सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ८ ०७:४७ बजे
दुर्घटना

 काठमाडौं । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको ज्यान गएको दुर्घटनामा परी एकजना गम्भीर घाइते भएका छन् । 

आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ आउँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलामा दुर्घटनामा परेको हो । गाडी सडकबाट ७०र८० मिटर तल खसेको छ ।

दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर- ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

दुर्घटनापछि प्रहरीले उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा तीन जनाले चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । 

घाइते भएका दैलेख भैरवी गाउँपालिका-५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ ।  उनको छातीमा चोट लागेको छ । 

२०७९ माघ ८ ०७:४७ बजे

प्रतिक्रिया