७०० वर्ष पुराना टुँडाल अमेरिबाट नेपाल फर्काइयो

७०० वर्ष पुराना टुँडाल अमेरिबाट नेपाल फर्काइयो

bimbonline बिम्ब अनलाइन
२०७९ असार २८ २१:३१ बजे
टुँडाल


काठमाडौं । काठमाडौंको टेकु नजिकै हृयुमत टोलस्थित नारायण मन्दिरबाट चोरी भएर अमेरिका पुगेका  करिब ७०० वर्ष  पुराना पुरातात्विक टुँडालहरू नेपालमा ल्याईएका छन् ।  १९८०को दशकमा नारायण मन्दिरबाट हराएका १२-१३ औं शताब्दीका दुई टुँडालहरू बुधबार नेपाल  ल्याएका हुन् ।

नेपाल स्थित  अमेरिकी  दुतावासका अनुसार एक अमेरिकी कलाप्रेमी नागरिकले न्युयोर्कस्थित नेपाली कन्सुलेट जनरलमार्फत ती कलाकृतिहरू नेपाल फिर्ता गराएको  जनाएको छ ।'उहाँले आफैंले नेपालसम्म ल्याउन लाग्ने खर्च पनि बेहोरी दिनुभयो,’ दूतावासले भनकेो छ ।

दूतावासकी निमित्त मिसन उपप्रमुख एबिगेल अरोन्सनलेसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानलाई पुरातात्विक टुँडाल हस्तान्तरण गरिन् ।

२०७९ असार २८ २१:३१ बजे

प्रतिक्रिया