस्तै हो जसको काम धार्मिक अन्धतामा लठ्याएर राख्ने नै हो।

क्रमश...

२०७९ साउन २७ १६:०८ बजे

प्रतिक्रिया