अधिकांस क्षेत्रमा पत्रकारिता मागीखाने भांडोको रुपमा चित्रित हुनथालेको छ- डि.आर. पन्त वरिष्ठ पत्रकार

अपमानित मात्र होइन प्रशासन र राज्यवाट थुनिएको , प्रशासनले थुप्रैपटक वयान लिएको र न्यायधिशका बिषयमा समाचार लेख्दा अदालतको अवहेलनामा मुद्दा खेप्नु परेका तिता स्मरण पनि ताजा छन।

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ३० १५:२७ बजे
वरिष्ठपत्रकार डि.आर. पन्त


धनगढी फाल्गुन ३० गते।सुदूरपश्चिम लाइ कर्मथलो वनाएर लामो समय देखि पत्रकारिता क्षेत्रमा कार्यरथ वरिष्ठ पत्रकार एव कान्तिपुरका उपसम्पादक डि.आर. पन्त पुराना पत्रकार मध्येका एक हुन। जिवनभर उहाँले पत्रकारिता वाहेक अरु क्षेत्रमा खासै काम गर्नु भएन।पत्रकारिता क्षेत्रको लामो अनुभव अनुभुति आर्जन गर्नु भएका उनै डि.आर. पन्त सँग बिम्व अनलाइनका लाल वहादुर जाग्रीले गरेको कुराकानीका सम्पादीत अँशहरु-

लामो समय देखि  कान्तिपुर मा काम गर्दै आउनु भयो तर  तपाइले सादकी जिवन विताइ रहनुभएको छ । यसको प्रेरणाको स्रोत केहो?

.म संस्कृतको बिद्यार्थी हुं , बिद्यालय स्तरमा अध्ययन गर्दा नै हामीले मिर्मिरे नामक वार्षिक पत्रिका निकाल्ने गथ्र्यौं । पछि अध्ययनकै सिलसिलामा हरिद्धारमा जनता अश्वमेघ नामक साप्ताहिक पत्रिकामा काम गर्न थाले । देहरादूनवाट त्यतिवेला प्रकासित हुने युवराज हिमालीको दूनदर्पणमा पनि काम गर्ने अवसर मिल्यो । पछि उत्तरमध्यमाको परिक्षा दिएर घर फर्कंदा महेन्द्रनगरमा आदरणीय गुरु तेजबहादुर भण्डारीले संचालन गरेको जनमानस साप्ताहिकमा काम गर्ने अवसर मिल्यो । ब्यबसायिक रुपमा जनमानस साप्ताहिकवाट मैले पत्रकारिता सुरु गरे जो अहिलेसम्म निरन्तर जारी छ । सुदूरपश्चिममा कांग्रेस ,एमाले, राप्रपाका मुखपत्र जस्ता पत्रिका थिए । पहिलो पटक मेरो सम्पादनमा नयांमुलुक साप्ताहिक प्रकाशन सुरु गरेपछि यो क्षेत्रमा पत्रकारिता पार्टीको लागि मात्र होइन जनताका लागि हो भन्ने कुरा सर्वसाधारणले बुझ्ने मौका पाएका हुन । त्यो भन्दा अघि यस्ता अभ्यास सुदूरपश्चिममा भएको थिएन । नयांमुलुक साप्ताहिकले सवैका कुरा स्वतन्त्र रुपमा लेख्न थालेपछि राजनैतिक धारका पत्रपत्रिका पनि ब्यबसायिक हुन वाध्य भएका हुन । म सँस्कृतको विधार्थी भएको हुदा म लाइ आध्यात्मावादी चिन्तन र पुर्विया दर्शनको प्रभावले सादा जिवन जिउने प्रेरणा दिएको हो। 

तपाइले पत्रकारीता सुरु गर्दा र आजको पत्रकारिता मा के फरक पाउनु भएको छ ?

 मैले पत्रकारिता सुरुगर्दा २०४९, २०५० तिर भर्खर पत्रकारिताले ब्यबसायिक रुपमा वामे सर्ने मौका पाएको थियो । तर पनि प्रजातन्त्र आएपछि केही बर्ष पार्टी पत्रकारिताले हामी सवै प्रभाबित थियौं । मलाइ लाग्छ २०५५ यता आएर मात्र नेपालमा पूर्ण रुपमा ब्यबसायिक पत्रकारिताको थालनी भएको हो । त्यो समय वडो कठिन समय थियो पत्रकारिताका लागि । तर अहिले जस्तो पत्रकारितामा रहेको वेथिति त्यो वेला थिएन । मिशन पत्रकारिताको युग सकिएर ब्यबसायिकता तिर उन्मुख पत्रकारिता भएकाले मिशन पत्रकारिता गर्ने पत्रकारका अग्रजहरुमा उत्तरदायित्व थियो । जनताले सूचना पाउनु पर्छ भन्ने निस्वार्थ भावना थियो । अहिले पत्रकारितामा देखिएका बिकृति त्यो वेला थिएन ।

समाचार लेखेका कारण कुनै यातना वा अपमान खेप्नु भएको छ कि ?

 सामाचार लेखेकै कारण दुःख पाएका थुप्रै घटनाहरु छन । अपमानित मात्र होइन प्रशासन र राज्यवाट थुनिएको स्मरण पनि छ । प्रशासनले थुप्रैपटक वयान लिएका स्मरण पनि छन । न्यायधिशका बिषयमा समाचार लेख्दा अदालतको अवहेलनामा मुद्दा खेप्नु परेका स्मरण पनि छन ।

बिग मिडियाहरुले सत्ता र शक्तिका कुरा मात्र लेख्छ वोल्छ ? भुइमान्छेका दुःख पिडा सँग कुनै साइनो सम्वन्ध राख्दैन भन्ने आरोप वारे के भन्नु हुन्छ ?

मलाइ त्यसो लाग्दैन । सम्पादकीय स्वतन्त्रता अन्य मुलुक( हाम्रा छिमेकी देशहरु ) भन्दा नेपालमा वढी छ । प्रकासन गृहमा लगानी गर्ने लगानीकर्ताहरुको आफ्नो ब्यबसायिक स्वार्थ अनुरुप त्यस्ता घटना नदेखिएका होइनन तर मोफलसलवाट काम गर्ने हामी जस्ता सम्वाददाताहरुले सर्वसाधारणका बिषयमा उठाएका थुप्रै मुद्दाका कारण भुई मान्छेले न्याय पाएका थुप्रै स्मरण मसंग पनि छन । शत्ता र शक्तिको प्रभावमा विग मिडीया परेनन भनेर म भन्दैन तर त्यो संगै मिडीयाले उठान गरेका बिषय राष्टिय वहसका बिषय वनेका छन । बिग मिडीयाहरुले सिर्जना गरेको जनमतका कारण राजनैतिक सामाजिक परिवर्तनका थुप्रै मुद्दाहरु स्थापित भएका छन ।

पत्रकारिता भनेकै के हो ? अव कसरी यसले अगाडी वढ्नु पर्छ होला ?

जनतालाइ सूचना दिने , जनताको सुसुचित हुने अधिकार स्थापित गर्ने , सामाजिक आर्थिक परिवर्तनका लागि सूचना प्रवाह गर्ने , सकारात्मक परिवर्तनका लागि जनमत सिर्जना गर्ने , राज्यलाइ जनता प्रति उत्तरदायी वनाउने , समग्रमा जनताका लागि उत्तदायी पुर्ण काम गर्ने पेशा पत्रकारिता हो जस्तो लाग्छ । 

 तपाइको अरु केहि भन्नु छ की ?

 अहिले पत्रकारिता प्रति जनताको बिश्वासमा कमि आएको छ । पत्रकारीताको परिभाषा नै परिवर्तन हुन थालेको छ । समाजले पत्रकारितालाइ बुझ्ने दृष्टीकोण नै परिवर्तन हुन थालेको छ । अधिकांस क्षेत्रमा पत्रकारिता मागीखाने भांडोको रुपमा चित्रित हुन थालेको छ । नयां पुस्ताले पत्रकारितालाइ हेर्ने दृष्टीकोण राम्रो देखिएको छैन । यो हाम्रा आचरण, चरित्र र ब्यबहारका कारण यसो भइरहेको हो । यो प्रति हामी गम्भीर हुनु जरुरी छ । मूलधारका मिडीयाहरुले यो बिषयमा सोच्नु आवश्यक छ । ब्यबसायिक पत्रकारहरुले पनि यस बिषयमा गम्भीर हुन सकेनन भने समस्या झन झांगीदै जाने छ ।जस्ले पत्रकारिता प्रतिको विश्वास आम जनतामा गुम्दै जाने देखिएको छ ।



२०७९ फागुन ३० १५:२७ बजे

प्रतिक्रिया