नवलपरासीमा भारतीय तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ७ १३:५९ बजे
दुर्घटना

काठमाडौं । पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना  परेको हो । 

सब सडकबाट १० मिटर तल  खसेको हो ।  ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।घाइतेहरूको जिल्ला अस्पताल परासी पठाइएको इलाका प्रहरी कार्यालय महेशपुरले जनाएको छ । 

घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको रहेको छ । बसका चालकसमेत घाइते  भएका छन् । घटनाबारे अनुसन्धान जारी रहेको छ । 

२०७९ माघ ७ १३:५९ बजे

प्रतिक्रिया