आमा तपाईंको मृत्युको १८० महिना यसरी सम्झेको छु।मजदुर दिवसको सन्दर्भमा आमा डिल कुमारी थापा प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु।आमा तपाईंको मृत्युको दिनले मलाई हरवर्षको मे १ मजदुर दिवसको दिन हजुरलाई सम्झने मौका मिलि रहेको छ।
यसमा तपाईंको श्रमिक यात्राले हामी र मलाई पनि मजदुर एकतामा सगाउनुमा ठुलो भुमिका भएको म महसुस गरेको छु । तपाईंको जन्म र मृत्युको दिनले पनि म तपाईंको सन्तान भएर जन्मेकोमा मलाई गर्भ लाग्छ। जहाँसम्म कि हाम्रो समाजमा पनि दुःखी गरिब मजदुर किसान भरिया ज्यामीहरुले अपहेलित जीवन बिताउन परिरहेको अवस्थामा तपाईंले हामीलाई मजदुरी गरि हाम्रो पालन पोषण गर्नु भयो।
त्यो समय धेरै कष्टकर अवस्थामा दौडिरहेको थियोे जहाँ कि कसैले कसैलाई सहयोग गर्ने भावनात्मक बिकास भएको थिएन। त्यस माथि हामी भर्खरै भारत बाट नेपाल आएको अवस्थाले पनि अतिनै कष्टकर अवस्था हामीमा आई परेको थियोे ।जहाँ हामी सानै थियौं तपाईंलाई सघाउने त्यति ठुलो हामी मा पहुँच थिएन । म भने तपाईंको हर कदमलाई नियालेर हेरी रहेको हुन्थे तपाईंको श्रम देखेर मलाई उर्जा पलाई रहेको महसुस गरेको हुन्थे ।जहाँ तपाईंको अवस्था देखेर सघाउनुको सट्टा चार पाथि गहुँ दिएर हामीलाई छुट्टाई दिनु भएको थियोे। यो सबै म नियालेर हेरिरहेको हुन्थे आमाको यो साहस र आटँले नै हाम्रो जीवनमा उर्जा भरिरहेको छ। मलाई आक्रमणको आगो भित्र भित्रै बलेको भैरहन्थियौं कि यो अन्यायको पुर्णरुपमा म प्रतिकार गर्न सके तपाईलाई सहयोग हुने थियोे भन्दै म मन भित्रको आक्रोश बालि रहेको हुन्थे तर पनि तपाईंको हारको महसुस म कहिलै भेट्न सकेना आमा तपाईं हरपल हाम्रो लागि ठुलो संघर्षरत रहनु भयो तपाईंको संघर्षरत यात्रामा म र हामी सधैं कटिबद्ध रहने छौँ कि मजदुर किसान ज्यामी दुखि गरिब सबैको अधिकार सम्मान रुपमा प्राप्तिको लागि हाम्रो मजदुर एकता हमेसा अगाडि लम्किरहेको छ
आमा तपाईंको मृत्युको दिन हामी एकता समाजको आयोजनामा मजदुर दिवस वनाउन हाम्रो निवासमा नै सुचित गरेका थियौं तर तपाईंको यो संसार बाट बिदा हुने दिन भयो जुन दिन १८ मे २०१०(१८वैशाख २०६७)हामी सबैलाई शोकमा घेरा बन्दी भयौं मजदुर दिवसको कार्यक्रम लाई शोक सभामा बदल्न बाध्य भयौं
आमा तपाईं संग बाचा गरेको जुन कार्य थियोे त्यो म पूरा गरेको छु जुन हो काजकृया गर्ने छैन भनेको हामी भाई साइलो , सईली बुहारी , जेठी बुहारी म हामी त्यो कु संस्कारको बिपरित बाटोबाट अगाडि बढेका हौं म भनेको थिए आमा म तपाईंको कृया गर्ने छैन जिबित छदा नै जे गर्नु थियोे त्यो गर्न नसके पछि कपाल खौरेर के हुन्छ ? हामी सबै समाजका अगुवाहरुले पनि बुझ्नु पर्ने अवस्था छ। यहाँ जहाँसम्म हामी यो अन्धोपन लाई उज्यालो तिर मोड्दैनौ तब सम्म समाजमा आफुले आफुलाई बदलिँदो समय परिस्थिति संग बदलन सक्दैनौं तबसम्म हाम्रो अवस्थामा ठेस आइरहेको हुनेछ ।
आमा तपाईंको सम्झनामा म हरेक मजदुर दिवसको दिन सानो सन्देश प्रवाह गरेको हुनेछु तपाई र मजदुरको बिचमा एकरुपता रहेको महसुस गरेका छौँ । त्यो मृत्युको दिनले पनि हामी लाई सम्झाई रहेको छ।
प्रतिक्रिया