क्रान्तिकारीपार्टीहरु विचको एकता ; आजको आवश्यकता

कसैको इश्या कुण्ठा र क्रान्तिकारी विचार विरुध्दका कुरा ले न त क्रान्तिकारीहरु विचको एकता नै रोकिन्छ न त क्रान्तिकारी परिवर्तन नै छेकिन्छ। त्यसैगरी क्रान्तिकारीहरुका विचको एकता लाइ असफल पार्न जो जसले जहाँसुकैवाट जे जस्तो हर्कत गरे पनि यो क्रान्तिको यात्रा निरन्तर वेगका साथ अगाडी वढ्ने छ वढिरहने छ।

bimbonline लाल वहादुर जाग्री
२०७९ फागुन १७ १५:५७ बजे

नेपालमा अहिले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन कमजोर रहेको र कम्युनिष्ट नामधारी दक्षिणपन्थिहरु नै हावि रहेको हुदा जनतत्र, जनजिविका र राष्टियताको आन्दोलन अत्यन्त कमजोर रहि  मुलतः भारतिय विस्तारवाद र अमेरिकी साम्राज्यवादीका दलाल पार्टीहरुले नेपालको शासन सञ्चालन गरेको हुदा एमसिसि जस्ता देशद्रोही सन्धि पास गरेर कार्यान्वयन गर्दै छन। सन १९५० को नेपाल-- भारत विचकोअसमान सन्धिले नेपाललाइ भारतको अर्धउपनिवेश वनायो ।त्यसैगरी अहिलेको एमसिसि सम्झौताले अमेरिकाको पनि नेपाल अर्ध उपनिवेश वनाउदै छ। प्रचण्ड सरकारले नेपालीहरु नै आफ्नै देशमा अल्पमतमा पर्ने राष्टृधाति नागरिकता विधेयक  पास गर्ने छन। यसमा एमाले ,काग्रेस ,माके सवैको सहमति छ।देशको आन्तरिक स्रोतले कर्मचारी को तलव सम्म दिन नसकिने  आर्थिक टाटपल्टिने अवस्थामा देशको अर्थतत्र रहेको छ । देशलाइ यो अवस्थामा पुर्याउने भुमिका यिनै दलाल पार्टी नेपाली काग्रेस, एमाले, माके लगायत सँसदवादी पार्टीहरुको नै रहेको छ।यस्तो अवस्थाको राष्टको अर्थतत्र,सार्वभौमिकता र अखण्डताको सुरक्षा र नयाँजनवादी क्रान्ति गर्दै समाजवादमा जानका लागी नेपालमा रहेका क्रान्तिकारी पार्टी, समुह, व्यक्ति व्यक्तित्वहरु छिन्न भिन्न भएर होइन एकजुट हुनु पर्ने आजको परिस्थितजन्य आवश्यकता रहेको छ।यसै सन्दर्भमा नेकपा(मशाल) , नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा (वहुमत) का विच पार्टी एकताको छलफल चलिरहेको कुरा वाहिर आएको छ।

क्रान्तिकारीहरुसँग आत्मागत अवस्था मजवुत पार्नका लागी दुइवटा विकल्पहरु रहेको छन। सिदान्त ,विचार ,राजनितिक कार्यदिशा मिल्नेहरुका विच पार्टी एकता गर्नु र आ-आफुले देशव्यापी सँघर्ष गरेर सँगठन निर्माण गरि आत्मागत अवस्था लाइ सुद्ढपार्नु वा दुवै विकल्प सँ-सँगै अवलम्वन गरेर जानुपर्छ। दक्षिणपन्थिहरु मध्येका एमाले र माओवादी केन्द्र को इतिहास हेर्ने हो भन्ने अहिलेको एमाले मुलतः २०२८ सालको झाफा विद्रोहको लिगेसी हो। २०२८ सालको एक एरिया,एक स्वाक्वर एक एक्सन भन्ने नाराका साथ शुरु गरेको झापा विद्रोहको असफलता पछि झापा ,मोरंङ,इलाम,सिराहा,वारा र सिन्धुपाल्चोकका केहि कार्यकर्ताहरु २०३२ साल जेठ २४ र २५ गते विराटनगरमा भुमिगतरुपमा भेला भइ अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअडिनेशन गठन गरे। २०३५ साल भाद्र १४ गते पुष्पलाल समुह वाट अलग भइ निर्माण गरेको मुक्तिमोर्चा समुह, २०३५ भाद्र २६ गते पुर्वको रातो झण्डा समुह,२०३५ मसिर २७ गते पश्चिमको रातो झण्डा(सन्देश) समुह कोकेमा आवध्द भए पछि २०३५ साल पौष ११देखि १७ गते को राष्टिय सम्मेलनले नेकपा(माले) र २०४९ सालमा नेकपा (माले )  र नेकपा(माक्सवादी) विच पार्टी एकता भएर हालको नेकपा ( एमाले) भएको हो।  

नेकपा(माओवादीकेन्द्र) को पृष्टभुमी भनेको २०२८ साल मसिर २० गतेमा गठन भएको केन्द्रिय न्युक्लियस ले २ वर्ष सम्म  अन्तरपार्टी फोरम सञ्चालन गरेर २०३१ भद्रौ ३० देखि असोज ७ गते सम्म वनारसमा पार्टीको महाधिवेश गरि नेकपा (चौथो महाधिवेश) नामको पार्टी गठन गरियो। मोहन विक्रम सिहले नेतृत्वमा २०४० साल कार्तिकमा गोरखपुरमा राष्टिय सम्मेलन आयोजना गरी नेकपा(मशाल) को स्थापना गरे पछि २०४० साल फाल्गुनमा निर्मल लामा को नेतृत्वमा नेकपा(चौम) को स्थापना गरे। नेकपा(मशाल) पनि २०४२ साल चैत्र २५ देखि २८ गते सम्म गोरखपुरमा छुट्टै मोहनविक्रमले राष्टिय सम्मेलन गरेर  नेकपा(मसाल) स्थापना गरे पछि विधिवतरुपमा   विभाजन भयो।   मोहन वैधले नेतृत्व रहेको नेकपा(मशाल) र नेकपा(चौम),विद्रोहि मसाल, सर्वहारावादी श्रमिक सगठन,नेकपा(जनमुखी)  विच पार्टी एकता गरि नेकपा(एकताकेन्द्र) निर्माण र २०५१ साल जेठ १६देखि २१ को राष्टिय सम्मेलनले एकताकेन्द्र विभाजन भइ नेकपा(माओवादी) गठन गरेको हो। जसको नेतृत्व प्रचण्डले गरिरहेको छन। आज सम्म यस्मा पनि कयौ विभाजन र विखण्डन हुनुका साथै एमाले र माओवादीकेन्द्र को नेतृत्व प्रतिक्रियावादी वर्गमा पतन भइसक्दा पनि यिनै भित्र रहेका नयाँजनवादी र समाजवादक्रान्ति पक्षधर  कार्यकार्ताहरु   भ्रम वाट  मुक्त गर्न सकेका छैन्न।

अहिले नेकपा(मशाल), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (वहुमत) विच पार्टी एकताको छलफल चलिरहेको छ। यिपार्टीहरु नितान्त नयाँ र फरक फरक पार्टी नभइ मशाल पार्टी वाट विभित्र अवस्था , परिस्थिति र परिवेशमा भिन्न हुनगएका पार्टीहरु हुन । अर्को शव्दमा भन्नु पर्दा एउटै नदि वग्नेक्रममा सो नदिका अलग-अलग हुन गएका धारहरु  हुन। नदिको मुहान वाट मग्ने पानी उही हो  मात्र धारहरु फरक हुन । यिपार्टीहरु विच एकताको प्रकियामा छलफल चलिरहेको अवस्थामा मोहन विक्रम सिहले भन्ने हामी वाट विभाजित हुनेहरु कसैले पनि  पार्टी चलाउन सक्दैन मोहन वैधमा गएर विलय हुनेछन्न भने हाम्रो भविश्यवाणि पुष्टिहुदैछ भनि मसाल भित्रका इमान्दार व्यक्तिहरु लाइ भ्रम छरिरहेकाछन। हामीले कुनै गाइ पालेमा सो गाइको दुध खानका लागी पाल्छौ। दुध नदिने थारो गाइ पार्नुको कुनै अर्थ हुदैन । मोहनबिक्रम सिहको पार्टी के का लागी हो ?  न एक्लै पार्टीको विकास गरेर क्रान्ति गर्न सक्ने ? न विचार सिदान्त र कार्यदिशा मिल्ने पार्टीहरु सँग एकता गरेर क्रान्तिकारी आन्दोलन लाइ अगाडी वढाउन सक्ने ? पार्टी निर्माणको लक्ष्य भन्ने को नयाँजनवादी क्रान्ति गरेर सत्ता प्राप्त गर्नका लागी हो भन्ने उल्टो वाटोको यात्रा किन ? उहाँहरुको सँसदीय मोर्चामा कुनै दिन छ जना साँसद थिए त्यसवाट घटेर  तिन जना भए सो वाटपनि घटेर एक जनामा सिमित रहनु परेको छ त्यो पनि काग्रेसको टेकामा प्राप्त गरेको साँसद हो। विशाल सभाको त कुरै नगरौ  कोणसभा  सम्म गर्न नसकिने भए पछि  चुलो सभामा खुम्चिनु परेको छ। केहि व्यक्तिहरु लाइ जम्मा गरेर चुलो सभा गर्न, कुनै विषयमा लेख  लेखेर विश्लेशण गर्न र वक्तव्य  दिन त सकिएला तर जनवादी क्रान्ति गर्न त धेरै टाठा कुरा सामान्य आन्दोलन पनि गर्न सक्ने ल्यागेत मसाल मा छैन। यस्तो अवस्थामा मसाल लाइ आफ्नो चिन्ता छैन अरुको टिप्पणी गर्न मस्त छन।

तिन पार्टीका विच वैचारिक, सैदान्तिक र राजनितिक  कार्यदिशामा समानता देखिएमा निश्चित विधि प्रक्रिया र पध्दति अवलम्वन गरि समानता का आधारमा पार्टी एकता हुन सक्छ। यसरी पार्टी एकता गर्दा कुनै पनि पार्टी  अर्का पार्टीमा प्रवेश  गरेको भन्ने मिल्दैन। विगतमा नेकपा(मसाल) र नेकपा(एकताकेन्द्र)   विच पार्टी एकता भएको हो की  एकअर्कामा प्रवेश गरेका हुन ? कुनै काम आफुले गर्दा ठिक सोहि काम अरु गर्दा वेठिक देख्ने नेपलाका वामपन्थिहरुको एक मनोरोग हो ?  यो  क्रान्ति र परिवर्तन विरोधि आत्माकुण्ठा  सँकृणताको अभिव्यक्ति   पनि हो।कसैको इश्या कुण्ठा र क्रान्तिकारी विचार विरुध्दका कुरा ले न त क्रान्तिकारीहरु विचको एकता नै रोकिन्छ न त क्रान्तिकारी परिवर्तन नै छेकिन्छ। त्यसैगरी क्रान्तिकारीहरुका विचको एकता लाइ असफल पार्न जो जसले जहाँसुकैवाट जे जस्तो हर्कत गरे पनि यो क्रान्तिको यात्रा निरन्तर वेगका साथ अगाडी वढ्ने छ वढिरहने छ। नेपालीमा एक भनाइ छ - कुकुर भुक्दै गर्छ हात्ति आफ्नो यात्रामा लम्किदै गर्छ। कुकुरको भुगाइले हात्तिको यात्रामा कुनै फरक पर्दैन भने झै हो क्रान्तिकारीहरु यात्रा पनि।

 नेपालको कम्युनिष्ट आन्दोलन मा नितिगतरुपमा सामुहिक नेतृत्व भन्ने पनि व्यवहारमा पार्टी नेतृत्वले आफु लाइ अघोषितरुपमा प्राधिकार सम्झिने र पार्टीको एकतप्का लाइ च्यापेर सधैभरि पार्टीको सत्ताको दुरउपयोग गरी भजनमण्डली तयार गर्ने जसले पार्टी भित्रको अन्तरसँघर्षलाइ स्वच्छ, मैत्रिपुर्ण र जनवादी तरिकाले सञ्चालन नै नगरी दवाएर राख्ने वा अनुशासनको नाममा पार्टी वाट निष्कासन गरेर उसको राजनितिक जिवन नै समाप्त पार्ने प्रवृर्ति छ भन्ने अर्को तर्फ पार्टी भित्र विचारमा सामान्य अन्तरविरोध आउने वितिकै  जे जत्रो हुन्छ फुटेर छुटै झुण्डो वनाउने र त्यसको प्रमुख भएर आत्मारथीमा रमाउने प्रवृर्तिहरु पनिछन। यिदुवै प्रवृर्ति नेपालमा विशाल क्रान्तिकारी पार्टी निर्माण गर्न र नयाँजनवादी , समाजवादी क्रान्ति सम्पन्न गर्न वाधक छन। चिनको कम्युनिष्ट पार्टीको पचास वर्षको इतिहासमा दश पटक पार्टी भित्र ठुलठुला अन्तविरोधहरु सृजना भइ समाधान पनि भए तर पार्टी विभाजन भएन। नेतृत्वले पार्टी अन्तसँघर्ष लाइ सहि ढङ्गले सञ्चालन गर्दाको परिणाम थियो अखण्डित चिनियाँ कम्युनिष्ट पार्टी।

अहिले तिन क्रान्तिकारी पार्टीहरु विच  मात्र पार्टी एकताहुन गइरहेको होइन । देशमा रहेका विभित्र क्रान्तिकारी, देशभक्त समुहहरु, व्यक्ति व्यक्तित्वहरु लाइ समेत  यो महान कार्यमा समाहित गरेर लिन सकिएमा नेपालमा विशाल क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न सकिन्छ।यसले नयाँजनवादी क्रान्ति सम्पन्न गरेर देश लाइ विस्तारवादी र साम्राज्यवादीहरुको चङ्गिलवाट मुक्त गरि स्वाधिन स्वाभिमानी राष्टृ निर्माण गर्दै    समाजवाद क्रान्तिको यात्रा अगाडी वढ्ने सकिन्छ। यसका लागी सहि कार्यदिशाका साथै पार्टी नेता, कार्यकर्तामा क्रान्ति प्रति इमान्दारीता ,त्याग, वलिदानि कार्यक्षमता , कार्यकुशलता , धैर्यता, सँयमता र  वर्गपक्षघरता हुनु अति आवश्यक हुन्छ। कम्युनिष्टहरुको विगतको इतिहास पनि विभित्र समुहहरु लाइ एकिकृत वनाएर जान्नेहरुले नै केहि न केहि परिवर्तनमा भुमिका निर्वाह गरेका  छन ।यिनिहरु लाइ नै जनताले विश्वास गरेर  साथ र सहयोग पनि दिएको देखिन्छ।






२०७९ फागुन १७ १५:५७ बजे

प्रतिक्रिया