जर्मनीमा अर्गानिक खेतीपाती मेटिने बढ्दो जोखिम

bimbonline लोकनारायण सुवेदी
२०७९ माघ २७ १३:४७ बजे
जर्मनीमा अर्गानिक खेतीपाती मेटिने बढ्दो जोखिम

काठमाडौं । आजकल जर्मनीको खेतीपातीमा निक्कै ठूलो परिवर्तन आइरहेको छ । सन् २०३० सम्ममा जर्मनीको एकतिहाइ खेतहरुलाई अर्गानिक खेतमा परिवर्तन गरिने लक्ष्य रहेको छ । तर बढ्दो महँगीका बीच जर्मनी किसानहरू सरकारसँग बढी मद्दतको माग गरिरहेका छन् । उनीहरूले यस सम्बन्धमा निकै महत्वपूर्ण प्रश्नहरू उठाइरहेका छन् । त्यसमा इको–फ्रण्डली, प्रकृतिमैत्री र दिगो कृषि विकासका कुरा सँगसँगै जलवायु परिवर्तनको असरले कृषिलाई पारिरहेको र थप पार्नसक्ने प्रभावका बारेमा पनि उनीहरूको चिन्ता निकै ठूलो देखिन्छ । अनेक कारणले कृषिमा बढ्दो लागतको समस्या पनि अर्को उनीहरूको महत्वपूर्ण र हल हुनै पर्ने आधारभूत कुरा नै हो ।

बर्लिनमा किसानको विरोध प्रदर्शन

पश्चिम जर्मनमा बेण्र्ड स्मिथको एउटा  सानो अर्गानिक फारम छ । महँगीको बढ्दो आजको स्थितिमा सरकारले स्थाई खेतीको नयाँ नयाँ नियम बनाइरहेको उनलाई पटक्कै मन परिरहेको छैन । सरकारको यस्ता कदमबाट हैरान भएका उनले पनि हजारौं अन्य किसानहरूसँग जर्मनीको राजधानी बर्लिमा  प्रदर्शनमा सहभागी हुने निर्णय लिए । त्यस बिरोध प्रदर्शनमा भाग लिने किसानहरूको के माग रहेको छ भने सरकारले उनीहरूलाई मद्दत गरोस् जसले गर्दा उनीहरुले इको–फ्रेण्डली अर्थात् प्रकृतिमैत्री खेतीपाती गर्ने उनीहरूको लक्ष्यपुरा गर्न सकियोस् । यस सम्बन्धमा  स्मिथले जर्मनी सञ्चार माध्यम डीडब्लु अर्थात डचे वेलेसँग कुरा गर्दै के भनेका छन् भने ‘हामी कृषि नीतिमा परिवर्तन गरिनुपर्ने माग गरिरहेका  छौं । जसले गर्दा गुणस्तरीय उत्पादनलाई बढावा मिलोस् ।

 जर्मन किसानहरूको यो प्रदर्शनको योजना करिब ६० अभियन्ता अर्थात् एक्टिभिस्ट समूहरूले मिलेर बनाएका थिए । अचेल हरेक दिन जर्मनीमा  छ वटा कृषि फारम  बन्द हुन थालेका छन् । किनभने खेतीपाती गर्ने लागत अत्यन्तै चर्कोरूपमा बढ्दै गएको  छ । यतिबेला जर्मनीमा अढाई लाख खेतीपातीमा फार्महरू छन् । तर अब बढ्दो महँगी र लागत बढ्न जाँदा ती खेतीपातीमा फार्महरूको सङ्ख्यामा कमी आइरहेको छ ।

स्मिथले आफ्नो फार्ममा धेरै दूध दिन होलिस्टिन गाई पालेका छन् । दूध बेचेर नै उनको कमाई हुन्छ । उनका फार्म ‘हानफर फार्मको नामले चर्चित र प्रसिद्ध छ । अनि यो १८५० देखि उनको परिबारको पाँच पिढीले यसलाई चलाउदै आएका छन् । तर बर्तमान बढ्दो लगानीको स्थितिले उनीहरूले अब मुस्किलसँग अरु एक बर्ष मात्र त्यो फार्म चलाउन सक्ने अबस्थामा पुगेका छन् । स्मिथ भन्दछन् –  ‘गएको बर्षको तुलनामा अब मैले बिजुली र इन्धनको लागि झण्डै ५० प्रतिशत बढी खर्च अर्थात  लगानी गर्नु पर्दछ, अब यो फार्म धेरै लामो सयम चल्न सक्ने स्थितिमा छैन’ । छैठौं पिढीलाई यो परम्परादेखि चलाउदै आएको कृषि कर्म सम्हाल्ने स्थिति रहन्छ कि रहँदैन यसमा सन्देह उत्पन्न भइसकेको  छ । उनी अगाडि थप भन्दछन् –‘आफ्ना छोरीहरुसँग म यतिबेला साच्चै छलफल चलाइरहेको छु कि यस फार्ममा उनीहरूको भबिष्य छ कि छैन’।

 जलवायु परिबर्तनले ल्यायो चर्काे खडेरी 

जर्मनीमा पनि जलवायु परिर्बनको बढ्दो प्रभावको कारण खेतबारीहरु सुक्न थाले । गएको बर्ष तीन महिनासम्म एकथोपा पानी परेन  । स्मिथसँग आफुले पालेका फर्मका गाईहरुलाई ख्वाउनका लागि पर्यात आहारा उनले जुटाउन सकिरहेका छ्रैनन् । त्यसले गर्दा गाईहरुको संख्या घटाएर उनले ४८ बाट ३५ मा झारिसके । जलवायु परिबर्तनको दुश्चक्रमा फँसेका स्मिथ भन्दछन् कि आकाशबाट पानी बर्षिदैन, धरतीमा घाँस उम्रिदैन, गाई बस्तु कम हुन थालेका छन्, अनि दूधको उत्पादन पनि कम भइरहेको छ । अनि यी सबै समस्यामाथि महँगीको समस्या पनि छैदैछ ।

यतिबेला जर्मनमा करिब ३५००० किसान अग्र्यानिक तरीकाले खेतीपाती अर्थात कृषिकर्म गर्ने गर्दछन् । तर यूक्रेन–रुस युद्धले गदा यतिवेला बढ्दो ऊर्जाको मूल्यले जमनी कृषि फार्महरुमाथि ठूलो मार परिरहेको छ । यस्तो स्थिति पहिलो पटक हुन गएको छ कि जर्मनीमा अग्र्यानिक उत्पादनको बजार खुम्चिन पुगेको छ । कृषि उपजका ग्राहकहरुलाई पहिलाभन्दा निकै बढी पैसा तिर्नुपर्ने स्थिति उत्पन्न भएको छ । कारण के पनि हो भने जैबिक खेतीमा बढी नै श्रम लाग्ने गर्दछ । यसका लागि प्रत्येक कदममा इको–फ्रेण्डली अर्थात प्रकृतिमैत्री बन्नु पर्ने हुन्छ  । यस्ता प्रकृतिमैत्री उपाय लागु गर्दा त्यसले उत्पादन लागत बढ्ने गर्दछ  । ६७ बर्ष उमेरका स्मिथ भन्दछन् कि संकटको यो स्थितिमा खुद्रा ब्यापार (रिटेल सेक्टर)ले हामीलाई बहुदै कम मात्रै मूल्य बृद्धि गर्न दिन्छ ।तर तिनले भने ग्राहरुलाई निकै महँगोमा चीज बस्तु बेच्ने गर्दछन् ।

जर्मन सरकार सन् २०३० सम्ममा अग्र्यानिक खेतको सहभागित झण्डै ३० प्रतिशत पुर्याउन चाहन्छ । तर आलोचकहरु के भनिरहेका छन् भने यो एउटा अत्यन्तै महत्वाकांक्षी लक्ष हो । बिश्लेषहरुको भनाइ के छ भने न त यसको लागि त्यति ठूलो सङ्ख्यामा ग्राहकहरुनै पाइनेछन् न त नेताहरुले नै किसानहरुलाई यसमा त्यत्तिका धेरै मद्दत दिइरहेका छन् । स्मिथ थप भन्दछन् –‘यदि समाजमा यस बारेमा यत्तिका चर्चा भइरहेको छ भने त्यसै हिसाबले त्यसमा पैसा पनि हाल्नुपर्ने हुन्छ, त्यसो गर्न नसकेमा यी सबै कुरामा कुनै परिवर्तन हुन सक्ने छैन, अर्थात अग्र्यानिक खेतीमा बृद्धिहुन सक्ने छैन’ ।

सरकार गम्भीर नभएको किसानहरूको आरोप 

जर्मनीको बर्तमान सरकारको महागठबन्धनमा शामेल भएका एसपीडी, एफडीपी र ग्रीन्स पार्टीबाट स्मिथ अत्यन्तै निराश देखिन्छ् । उनी के भन्दछन् भने एक बर्ष पहिला यो नयाँ सरकारको बाग्डोर समल्दाखेरी गरिएका प्रतिबद्धताहरु उनीहरूले पूरा गरेनन् । उदाहरणका लाग बुण्डेस्टाग(जर्मनी संसद)को क्याफ्टेरियाको मेुनमा अहिले पनि केही केही औंलामा गन्न सकिने अग्र्यानिक उत्पादन मात्र सामेल छन् । किसानहरूको ठूलो चिन्ता छ कि यदि स्वतन्त्र ब्यापार सम्झौत भयो भने साना किसानहरुका लागि त्यो लाभदायक हुने छैन ।

२०७९ माघ २७ १३:४७ बजे

प्रतिक्रिया