कहाँ हुन्छ समानता, न्याय र धर्म ?

bimbonline नरेन्द्र देवकोटा
२०७९ फागुन २७ ११:२५ बजे

जहाँ दार्शनिक मान्यता हुन्छ

त्यहाँ सिद्धान्त रहेको हुन्छ

जहाँ केही न केहि सिद्धान्त हुन्छ

त्यहाँ सकरात्मक ज्ञान रहेको हुन्छ

जहाँ सकरात्क ज्ञान रहेको हुन्छ

त्यहाँ धारण गर्न योग्य नियम हुन्छ

जहाँ धारण गर्न योग्य नियम हुन्छ

त्यहाँ सभ्य गुणकारी सँसार हुन्छ

जहाँ सभ्य गुणकारी सँसार हुन्छ

त्यहाँ समानता, न्याय र धर्म हुन्छ ।


धर्म भित्र सामाजिक बिज्ञान हुन्छ

सामाजिक बिज्ञान भित्र विधान हुन्छ

विधान भित्र कानुन निर्माण,

कानुन कार्यान्यन र दण्ड हुन्छ

अनि त्यहाँ कानून कार्यान्वयन गर्ने र

दण्ड गर्ने छुट्टै निकाय हुन्छ

यसबाटै सभ्य समाज बनेको हुन्छ

जसबाट राज्यका हरेक ब्यवहार 

सबैका लागि पाच्य भइ सञ्चालित हुन्छन् 

यो सबै क्रियाकलापको सार हो धर्म ।


धर्म मै हुन्छ सदाचार, आचार र ब्यवहार

सदाचारमा छन् समानता र परिवर्तनशीलता

आचारमा आफैलाई सञ्चालन गर्ने मूल्य हुन्छन्

ब्यवहारमा राज्यका नियम हुन्छन्

सदाचार, आचार र व्यवहार एकअर्काका बिरोधी नभई

एक आपसमा अन्तर्निहित हुन्छन्

जसको सार हो धर्म, 

जब यिनको पालना हुँदैन भने 

कहाँ छ हामीले पालन गर्ने 

सामाजिक मुूल्य मान्यता र बिज्ञान ?

कहाँ छ समानता, न्याय र धर्म ?



२०७९ फागुन २७ ११:२५ बजे

प्रतिक्रिया