वैतडीका मन्दिरमा पशुवलीको सट्टा सुन चढाऔँ

कोरनाको करहमा सबै मन्दिरहरूले सरकारलाई सहयोग गर्ने गरि सुनचाँदी दिने निर्णय गरेका थिए र कति सुनचाँदी कुन कुन मन्दिरहरूमा छ भन्ने कुराको ठुलो हलचल भएको हामीले देखिराखेका थियौ।

bimbonline करन दयाल
२०७९ माघ २३ १३:२१ बजे
करन दयाल

सुदुरपश्चिम को बैतडी जिल्लाका थुप्रै मन्दिरहरूमा  बर्सेनी करिव तिनहजार भन्दा बढि राँगाहरू काटिने चलन छ।राँगाहरू ठ्याक्कै तोकेर भन्न सकिँदैन । यो चलन आज भोलिको होइन  सदियौ देखि चलिआएको र पुराना पुर्खाहरूले चलाएको चलाए माने कुराहरूमा हामी उनका नातिपुतहरूले छोडेका छैनौ बरू त्यसलाई झन मलजल गरेर मन्दिरमा  थुप्रै प्रकारका भाक्कल गरेर राँगा र बोका खसी काट्ने चलन लाई  बेलकुलै छोडेका छैनौ मन्दिरका बारेमा भने हामी  बैतडी जिल्लावासिहरू स्पस्ट छौ। यसमा कुनै किसिमको दुबिधा अथवा बिमति देखिन्न ।
आजको आधुनिक समाजले त्यो पुरानो संस्कृति लाई केही परिवर्तन गर्न चाहन्छन। जुन बैतडी जिल्लाका मन्दिरहरूमा  करिव तिनहजार भन्दा  बढि पशु वा राँगा काटिन्छन भने एक राँगाको मुल्य एकलाख भन्दा बढि नै  हुन्छ कम हुदैनन ।  त्यसैगरि एक मन्दिरमा धेरै राँगा बोका खसी काटिन्छन ।

यसरी पशुवलिले गर्दा मन्दिरको वरिपरिका गाउँहरूमा धेरै दुर्गन्धित हुन्छन। दुई तीन महिना सम्म त्यहि बाटो पर्ने गाउँ बस्तिहरूमा गन्हाएर जान एकदमै मुस्किल हुन्छ ।हिड्नेबाटोलाई छाडेर अर्को बाटो तिरवाट जाने गरिन्छ।  ती काटिएका राँगाहरूको सिनो खाने दलितहरू पनि नचाहदा नचाहदै पनि त्यहि सिनो खान्न बाध्य छन।मन्दिरमा राँगा बोका खसी काटेर मात्र देबि देबताले मान्छन भन्ने हुदैन।यी सबै मन्दिरहरूको ब्यवस्थापन अन्य   तरिकाले  पनि सकिन्छ जस्तै लाखौ रूपिया खर्च गरेर राँगो काटने मान्छेले लाखौं रूपियाको सुनचाँदी  मन्दिरमा चढाउन सक्छन  भने हजारौ राँगा काटिने मन्दिरमा   करोडको सुनचाँदी मन्दिरमा आउथ्यो भने त्यो मन्दिर दुई\ तिन बर्षमा सुनचाँदीको मन्दिरमा  परिणत हुन सक्थ्यो।सुनै सुनको मन्दिर भएमा धेरै  प्रख्यात पनि हुने थिए।  मन्दिरको सुरक्षा गरेर  मन्दिर वरिपरि ठुलाठुला रिसोर्टहरू  पनि बन्न सक्थ्ये ।
बिदेशि प्रर्यटकहरूको पनि ओइरो लाग्ने थियो। मन्दिरको चमकधमकले प्रर्यटकहरू त्यो सबै ठाँउमा घुम्ने थिए मन्दिर वरिपरिका गरिव वस्तीका  मान्छेहरूले कामको लागि बिदेश धाउनुपर्ने थिएन।गरिबहरूको न्युनतम रोजगारी त्यहि स्थानमा हुने थियो। जिल्ला, प्रदेशले पटक-पटक केन्द्र सरकारलाई आर्थिक सहयोग माग्नु पर्ने र भ्रष्टाचारमा मुछिनु पर्ने आवश्यकता थिएन। नेपालका कयौ जिल्लाहरूमा यस्ता चलनहरू धेरै ठाँउहरूमा छन मन्दिर को भेटी वा भाक्कल बाटै देशमा ठुलो ढुकुटी जम्मा भएका देखिने थियो ।देशका गरिब निमुखा सर्बहारा जनताको लागि पनि केही छाकटार्न बिहान बेलुका हातमुख जोर्न सयोग पक्कै हुने थियो होला ।
 मैले माथि उल्लेखित राँगा काट्नु भन्दा मन्दिरमा सुनचाँदी उपहार चडाउनु पर्छ भनेर लेख्दा धेरै जस्ता मान्छेहरूको मनमा ठुलो चोट लाग्न सक्छ।  त्यो लाग्नु पनि नबुझे सम्म ठिकै हो किन भने हामीले हाम्रो परम्परा लाइ  गहिराइमा लिने गरेका छौ। हाम्रा पुर्खाहरूले सनातन युगदेखि पुजापाठका जेजति तरिकाहरू गरेर आएका छन त्यहि गर्नपर्छ भन्ने अमिट छाप हामीमा परेकोले हामी त्यहि गरिराखेका छौ ।
मन्दिरहरूमा धेरै परिवर्तन भएका केहि उदाहरणहरू छन भारतको गुजराँतको अहमदाबादमा रहेका कयौ मन्दिरहरूमा पहिले राँगा बोका काटिन्थे जम्मु कश्मिरको सोमनाथ मन्दिरमा राँगा बलि हुन्थ्यो। कालिका माता देवि भन्ने मन्दिरहरूमा राँगा बलि हुने गर्दथ्यो।  भारतले तुरुन्तै यस्ता प्रचलनहरुमा परिवर्तन गरेर जिबहत्या गर्न ठिक नभएको मुल्याँकन गर्दै मन्दिरहरूलाई ब्यवस्थापन गरियो। मन्दिरमा राँगा बलिप्रथा बन्द गरि सुनचाँदी चडाउने अरू पनि तामापित्तलका औजारहरू चडाउने गरेको हुनाले यी मन्दिरहरूमा हामीले सोच्नै नसक्ने सम्पत्ति जम्मा भएको छ।

अहिले कोरनाको करहमा सबै मन्दिरहरूले सरकारलाई सहयोग गर्ने गरि सुनचाँदी दिने निर्णय गरेका थिए र कति सुनचाँदी कुन कुन मन्दिरहरूमा छ भन्ने कुराको ठुलो हलचल भएको हामीले देखिराखेका थियौ। धर्मावलम्बी स्तर हेर्ने हो भन्ने भारत भन्दा पनि नेपाल अगाडि छ।नेपाल बलिप्रथा कहिले देखि भयो कस्ले गरे कुन देबताहरूले बलिको माग गर्यो बलिप्रथाले कस्लाई फाइदा पुरायो  भन्ने कुरालाई हेर्दा नेपालमा बिक्रम सम्बत १९०३  जंग बहादुर राणाको पालामा आफ्नो जितको खुशि मनाउनु बलिप्रथा सुरू गरेको हो  भन्ने कुरामा कुनै दुबिधा छैन ।त्यसबेला मनुबादिहरूले आफ्नो मागिखाने भाडो बनाउनु रचिएका कथनहरू हुन  अर्कालाई काम गराएर आफु सहुलियत हुने गरि यी अध्यात्मकबादी चलन रचिएको भ्रमको जाल हो ।

वली प्रथामा  सत्यता केहि छैन जस्तै- आफुले छोरा पाउनुको लागि अर्काकि छोरी देउकि चडाउने चलन थियो। यो चलन बन्द भएको धेरै दिन बितेको छैन।  के त्यो प्रथा देबि देबताहरूलाई खुशि पार्नाको लागि थियो त ? बेलकुल थिएन । महिलाहरूको अधिकारको हनन भएको हुनाले यी गलत प्रथाको घोरनिन्दा भयो।  यी प्रथा बन्द गरियो । देबिदेबताहरूको माग भएको भए आजपनि महिला दिदिबहिनीहरू त्यो प्रथामा संग्लन हुनै पर्ने थियो ।त्यो बेला जंगे शासनका ठुला बडा भनिनेहरूको लागी वनाएको प्रर्था हो । सोहि अन्तरगत पर्ने यो राँगा काट्ने चलन पनि हो ।जसरी मानवलाई पिडाहुने कयौ पुराना रितिरिवाज को अन्त गरिएको छ।त्यसै गरि यो प्रथाको पनि अन्त्य गरिनु पर्छ।

                                                                                                                          (भारत व्याङलोर वाट)

२०७९ माघ २३ १३:२१ बजे

प्रतिक्रिया