दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुइजनाको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २ १२:२८ बजे
दुर्घटना

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको  ज्यान गएको छ ।  घोराही उपमहानगरपालिका-१६ लेटार बस्ने २१ वर्षीय  सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरीको दुर्घटनामा परी ज्यान गएको हो ।  दुर्घटनामा परी घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान  प्रतिष्ठा घोराहीमा उपचारका क्रममा  ज्यान गएको हो । 

आज (सोमबार) बिहान पौने २ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा५प ९५१४ नम्बरको मोटरसाइकल घोराही १६ बेसाइमा दुर्घना हुँदा उनीहरू गम्भीर घाइते भएका थिए ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले  बताएक छन् । दुवै जनाको शव राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

२०७९ माघ २ १२:२८ बजे

प्रतिक्रिया